Breaking News

वैज्ञानिकले बनाए दिमागमा अपलोड गर्न सकिने कमालको टेक्नोलोजी

Feb Tue 2020 05:40:18

271 views

वैज्ञानिकले बनाए दिमागमा अपलोड गर्न सकिने कमालको टेक्नोलोजी

कुनै जानकारी सिधै दिमागमा अपलोड गर्न सकिएला ? अब केही समयमा कम्प्युटरमा जस्तै मानव मस्तिष्कमा डाटा राख्न सकिने भएको छ । सुन्दा यो कुनै साइन्स फिक्सनको काल्पनिक कथा जस्तो लाग्न सक्छ तर यो कुरा छिट्टै सम्भव हुने भएको छ । क्यालिफोर्निया स्थित एचआरएल ल्याबरोटोरीजका शोधकर्ताले यस्तो प्रविधि विकास गरेको दावी गरेका छन् । साथै यी शोधकर्ताले एक यस्तो सिमुलेटरस् तयार गरेका छन् जसको मद्दले जुनसुकै जानकारी सिधै मानव मस्तिष्कमा अपलोड गर्न सकिनेछ । यो प्रविधि वास्तवमै सम्भव भएमा मस्तिष्क घात भएका विरामीको उपचारमा सहयोग पुग्नेछ । शोधकर्ताले यस प्रविधिको नाम 'ब्रेन सिमुलेशन' राखेका छन् । यस प्रविधिको विकाससँगै मानव मस्तिष्कको रहस्य बुझ्नमा बैज्ञानिकलाइ अझ सहज हुने विश्वास गरिएको छ ।plane

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?