Breaking News

सन्दर्भ अन्तराष्ट्रिय लागू औषध नियन्त्रण दिवस : एक कर्मचारीका भरमा टिकेको लागुऔषध नियन्त्रण कार्यक्रम र लागूऔषध दुर्व्यसनमा नेपालको युवा जमात

Feb Tue 2020 05:40:32

475 views

सन्दर्भ अन्तराष्ट्रिय लागू औषध नियन्त्रण दिवस : एक कर्मचारीका भरमा टिकेको लागुऔषध नियन्त्रण कार्यक्रम र लागूऔषध दुर्व्यसनमा नेपालको युवा जमात

अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवस नेपालमा गृहमन्त्री शक्ति बस्नेतको उपस्थितीमा नेपालमा मनाइयो

लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ । सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका रुपमा मनाइँदै आएको छ । यो दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

  • साधना बस्नेत

लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । रत्नपार्कबाट शुरु भएको र्याली कमलादी हुदै प्रज्ञा भवनमा गएर समापन भएको थियो ।raly कार्यक्रम गृह मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा विभिन्न सांस्किृतिक कार्यक्रम गरी भव्यताका साथ सुसम्पन्न भएको छ । कार्यक्रममा सहभागीता जनाउन विभिन्न विद्मालयका विद्यार्थि वरिष्ठ प्रहरी ,पत्रकार तथा अन्य नागरीक समाजका व्यक्तिहरुको उपस्थिती रहेको थियो। समाजमा विद्ममान समस्याको रुपमा रहेको लागु औषध दुव्र्यसनी तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुन पर्ने कुरा गृह मन्त्री शक्ति बस्नेतले कार्यक्रममा बताउनु भयो । साथै दुव्र्यसनमा फसेकाहरुले उपचार पाउनु उनीहरुको अधिकार हो तर कुलतमा फस्नु अधिकार भित्र नपर्ने कुरा बताउनु भयो । र अहिले सरकारको निती तथा छलफल यसमै केन्द्रित रहेको जानकारी गराउनु भयो । उपचार र पूनस्थापनाको कुरा प्राथमीकताको साथ अगाडी बढाउनु पर्ने र यसको लागी सरकारी गैर सरकारी संघसंस्था लगायत नागरीक आफु स्वयंमले पनी आ आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनु भयो । विद्यार्थि भाइबहिनी नै देशको इज्जत भएको र उनीहरु भोलीको देशको आवश्यकता भएकोले लागुऔषध बारे जानकारी दिनु आवश्यक रहेको कुरा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले लागुऔषध दुव्र्यसनी नेपालको मात्र साझा समस्या नभएर विश्वमा नै रहेको समस्या हो र दुव्र्यसनीलाई अपराधीको जस्तो व्यवहार नगरी उपचार गर्नु पर्ने कुरा व्यक्त गर्नुभयो ।हाल हरेक प्रहरी चौकीमा ३० प्रतीशत भन्दा बढी लागुऔषध दुव्र्यसनी तथा ओसारपसार गर्ने व्यक्ति थुनामा रहेको तथ्य बताउनु भयो । कार्यक्रममा विभिन्न लागु औषधको नमुना सहितको स्टलहरु समेत राखिएको थियो । shakti basnet

4नेपालमा एक कर्मचारीका भरमा टिकेको लागुऔषध नियन्त्रण कार्यक्रम

  • किरण भट्टराई/रासस
  • NO-Drugs

काठमाडौं । कर्णालीका जिल्लामा कार्यालयमा कर्मचारी नभेटिने र कर्मचारी जान नचाहने गरेको भन्ने चर्चा चल्दै आएकामा सिंहदरबारकै अगाडि बिजुलीबजारमा रहेको कार्यालयमा समेत त्यस्तै हालत भेटिएको छ ।

ल्इ(म्चगनकदेशभर लागुऔषध नियन्त्रणसम्बन्धी काम गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालय अन्तर्गत ‘लागुऔषध नियन्त्रण कार्यक्रम’ एक जना काजमा रहेका कर्मचारीका भरमा दुई वर्षदेखि चलेको छ ।

हाल कार्यक्रम अधिकृतका रुपमा खड्गबहादुर श्रेष्ठ मात्रै कार्यालयमा कार्यरत छन् । उनी जिल्लाबाहिर जाँदा, बिरामी पर्दा वा अन्य कारणले आउन नसके कार्यालय सहयोगीले कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । श्रेष्ठले भने, ‘कर्मचारी नहुँदा म कार्यालय आउन नपाएको बेला फोनबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’ कार्यालयमा १० कोठामा कुर्सी र कम्प्युटर राखिएका छन् तर त्यो कुर्र्सीमा बस्ने र कम्प्युटर चलाउने कोही छैनन् ।

गृह मन्त्रालयबाट स्थायी कर्मचारी ल्याउने निर्णय गर्दै दुई वर्षअघि तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमका कार्यकालमा त्यहाँ कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीलाई निष्काशन गरियो । त्यसबेला कार्यालयमा आठ जना कार्यरत थिए तर दुई वर्ष बित्दा समेत मन्त्रालयले अझै कर्मचारी पठाएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले कार्यालयका लागि लोकसेवा आयोगसँग कर्मचारी माग गरिसकिएको र छिट्टै पदपूर्ति गरिने जानकारी दिए । उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले समेत काम गरिरहेकाले कार्यक्रमका लागि जनशक्ति नभएकै कारण समस्या नआउने टिप्पणी गरे ।

कार्यक्रम अधिकृत श्रेष्ठको गत वर्ष अध्यागमन कार्यालयमा सरुवा भए पनि उनी अध्यागमन नगई काजमा यही कार्यालयमा कार्यरत छन् । उनी पनि सरुवा स्वीकार गरेर गएको भए यो कार्यालयको के हालत हुन्थ्यो होला, सहजै अनुमान लगाउन सकिन्छ । कार्यक्रमका लागि रु दुई करोड ४९ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । महिनाको रु ४५ हजार त घर भाडामा मात्रै जान्छ ।

यही हालतमा कार्यालय सञ्चालन गर्ने हो भने सरकारले अनावश्यक भाडा तिर्नुभन्दा त्यसलाई गृह मन्त्रालयभित्रै लगेर सञ्चालन गर्नु उपयुक्त हुने सरोकार भएकाहरु सुझाव दिन्छन् ।

नेपाल सहित विश्वभर लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । सरकारी तथ्याङ्कानुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र तीमध्ये सात प्रतिशत महिला रहेका छन् ।

प्रतिवर्ष ११।३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । लागुऔषध दुव्र्यसनले विकराल रुप लिँदै गए पनि त्यसलाई नियन्त्रण र अनुगमनका लागि गठन गरिएको कार्यालयको भने यस्तो बिजोग देखिएको छ ।

लागूऔषध दुर्व्यसन फस्दै नेपालको ठूलो युवा जमात

 depression
काठमाडौं । तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुर्व्यसनमा फसेकोे हुन सक्छन् ।

झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।

सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था यो सङ्ख्या दुई लाखभन्दा बढिरहेको जिकिर गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागु पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द लागुपदार्थको दुव्र्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको बताउँन् । छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्ने उनको भनाइ छ ।

छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको सङ्गतबाट टाढा राख्ने, धूमपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ ।

गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रमका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले विशेषतः आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिए । “छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्छ” उनी भन्छन् । दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले हाल ३०० पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।

अफिम, मर्फिनन, कोडिक, हेरोइन, पेथिडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन् ।

त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो ।

बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महंँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।

ब्युरोका प्रमुख चन्द लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको अनुभव सुनाए । उनले नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’का रुपमा प्रयाग गर्ने गरेको बताउनुभयो । कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय सङ्स्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?