Breaking News

ग्यास अभावपछि भिभिआइपी प्रचण्ड दाउरा बाल्दै, विद्युतीय चुलो बाल्दै लालबाबु

Feb Tue 2020 05:40:52

412 views

ग्यास अभावपछि भिभिआइपी प्रचण्ड दाउरा बाल्दै, विद्युतीय चुलो बाल्दै लालबाबु

जनस्तरमा अहिले गुनासो सुनिन्छ – नाकाबन्दी त हामीलाई पो हो । नेता तथा मन्त्रीहरु त सरर गाडीमै हिँडेकै छन्, आनन्दले ग्यासमै खाना पकाइरहेकै छन्, सुकिला–मुकिला भएकै छन् । उनीहरुलाई के को पीर चिन्ता ? जनताले दाउरा समेत पाउन नसकिरहेका बेला यस्तो गुनासो आउनु स्वभाविक पनि हो । तर, भारतीय नाकाबन्दी लम्बिँदै जाँदा प्रधानमन्त्रीदेखि मन्त्री, पूर्वमन्त्रीसम्मलाई समेत सकस पर्न थालेको छ । पछिल्लो समय कसैले इन्डक्सन चुलोमा खाना पकाइरहेका छन् त कसैले दाउरा बालिरहेका छन् । राष्ट्रपतिको भान्छामा फारु गरेर ग्यास चलाइएको छ । सकिएला भनेर खाना खुवाउनुपर्ने पाहुनालाई पनि राष्ट्रपति कार्यालयले चियामा टार्न थालेको छ । प्रधानमन्त्रीको भान्छामा ग्यास, इन्डक्सन चुलो र दाउरा तीनैथरीको प्रयोग भइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डको भान्छामा मंगलबारदेखि ग्यास सकिएको छ । अहिले उनको भान्छामा दाउरा बाल्न थालिएको छ । अर्थमन्त्री विष्णु पौडेलको भान्छामा ग्यास सकिएकाले उनले इन्डक्सन चुलो बाल्न थालेको तीन साता भइसकेको छ । चर्चित पूर्वमन्त्री लालबाबु पण्डितले पनि ग्यास सकिएर झन्डै १५ दिनदेखि विद्युत्तीय चुलो प्रयोग गरिरहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?