Breaking News

विश्वका उत्कृष्ट ७ स्मार्ट सहर

Feb Tue 2020 05:40:53

390 views

विश्वका उत्कृष्ट ७ स्मार्ट सहर

अमेरीकामा रहेको ‘इन्टेलिजेन्ट कम्युनिटी फोरम’ (ICF) ले सन् १९९९ देखि विश्वका सबैभन्दा स्मार्ट सहरहरु छान्दै आएको छ। । यसै शिलशिलाअन्तरगत उसले यो वर्ष (२०१५) विभिन्न ५ देशबाट ७ वटा विश्वका सबैभन्दा स्मार्ट सहरह बारेको जानकारी प्रस्तुत गरेको छ । आउनुहोस् हेरौ, कस्ता छन् त यसबर्षका स्मार्ट सहरहरु :–

१. अर्लिङ्टन कन्ट्री, भर्जिनिया, संयुक्त राज्य अमेरिका

Image-Credits-Arlington-County अर्लिङ्टन कन्ट्री (Arlington County) वासिङ्टन डिसीको नजिक हुनुका साथै यस सहरमा अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सको मुख्यालय पेन्टागन, डिफेन्स एड्भान्स्ट रिसर्च प्रोजेक्ट एजेन्सी र न्यासनल साइन्स फाउन्डेसन हुनाले विगतमा धेरै प्रगति गर्ने अवसर पाएको थियो । ‘दि अर्लिङ्टन व’ (The Arlington Way) नामक ४० जनाभन्दा बढी सल्लाहकार समूह र आयोगहरु भएको औपचारिक संरचनाबाट यहाको विकासको लागि हरेक नागरिकले सार्वजनिक नीति निर्माण गर्न र विकासको क्षेत्रमा आफ्ना धारण राख्न पाउदछन् । यो संरचनाबाट प्रविधिको लागि यहाको जमिनको प्रयोग, टेलिकम मास्टर प्लान, सार्वजनिक क्षेत्रबाट फाइबर नेटवर्क विस्तार गर्न यहाका नागरिक सरकारसाग प्रत्यक्ष रुपमा जोडिएका छन् । २. कोलम्बस, ओहिओ, संयुक्त राज्य अमेरिका

Columbus-Image-credits-Aloha75 सयुक्त राज्य अमेरिकाको ओहिओ (Ohio) राज्यको सबैभन्दा ठूलो सहर र राजधानी मानिने कोलम्बस ( Columbus)सहर अमेरिकाको १५ औ ठूलो सहर हो । अमेरिकाका १००० (Fortune 1000 companies) ठूला कम्पनीहरुको आकर्षणको केन्द्र पनि कोलम्बस सहरलाई लिइन्छ । अर्कोतर्फ न्युन–सक्षम जनशक्तिले चलाउने उद्योगहरुमा कमिहरु आउन थालेपछि न्यून आम्दानी हुने जनसंख्यमा समस्या परेको छ । यसर्थ कोलम्बसले यी दुबै पक्षबीचमा रहेको दूरी हटाउन सरकार, शिक्षा, ब्यावसाय र सं–सस्थाहरुसग सहकार्यको प्रयास गरिरहेको छ । कोलब्बस उद्योगहरुको द्रुत विकास भएको र लगानी गर्ने कुरामा अगाडि रहेको छ । सन् २००५–२००७ सम्म दक्ष जनशक्ति पलायन (-brain drain) हुने समस्याबाट गुज्रेको यो सहर सन् २००७–२००९ सम्म आउदा दक्ष जनिशक्तिलाई काम दिने अमेरीकाको सहरको रुपमा स्थपित भयो । पछिल्लो एक दशकभित्र दक्ष जनशक्तिलागि रोजगारीको अवसरमा ३५ प्रतिशतको वृद्वी भएको छ । ३. इप्स्विच, क्विनस्ल्यान्ड, अस्ट्रलिया

Ipswich-Australia-Jan-Smith सन् २००१ मा इप्स्विच (Ipswich) सहरले २० वर्षे लामो आर्थिक विकासको योजना ल्यायो । यसले थप लगभग ३ लाख नयाा वासिन्दाहरु र १२ लाख नया कामहरुको घोषणा पनि गर्यो । डिजिटल प्रविधिको माध्यमबाट आर्थिक विकास र सार्वजनिक सुरक्षाका इप्स्विच सहरले मूख्य पूनर्विकासको कार्यलाई केन्द्रमा राखेको छ । वातावारणीय मापदण्डका कारणले यो सहरलाई अस्ट्रिेलियामा सबैभन्दा दीगो सहरका रुपमा उभ्याउन सफल भएको छ । यसलाई अस्ट्रिलियाको मोडेल सहरको रुपमा पनि चिनिन्छ ।

४. मिचेल, साउथ डाकोटा, संयुक्त राज्य अमेरीका

Mitchell-Image-Credits-Swecias विगतमा खासगरी ग्रामिण इलाकाको रुपमा रहेको मिचेल (Mitchell) सहरबाट प्रतिभाशाली र महत्वकांक्षी जनशक्ति राम्रो भविष्यको खोजीमा अन्तै पलायन हुने गर्दथे । तर, अहिले मिचेलले कृषिमा आधारित सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा स्थापित हुन सफल भएको छ । मिचेल सहरमा रहेको मिचेल टेक्निकल इन्स्टिच्युटले टेक्नोलोजीमा आधारित क्याम्पसका लागि ४० लाख डलर छुट्याएको छ । यसले सञ्चार तथा डाटा प्राविधिकहरुलाई तालिम प्रदान गर्दछ । इन्जिनियरिङ, कन्सल्टिङ र सफ्टवेर कम्पनीहरुले मिचेल सहरलाई दक्षता र सेवाहरुका लागि क्षेत्रीय हबको रुपमा स्थापित गरिसकेका छन् । अहिले यो सहर आइसिटी प्रतिभाको केन्द्रको रुपमा स्थापित छ । ५. न्यु ताइपे सिटी, ताइवान

New-Taipei-Credits-Fuhaku08 ताइवानको राजधानी न्यु ताइपे सिटी (New Taipei City) ले भविष्यको लागि ज्ञानमा आधारित (knowledge-based) अर्थतन्त्रको विकास गर्दै आएको छ । यसकले ब्रोडब्यान्डमा मूख्य जोड दिएको छ । सहरको ८७ प्रतिशत घरमा १०० एमबिपिएसको इन्टरनेटको पहूाच छ । इन्टरनेटको माध्यमबाट यो सहरले ३ सयभन्दा बढी विद्यालयहरुलाई पनि जोडेको छ । कक्षाकोठामा ट्याब्लेट तथा कम्प्युटर उपलब्ध गराउनुका साथै मानिसलाइै सहज हुने क्षेत्रहरुमा १० हजारभन्दा बढी वाइ–फाइ हटस्पोटहरु जडान गरेको छ । डुनटआकारमा रहेको ताइपे सहरलाई एकतामा बााध्न उच्च गतिको रोड र रेलमा अत्याधिक खर्च गरिएको छ । यसैगरी नलेज–ब्रिज (Knowledge-Bridge) प्रोजेक्ट अन्तरगत इन्डस्ट्री र युनिभर्सिटीको सहकार्यमा प्रतिवाभान र दक्ष जनशक्तिलाई कामको अवसर प्रदान गर्दै आएको छ । ताइपे सिटीलाई हाइ–टेक कोरिडोरको रुपमा अझ विकास गर्न सरकारी तवरबाट विभिन्न आइटी संस्था साग मिलेर काम गर्ने पहल पनि भइरहेको छ । ६. रिओ दे जानेइरो, ब्राजिल

Rio-de-Janeiro-credits-Tassia-Menezes ब्राजिलको रिओ दे जानेइरो (Rio de Janeiro) सरह विशेषत घना वस्ति, समुद्री तट र पानी जहाजका लागि प्रसिद्ध छ । तर, ब्राजिलले सन् २०१४ को वल्र्डकपको सफल आयोजना गरेको र सन् २०१६ को ओलम्पिक गेम्स्सको तयारीमा जुटेको कारणले गर्दा यो सहले पुनर्जिवन पाएको छ भने यातायात प्रणाली र भौतिक संरचानामा पनि आमूल परिवर्तन आएको छ । रिओ डाटामाइन (Rio Datamine) जस्ता आइसिटी कार्यक्रमहरुले यस सहरको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नगरपालीकाले नलेज स्क्वेर बनाएर यस सहरका ६९ हजार नागरिकहरुलाई डिजिटल शिक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको छ । पेट्रोलियम पदार्थको ब्यापारबाट अहिले यो सहरले ब्राजिलको ठूलो औद्योगिक सहर साओ पाउलोको भन्दा २ गुणा बढी आम्दानी गर्दछ । ७. सरी, व्रिटिस कोलम्बिया, क्यानडा

Surrey-credits-Richard-Eriksson सरी (Surrey) क्यानडाको सबैभन्दा दु्रत विकास भइरहेको सहरमध्ये तेस्रो सहरमा पर्दछ । या दु्रत गतिको विकासमा इन्नोभेसन बोउलेभार्ड (Innovation Boulevard) नामक प्रोजेक्टको महत्वपूर्ण हात रहेको छ । यो प्रोजेक्ट रेखदेख तथा निरिक्षण गर्न विश्वविद्यालय, स्वस्थ्य क्षेत्रको निकाय, गैह्र नाफामुलक संस्था, व्यवसाहिक संगठनहरु, सरकार र निर्माताहरु गरी ५० जना प्रतिनिधि भएको ‘मेयर्स हेल्थ टेक्नोलोजी वर्किङ ग्रुप’ नामक समुह रहेको छ । स्वस्थ्य प्रविधि, वातावरण स्वच्छ राख्ने प्रविधि, परिष्कृत उत्पादनहरुको विकास गर्न सरी सहर, विश्वविद्यालयहरु र व्यवसायीहरुबीच सममूहिक सहकार्य गरिएको छ ।

यि वाहेक पनि अमेरिकाको भियना, टोरन्टोलाइ स्मार्ट सिटीको रुपमा प्रस्तुत गर्न सकिन्छ । फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, यूरोपको कोपनहेगन, बार्सिलोना पनि स्मार्ट सिटीमा अटाउछन । हङ्कङ, जापानको टोकियो र सिंगापुर पनि स्मार्ट सिटीको उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । नेपालमा आर्थिक वर्ष २०७१/७२ को बजेट कार्यक्रममा काठमाडौँ, लुम्बिनी र निजगणलाइ स्मार्ट सिटी बनाउने कुरा अगाडी ल्याएको छ । अब यि स्मार्ट शहरहरुबाट केहि सिकेर अघि बढ्न सके फलदायी हुनसक्छ ।

smart city pc

(असोज महिनाको लिभिंग विथ आइसिटी म्यागजिनमा प्रकाशन भएको सामग्री, जसलाई एजेन्सीको सहयोग लिएर अर्जुन सापकोटाले तयार पारेका थिए |)-Livingwithict.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?