Breaking News

घाम ताप्न नपाउँदा पनि ब्लड क्यान्सरको खतरा हुन्छ, जानीराखौ

Feb Wed 2020 02:40:46

470 views

घाम ताप्न नपाउँदा पनि ब्लड क्यान्सरको खतरा हुन्छ, जानीराखौ

भिटामिन डी को कमी तथा सूर्यको प्रकाश अर्थात् घाम पर्याप्त रुपमा ताप्न नपाउनाले मानिसमा रक्त क्यान्सरको जोखिम बढ्नसक्ने एक अध्ययनले देखाएको छ । विश्वका १३२ देशमा गरिएको अध्ययनका क्रममा वैज्ञानिकहरुले भुमध्यरेखीय क्षेत्रमा पर्ने देशहरुको तुलनामा ध्रुविय क्षेत्र तथा उच्च अक्षांशीय क्षेत्रमा पर्ने देशमा बस्ने मानिसहरुमा ल्युकेमिया अर्थात ब्लड क्यान्सरको सम्भावना दोब्बर भएको फेला पारेका छन् ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका सहायक प्राध्यापक सेडि्रक गारल्याण्डका अनुसार अध्ययनको निष्कर्षले यो बताउँछ की विश्वमा ल्युकेमिया क्यान्सरमा भैरहेको वृद्धिको पछाडि भिटामिन डीको कमी एउटा कारण हो । अध्ययन अनुसार ध्रुवीय क्षेत्रको नजिक पर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, चिली, आयरल्याण्ड जस्ता देशमा ब्लड क्यान्सरको दर उच्च पाइएको छ । जबकी भुमध्य रखीय क्षेत्रमा पर्ने देशहरुमा यो रोगको दर निकै कम पाइएको छ ।

शोधकर्ता गारल्याण्डका अनुसार जो मानिस परावैजनी किरणबाट टाढा रहन्छन् वा सूर्यको प्रकाश कम पर्ने ठाउँमा बस्दछन् उनको सरीरमा भिटामिन डी को कमी हुन्छ । घाम ताप्न नपाउँदा भिटामिन डी को कमी हुने र यसले रक्तक्यान्सरलाई बढावा दिने उनको भनाइ छ । एजेन्सीको सहयावेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?