Breaking News

नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर सुरु

Feb Tue 2020 05:40:11

706 views

नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर सुरु
  • भरत राज उप्रेती /काठमाडौं

नेपालमा पहिलोपटक नेपाल सर्टिफाइंग कम्पनीद्वारा रास्ट्रपति कार्यालमा विद्युतीय हस्ताक्षरको सुरु भएको छ । बिद्युतीय हस्ताक्षर शुभारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्ग ओली र सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईलाई विद्युतीय हस्ताक्षर सहितको टोकन र प्रमाणपत्र नेपाल सर्टिफाइंग कम्पनीले प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रपतिले विद्युतीय हस्ताक्षरको उचित प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई सुरक्षित विश्वसनीय र सहज हुने भएकोले विद्युतीय शुसासन प्रवर्द्धन गर्न यो प्रविधि कोशोंढुंगा सावित हुनेमा जोड़ दिनुभयो ।digital sign prg  narayan neupane digital sign

बिद्युतीय हस्ताक्षर शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले विधुतीय विविधता र संक्रमणको चर्चा गर्दै सुरक्षित विद्युतीय कारोवारका लागी विद्युतीय हस्ताक्षरको महत्व बताउदै विद्युतीय हस्ताक्षरलाई नयाँ प्रविधिको संज्ञा दिदै यसबाट समयको वचत, विश्वसनीयता, स्तरीय र आधुनिक सेवासंगै सामाजिक रूपान्तरण समेत गर्न सकिनेमा दुबिधा नरहेको बताए ।digit signature

कार्यक्रममा संबोधन गर्दै नेपाल सर्टिफाइंग कम्पनीका प्रमुख संचालन अधिकृत नारायण न्यौपानेले विद्युतीय हस्ताक्षरका आवश्यकता, उपयोगिता तथा विशेषताबारे बताउदै विद्युतीय हस्ताक्षर र सो को प्रमाणपत्र प्रयोग गर्नाले विभिन्न किसिमका साइबर हमलाहरुबाट सुरक्षीत हुन सकिने कुरामा स्पष्ट पारे ।e sign न्यौपानेले नेपाल सर्टिफाइंग कम्पनीले प्रदान गर्ने विभिन्न तहका विद्युतीय हस्ताक्षर लगायत उपलब्ध अन्य सेवाहरु सार्वजनिक गर्दै सर्वसाधारणहरुलाई Class 2 Individual Certificate वितरण गर्ने तयारी पुरा भैसकेको समेत सबैलाई सोही बिद्युतीय हस्ताक्षर शुभारम्भ कार्यक्रममार्फत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?