Breaking News

महिला/महिलाबीचको हिंसा रोकेर पहिला उदाहरण बन्नुपर्दछ

Feb Tue 2020 05:40:10

730 views

महिला/महिलाबीचको हिंसा रोकेर पहिला उदाहरण बन्नुपर्दछ
  • सुशीला नेपाल(पौडेल)

लैङ्गिक समानताका लागि पाईला हाराहारी :  सन २०३० सम्म हिस्सा बराबरी भन्ने अन्तराष्ट्रिय नारा र  संविधानलाई व्यवहारमा उतारौ महिला अधिकार सुनिश्चित गरौ भन्ने नेपालको नाराका साथ अन्तराष्ट्रिय नारी दिवस मनाइदैछ ।  यो दिवस हरेक बर्ष मार्च ८ का दिन मनाइन्छ । गत बर्षको नारी दिवसको नेपालको लागि नारा थियो   ‘लैंगिक मैत्रिक संविधान, महिला हिंसाको निदान’ । मुलुकले लामो समयपछि नयाँ संविधान पनि पायो ।संविधानमा महिला हक अधिकारका थुप्रै कुराहरु पनि लिपिबद्ध समेत गरियो । वास्तवमा महिला दिवसको सुरुवात राजनीतिक तवरबाट भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रधान गरिएको थियो। सन् २०१६ मा आइपुग्दा विश्वभर १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। तर दुखका साथ भन्नुपर्दा नारी दिवसको जति धेरै चर्चा गरे तापनि यसबाट विश्वमा आशातित सफलता भने हासिल गर्न सकिएको छैन। यसको मुख्य कारण धेरैजसो देशमा नारी दिवस औपचारिकतामै सीमित रहनु हो। नेपालकै कुरा गर्ने हो भने पनि दुःखका साथ भन्नै पर्ने हुन्छ भव्यतालले नारी दिवस मनाउने तयारी गरिरहँदा केही साता अघि नेहा नाम गरेकी महिला लगायतका महिला बलात्कृत भएका छन् ।  एउटी नारीमाथि निर्मम हिंसा र बलात्कार भइरहेको छ  तापनि सरोकारवाला निकाय मौन छन्। त्यसैले पनि नेपालमा नारी दिवसले सार्थकता पाउन नसकेको जस्तो लाग्छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन स्वस्थानी भन्न शुरू गरेर माघशुक्ल पूर्णिमाका दिन अन्त गरेझैं नारी दिवस आउछ/जान्छ सकिन्छ। यसरी नारी दिवस मात्र औपचारिकतामा सीमित रहेको जानकारहरू बताउदछन्। स्वस्थानीमा आफ्ना पति महादेवलाई निन्दा गरेका कारणले प्राणत्याग गरेकी सतिदेवीको कथा भन्दा कम मार्मिक र दर्दनाक छैन नेपाली नारीको कथा ।  नेपालको सन्दर्भमा पनि यस्तै भइरहेको छ। आज पनि कयौं सतिदेवीहरू प्राणत्याग्न वाध्य भएका छन ,बाध्य बनाइएको छ । आज पनि कतै दाइजो नल्याएको निहुँमा परिवारको निन्दा र अत्याचार सहन नसकेर त कतै छाउपडीका नाममा, कतै कमैयाका नाममा, कतै वादीका नाममा अनि कतै बोक्सीको आरोपमा त कतै दलितका नाममा आखिर अन्याय र शोषणमा परेका छन् त केवल नेपाली नारी। वास्तविक नारी दिवस मनाउन ती पीडित नारीहरुले न्याय पाउनु पर्दछ ।  तसर्थ अबका दिनमा नारी दिवस मात्र औपचारिकतामा सीमित नगरी सम्बन्धित र सरोकारवाला निकायले वर्षभरि नै नारी हक हितका र समानताका पक्षमा वकालात गरी महिला हिंसालाई समाजबाट निर्मुल पार्न ठोस् पहल गर्नुपर्दछ। आधुनिकताको बढ्दो परिवेशसँगसँगै पूराना मूल्य र मान्यतामा कमी भई महिला हिंसाका घटनामा केही मात्रामा कमी आएता पनि महिला हिंसाका नयाँ नयाँ तरिका देख्दा आज विश्व समाज नै त्रसिद बन्न पुगेको छ। नेपालकै कुरा गर्ने हो भने पनि नेपालमा पनि महिला हिंसाका नयाँनयाँ घटनाहरू दिनानुदिन सुन्नमा आइरहेका छन्। आज पनि समाजका सबै क्षेत्रमा महिलामाथि लैगिक भेदभाव कायमै छ । महिलाहरू जति अन्यायमा परे पनि महिला भएकै कारणले सहन बाध्य छन्। आखिर कति दिन चल्छ महिलामाथि यो पुरुषप्रधानको थिचोमिचो ? नेपाली समाजमा पहिलेदेखी फैलिएको पुरातन पितृसतात्मक सोच नै नारी हिंसाको प्रमुख कारकतत्व हो भन्ने कुरामा शायदै कसैको दुईमत नरहला । त्यसैले नारी दिवस औपचारिकतामा मात्र सीमित नपारौं। वास्तविक नारी दिवसले तबमात्र सार्थकता पाउछ जब स्वयं समाजका महिला र पुरुषमा चेतनाको विकाश हुन्छ। जब कुनै पनि बालबालिकाले पढ्न गएको स्थानमा शरीरमा एसिड छ्यापिनु नपरोस्। वास्तवमा नेपालको हरेक क्षेत्रका महिला आज पनि घरेलु हिंसाबाट पीडित छन्। महिलाहरूले बुझ्नुपर्ने कुरा के हो भने, वर्षमा एकदिन नारी दिवस मनाएर पुरुषहरूका अगाडि भाषण छाटेर पुरुषहरूले नारीहरूलाई केकेन दिएको जस्तो देखाउन खोज्नुभन्दा महिला–महिलाबीचको हिंसा रोकेर पहिला उदाहरण बन्नुपर्दछ। यहाँ समाजमा महिला भएर महिलालाई हिंसा गरेका कर्यौ घटना छन् जसले गर्दा महिला दोहोरो मारमा परिरहेका छन्। अनि पुरुषले नारी हक र अधिकारका ठूल्ठूला भाषण गर्नेभन्दा पनि हरेक पुरुषले वर्षभरि नै आ–आफ्नो घरमा नारीमैत्री वातावरण निर्माण गरौं। अनिमात्र घरबाट शुरू हुँदै गाउँ, समाज हुँदै राष्ट्रिय स्तरमा नारीको सम्मान हुन्छ। हामी सबै मिली नारी पुरुषलाई साच्चै नै एक रथका दुई पांग्राका रूपमा लगौं । यसो गर्दा मात्र वास्तविक महिला दिवस मनाएको सार्थकता हुनेछ ।

८ मार्च र महिला अधिकारको संस्थागत बिकास

  • रम्भा पौडेल
आज ८मार्च । विश्वभरिका महिलाहरुले भब्य रुपमा यसलाई मनाइरहेका छन । यस पर्वलाई मनाउन लागेको आज१०६बर्ष भैसकेको छ । विभिन्न सञ्चार माध्यमहरुले देखाइरहेको छन्, संसारका सबै देशहरुमा यो दिनले बिशेष महत्व राख्दछ । ८ मार्च मूलत : महिला अधिकार,समानता र सहअस्तित्वको खोजी  र प्राप्ति संग गासिएको ऐतिहासिक दिन हो । यो आन्दोलन आज लैगिक विभेद, राजनीतिक सहभागिता र सहअस्तित्वको खोजिमा संघर्षरत छ ।८मार्चको महत्व यसले प्राप्त गरेका उपलब्धिसंग गासिएको छ । संघर्षका केही एतिहासिक झलकहरु सन १७८९ सर्व प्रथम पेरिसका महिलाहरुले रोटी र महगी बिरुद प्रदर्शन गरे । सन १८३२मा हल्याण्डका महिलाले असमान ब्यबहार र असमान तलव–भत्ताको बिरोधमा आन्दोलनमा उत्रिए । सन १८३५ मा बोस्टनका महिलाले १४ घण्टाको कामको बिरोध गर्दै कामको घण्टा १० हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिए सन १८४८मा अमेरिकाका महिलाले समान अधिकार, पुरुषद्वारा गरिने शोषणको अन्त्य, पढ्न र कमाउन पाउनु पर्ने कुराको माग राखेर आन्दोलन गरे, जुन आन्दोलनले घोषणा पत्र तयार ग¥यो । सन १८५७,मार्चमा ८का दिन कामको समयको ८ घण्टा निर्धारण हुनुपर्ने माग राख्दै अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले प्रर्दशन गरे । सन् १९०७मा जर्मनको स्टुटगार्टमा महलाहरुको पहिलो सम्मेलन भयो ।यो समम्मेलनले नेतृक्लाराजेटकिनलाई महासचिव चयन गरयो । यसपश्चात अन्तर्राष्टिय महिलाआन्दोलन अझ सशक्त  रुपमा अगाडिबढ्यो । सन १९०८मार्च ८मा महिलाहरुले मताधिकारको माग गर्दै प्रर्दशन गरे। महिलाहरुले उठाइरहेका मुद्दामा राज्यपक्षले बिषेश चासो देखाएन भने ती कुरा जति सुकै जायज भएपनि पछाडिनै पर्दछन ।युरोपमा भएको औद्योगिक क्राँन्तिले महिलालाई कारखानासम्म त पु¥यायो तर शोषणबाट भने मुक्ति दिन सकेन ।बिभिन्न क्षेत्रमा महिलाहरुले गरिरेहका प्रदर्शनले समाजलाई एकखालको दवाब त दिएकै थिए तर संस्थागत तवरबाट महिलाको पक्षमा अधिकार स्थापित भने हुन सकिरहेको अवस्था थिएन । सन १९४५मा संयुक्त राष्टसंघको स्थापना भयो । यसले आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाउन थाल्यो। यसैक्रममा यसको एक अंग आर्थिक तथा सामाजिक परिषद्ले संसारभरिका महिलाको अवस्था मापन गर्न महिला आयोग स्थापना ग¥यो जसलाइ Comission on the Status of womenComission on the Status of women भनियो । यसै सस्थाको पहलमा पहिलो विश्वमहिला सम्मेलन मेक्सिको मा भयो । यस सम्मेलनले महिलाको समानता, विकास र शान्तिमा लक्षित थियो । सम्पूर्ण सदस्य राष्ट्रहरुले महिला विकास र समानताको सिद्घान्तलाई ब्यावहारिक रुपमा अवलम्वन गर्दै अगाडि बढे । आज चारवटा विश्व महिला सम्मेलन सम्पनभैसकेका छन ।यहाँसम्म आइपुग्दा महिलाका सरोकारका विषयहरुले पनि फराकिलोक्षेत्र बनाएका   छन जस अन्तरगत बेइजिङ्ग्रमा भएको चौथो महिला सम्मेलनले निम्न बुँदाहरुलाई सरोकारको बिषय बनाएको थियो । महिला र अर्थतन्त्र महिला रहिंसा महिला र स्वास्थ्य महिला र संचार महिला र मानव अधिकार महिला र बाताबरण महिला र गरिवी महिला शिक्षा र तालिम महिलाशक्ति संरचना र निर्णय सशस्त्र संघर्ष र महिला महिला बिकासका लागि संस्थागत संयन्त्र जस्ता बिषयहरु उठान गरिए । आज विश्वमा महिला बिविध क्षेत्रमा प्रवेश गरिसकेका छन । नेपालमा यसको प्रभाव विश्वमा भएका आन्दोलन र सम्मेलनहरुले नेपाली महिलाहरुलाई पनि जागरुक बनाउन थाले ।२००४ सालमा नेपाल महिला संघ र २००८सालमा अखिल नेपाल महिला संघको स्थापना भयो ।अव संगठित रुपबाट नेपालमा पनि महिलाका हकअधिकारको खोजी गर्न थालियो ।२००७को प्रजातन्त्रपछि महिलाहरुबाट नारी शिक्षा र बहुबिबाह, बालबिबाहको अन्त्यर नारी समानताका नाराहरु अगाडि ल्याइयो । थोरै संख्यामा भएपनि छोरीहरु डाक्टर,इन्जिाियर बन्न थाले । महिला संगठनहरुले आ आफना कार्यक्रमहरुलाई सशक्त ढंगले देशभरि फैलाउन थाले । २०१७ सालमा बहुदलमाथि प्रतिबन्ध लगाइएपछि महिला अधिकारको आन्दोलन पनि स्वभावतः पछाडि प¥यो । पंचायती समयभर महिलाहरुले आफना मागहरुलाई ८मार्चकै दिनमा खुलारुपमा बाहिर ल्याउन थाले । यसो गरिरहँदा कति महिलाहरुलाई जेल हाल्ने र यातना दिनेसम्मको काम पंचायती शासकहरुले गरे ।  पंचायतकालामा एक हिसावले यो ८मार्च नेपाली महिलारुको अधिकार स्थापित गर्ने संघर्षको कोशेढुगाजस्तै बन्यो । वि.सं.२०४६सालको परिर्वतनले महिलाको अवस्थामा धेरै परिर्वतन ल्यायो । शिक्षा, स्वास्थ्य, संचार, सेना– प्रहरी, निजामतिक्षेत्र लगायत सवैक्षेत्रमा रोजगारीको पहँुच पुग्न थाल्यो ।महिलाहरुको राजनितिमा ब्यापक सहभागिता बढायो भने अर्को तर्फ अन्तर्राष्ट्रिय सम्मेलनहरुले पारित गरेका घोषणा र रणनीतिहरु र सन्धि–महासन्धिहरुको अनुमोदन नेपालले गरिसकेको छ ।कार्यान्वयनका लागि योजनाहरु निर्माण भएता पनि ब्यबहारिक कार्यान्वयनमा भने दवाव र अनुगमनको आवश्यता जरुरी छ । वि.सं.  २०६२/६३को जनआन्दोलनले महिलाहरुका अधिकारलाई अझ ब्यापक र संस्थागत बनाएको छ । घरभित्र सीमित पारिएका महिलाहरु रोजगारीको खोजीमा अन्तरराष्टिय क्षेत्रसम्मपुग्न सफल भएका छन ।दोस्रो जनआन्दोलनले हाम्रो समाजको पुरानो संरचनालाई परिर्वतन गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उठेका दवाब र महिलाका आफ्नै संघर्षहरुले वर्तमान संविधानमा केहि विशेष अधिकारहरु स्थापित भएका छन् जुन यस्ता छन् आमाको नामबाट नागरिकता पाउने व्यबस्थाभएको छ । सम्पत्तिमा समान पहँुच र नियन्त्रणको ब्यवस्था गरेको छ । हरेक क्षेत्रमा महिला सहभागिताको लागि राज्यका सवै निकायमा महिलाको प्रतिनिधित्व समानुपातिक आधारमा गर्ने व्यबस्था भएको छ । राज्यका सवै क्षेत्रमा महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गर्ने ब्यबस्था गरेको छ । राष्ट्रपति वा उपराष्ट्रपति राष्ट्रियसभाको अध्यक्ष तथा उपाध्यक्ष , सभामुख वा उपसभामुख मध्य एक जना महिला हुनै पर्ने ब्यबस्था गरेको छ।राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगका रुपमा ब्यबस्था गरिएको छ । शिक्षा र रोजगारीको क्षेत्रमा महिलालाई बिषेश प्राथमिकता दिइएको छ । यद्यपि यि बिबिध क्षेत्रका अधिकारहरु लागुहुने अवस्थामै छन । अवको बाटो बर्तमान अवस्थामा राज्यको महत्वपुर्ण पदहरुमा  महिलाकै उपस्थितीले हेर्दा लाग्छ ,देश महिलामय भएको छ । पेशा–ब्यबशाय,राजनितिदेखि न्यायिक क्षेत्रसम्म महिलाकै सम्मानजनक उपस्थिती देखिँदैछ भने अर्कोतर्फ बाटो–घाटो, स्कुल–कलेज र कार्यस्थल महिलाका लागि असुरक्षित पनि बन्दैगएको अवस्था पनि छ ।  महिलाहरु परिर्वतनतर्फ जति उन्मुख बन्दै छन, जति क्रियाशिलता उनीहरुको बढदैछ त्यति नै उनीहरु असुरक्षित बन्दैगएको अवस्था पनि छ ।दिनदिनै हत्या–हिंसा र बलात्कारका घटना यसका प्रत्यक्ष उदाहरुण हुन् । अझै पनि पितृसत्तात्मक सोचमा परिर्वतन आएको छैन । समाज पुजिवादी भएको छ र यसबाट महिलाहरु झन् बढी बजारका उपभोग्य वस्तु र विज्ञापनका साधन बन्दैछन ।यी सवै परिस्थतीबाट माथि उठनका लागि महिलाहरु अझ सशक्त, सक्षम, योग्य र जिम्मेबार बन्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?