Breaking News

सरकारको पाँच वर्षे स्वास्थ्य क्षेत्र रणनीति २०७२ देखि ७७ यस्तो

Feb Tue 2020 05:40:50

499 views

सरकारको पाँच वर्षे स्वास्थ्य क्षेत्र रणनीति २०७२ देखि ७७ यस्तो

काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्र रणनीति २०७२-७७ पारित गरेको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति २०७१ अनुसार पाँच वर्षका लागि रणनीति तयार पारेको हो । रणनीतिले हरेक नागरिकको आधारभूत स्वास्थ्य सेवासम्मको पहुँच प्रत्याभूतिको संवैधानिक हकलाई आधार मानेको छ ।

रणनीतिमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज) प्रतिको राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि श्रोत तथा लगानीको आधार रणनीतिले तय गरेको छ ।

नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट मध्य आय भएका विकाशिल मुलुकको सूचीमा पु¥याउने सरकारको भावी सोचलाई साकार गर्न स्वास्थ्य क्षेत्रले पु¥याउन पर्ने योगदानलाई रणनीतिले निर्देशित गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्दले बताए ।

स्वास्थ्य सेवामा पहुँच विस्तार भएपनि गुणस्तर प्रमुख समस्याको रुपमा देखिएको छ । मन्त्रालयलाई सरुवा रोगको व्यवस्थापन, नसर्ने रोगको बढ्दोे भार, बढ्दो सहरीकरण अनुरूपको सहरी स्वास्थ्य सेवाको विस्तार, प्राकृतिक प्रकोप, प्रदुषण, जलवायु परिवर्तन एवम् सडक दुर्घटनाबाट हुने क्षतिहरू चुनौतिका रूपमा रहेका छन् ।

रणनीतिले भएका उपलब्धिको दिगोपना र चुनौतिको सामना गर्न स्वास्थ्य सेवामा समतामूलक पहुँच, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रणालीमा सुधार र बहुपक्षीय सहकार्यलाई सिद्धान्तको रुपमा लिएको छ । रणनीतिको पूर्ण पृष्ठ डाउनलोड गर्नुहोस् : NHSS 2072-2077

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?