Breaking News

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

Feb Tue 2020 05:40:39

868 views

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ ।यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । principality-of-sealand बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए । रोय बेट्सको पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।

सील्याण्डको क्षेत्रफल निकै कम रहेको छ । हुनत आजसम्म सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिएको छैन संयुक राष्ट संगले तर पनि अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?