Breaking News

शिवरात्रीको अघिल्लो रात पशुपतिमा देखिएको रौनक सेल्फी फोटो खिच्ने देखि ...... फोटो फिचर

Feb Tue 2020 05:40:21

458 views

शिवरात्रीको अघिल्लो रात पशुपतिमा देखिएको रौनक सेल्फी फोटो खिच्ने देखि ...... फोटो फिचर

आज महाशिवरात्री, भोले बाबा पशुपतिनाथको दर्शन गरौं संयोग पनि कस्तो जुरेको सोमवार र महाशिवरात्री एकैदिन, उनै देवाधीदेव महादेवको ध्यानगरौं जय भोले बाबा, पशुपतिनाथ

bhole babajuylove babaomoopashu-baba-9

काठमाडौँ । सोमबार परेको शिवरात्रीको रमझममा पशुपति क्षेत्र चुर्लुम्मै डुवेको छ । हप्ता अगाडि देखि शिवरात्रीको तयारीमा जुटेको पशुपति क्षेत्र शिवरात्रीको अघिल्लो रात हलकारो पुग्दा बेहुलीझै सजिएको थियो । पशुपतिमा अरु दिन भन्दा बाक्लोमात्रामा दर्शनार्थीहरुको घुँइचो त हुने नै भए । यहाँ पुग्नेहरु पनि पनि फरक फरक सोँच र चाह भएका भेटिए । यहाँ शेल्फी खिच्नेहरुको एउटा समूह नै थियो । अर्का शिवरात्रीका लागि भारतबाट आएका बाबाहरुसँग फोटो खिच्नेहरु पनि थिए । त्यतिमात्र होइन् ‘शिव वुटी’ गाँजा बेच्ने र किन्नेहरु पनि उस्तै । शिवरात्रीको अवसरमा बाबाहरुलाई गाँजा खान छुट दिए पनि सर्वसाधरणलाई बेच्न भने रोक लगाइएको छ । तर पनि बाबाहरु प्रहरीकै अगाडि गाँजा बेचिरहेका थिए । युवाहरु किनिरहेका थिए । - Halkaro.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?