Breaking News

प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २०१८ को आइतबार बिजनेश डे

Feb Tue 2020 05:40:48

709 views

प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २०१८ को आइतबार बिजनेश डे
सुबिसु क्यान इन्फोटेक २०१८  को माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । यस दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नुहुनेछ ।
सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकमा आज ८४,३२२ ले अवालोकन गरेका छन् । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोस्रो दिन ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीलाई आजसम्म १,५९,३२९ जनाले अवलोकन गरेका छन् । इन्फोटेकमा सहभागी कम्पनीले नयाँ–नयाँ प्रविधिसहितका उत्पादन सार्वजनिक गरेका छन् । विशेष गरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप÷कम्प्युटरका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभ, सीसीटिभीलगायतका स्टल, आइटी ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलमा अवलोकनकर्ताको आकर्षण बढेको छ । शनिबार पनि विभिन्न कम्पनीले आ–आफ्ना नयाँ उत्पादन, सेवा र आकर्षक उपभोक्ता योजनालाई निरन्तरता दिएका छन् । विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि इन्टरनेट र दूरसञ्चार स्वा प्रदायक, सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा दिने कम्पनीहरुले आफ्ना उपभोक्तालाई लक्षित गरी आकर्षक अफर ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?