Breaking News

डेविड वेकह्यामले खेले फुटबल भक्तपुरका बालबालिकासंग [फोटो फिचर]

Feb Tue 2020 05:40:30

996 views

डेविड वेकह्यामले खेले फुटबल भक्तपुरका बालबालिकासंग [फोटो फिचर]

नेपालीहरु माझ शुक्रबार एक विश्व चर्चित सेलिबे्रटी तिहारको मखमली झै बनेर झुल्किए । फुटबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरुका लागि यो भन्दा सुखद संयोग के हुन सक्छ र ? विश्व फुटबलका चर्चित पात्र मध्येका एक डेविड वेकह्यामको नेपाल आगमन , चर्को निराशाबीच आशाको दियो बनेर जल्यो । प्राचीन शहर भक्तपुुरमा भूकम्पले भत्काएमा मनहरु रमाउदै गर्दा तौमडीमा उनको ताल ओल्ड ट्राफोर्डको लय मिसियो । देख्नेहरु भाग्यमानी मात्र ठानिएनन , उनले टेकेको धती नेपाल समेत हर्षले पुलकित बन्यो । शुक्रबार नेपाली फुटवल समर्थकहरुका लागि अविस्मरणीय दिन नै बन्यो । बिश्व फुटवलका चर्चित स्ट्राइकर डेविड बेकह्यामलाइ काँचको पर्दामा हेर्दै आएका नेपाली समर्थकले शुक्रबार नजिकबाट उनलाइ नियाल्ने अवसर पाए । त्यति मात्र नभई ओल्ड ट्राफोर्डमा भन्दा निकै नजिकबाट बेकह्यामको जादुमयी फुटवल कला पनि नेपाली समर्थकले नियाले । इङल्याण्डका पुर्व स्ट्राइकर बेकह्याम बिबिसीले निमार्ण गर्न लागेको डकुमेन्ट्रीका लागि नेपाल आउदा विमानस्थलमा हजारौ हातहरुले उनलाई न्यायो अभिवादन गर्न पुग्यो । विमानस्थलबाट बेकह्याम सिधै भक्तपुर पुग्ने क्रममा एक रोमाञ्चक अवसर पनि जुर्न पुग्यो । भक्तपुरको दरवार स्क्वायर जाने क्रममा बेकह्यामले सल्लाघारी देखि दरवार स्क्वायर सम्म स्वयम ट्याम्पो चलाए । बेकह्याम नेपाल आउने खबर गोप्य राखिएको भएपनि दरवार स्क्वायरमा हजारौ समथर्क उनको प्रतीक्षामा प्रतीक्षारत थिए । समर्थकका बीच बाट बेकह्याम पद्यमा उच्च मावि भित्र प्रवेश गर्दा सुरक्षाकर्मीलाइ भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । पद्यमा उच्च माविका बिद्याथीले बेकह्यामलाइ भादगाउँले टोपी र अविरले स्वागत गरेका थिए । विद्यालय परिसरमा उनले केही समय टेबलटेनिस पनि खेले । बिद्यालय भित्र संचारकर्मीलाइ प्रवेशमा रोक लगाइएको थियो । बिद्यालय भित्र केही समय बिताएपछि बेकह्याम ब्यासी स्थित भुकम्प पीडितहरुबीच पुगेर उनीहरुको अवस्था बुझेका थिए । बेकह्यामको नेपाल आगमनको आकर्षको केन्द्र रहेको थियो बालबालिका संगको फुटवल खेल । न्यातपोलको तौमडी प्राङगणमा पद्यमा उच्च माविका बिद्यार्थीहरु संग बेकह्यामले फुटवल खेलेका थिए । तौमडीमा समर्थकले बेकह्यामलाइ ओल्ड ट्राफोर्डको जत्तिनै माया र सदभाव दिएका थिए । खेल सकिएपछि बेकह्यामलाइ बालबालिकाले थुंगे फुलको माला अविर लगाएर बिदाइ गरेका थिए । टेलिभिजनको स्क्रिनमा बेकह्यामको फुटवल हेरेका बालबालिकाले प्रत्यक्ष उनैसंग फुटवल खेल्न पाउनु सपना भन्दा कम नभएको प्रतिक्रिया दिए । बेकह्याम पपुवा न्युगिनीबाट नेपाल आइपुगेका हुन् । बिबिसीको ९० मिनेटको सेभेन सेभेन सेभेन नामक डकुमेन्ट्रीको एउटा गन्तब्य काठमाडौं रहेको थियो । युनिसेफको सदभावना दुत भएको दश बर्ष पुरा भएको अवसरमा बेकह्यामले सात महादेशको सात राष्ट्रमा सात दिन फुटवल खेल्ने एक हप्ते अभियान चलाएका हुन । सेभेन बेकह्यामको जर्सी नम्बर र उनले संचालनमा ल्याएको च्यारिटी फाउण्डेशनको नाम हो । संकटमा रहेका बालबालिकाको सहयोगका लागि गत बर्ष डेविड बेकह्याम युनिसेफ कोष खडा गरिएको थियो । बेकह्याम शनिबार अर्जेन्टिना जानेछन । बेकह्यामले मियामी, एन्र्टाटिका, जिबुटी, ब्युनस आयर्समा फुटवल खेलनेछन । यो अभियानको अन्तिम तथा सातौ खेल भने म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा १४ नोभेम्बरमा हुनेछ । ब्रिटेन इलाभेनको कप्तानी बेकह्याम र बिश्व एघारको कप्तानी फ्रान्सका पुर्व स्ट्राइकर जिनेदिन जिदानले गर्नेछ । ओल्ड ट्रोर्डमा बेकह्यामले एघार बर्ष बिताएका थिए । सन २०१३ मा खेल जीवनबाट सन्याष लिएपछि बेकह्यामको यो पहिलो औपचारिक खेल हुनेछ । वेकह्यामको नेपाल आगमन एक अपूर्व अवसर बन्यो नै , यस्ता अपूर्व अवसरहरु विरलै जुर्छन, तर बेकह्यामलाई भक्तपुरले भूल्ने छैन नै , न नेपालले र नेपालीले पनि ।

- news24nepal.tv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?