Breaking News

भुकम्प सुरक्षा दिवसको अवसरमा नागरिक विकास समाजद्धारा वालालिकालाई शैक्षिक सामग्री बितरण

Feb Tue 2020 05:40:55

248 views

भुकम्प सुरक्षा दिवसको अवसरमा  नागरिक विकास समाजद्धारा वालालिकालाई शैक्षिक सामग्री बितरण

सामाजिक सचेतना नै भुकम्प सुरक्षाको कवज - चित्र बहादुर केसी

आज माघ २ गते रास्ट्रिय भुकम्प सुरक्षा दिवसको दिन हो । रास्ट्रिय नागरिक विकास समाजले काठमाडौंमा शान्ति र विकासमा नागरिक समाजको एकता नै आजको आवश्यकता भन्ने नारासहित रास्ट्रिय भुकम्प सुरक्षा दिवसरमा बैशाख १२ गतेको भुकम्प पीडित बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितण गर्यो । मुनाफामुलुक गैरसरकारी सस्था नागरिक समाजले गरेको कार्यक्रम सामाजिक स्तरबाट अति नै सर्हानीय र प्रशंसनीय रहेको कार्यक्रमका अतिथि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल खुलेर प्रशंसा गरे । राजनीतिक सत्ता र पैसाका लागि मानिसहरु दौडिने होइन रहेछ सामाजिक प्रतिष्ठा र चेतनका लागि सामाजिक क्षेत्रमा क्रियाशील हुदा रहेछन् भन्ने गतिलो पाठ भुकम्प सुरक्षा दिवसको सयौं गुणास्तरको सामाजिक कार्यक्रम भएको थापाले मुक्तकण्ठले उल्लेख गरे ।

रास्ट्रिय नागरिक मञ्चले उज्यालो नेपालको २७ जना अनाथ बालबच्चालाई चाहिने खाद्यान्न, लत्ताकपडा, शिक्षा लगाएत सामाग्री बितरण गर्यो तिर्सना बूढाथोकीको अग्रसरतामा यो सामाग्री भुकम्प पीडित बच्चाहरुलाई न्यानो उपहार थियो । मेरो विशेष सहयोगमा उज्यालो नेपालको २७ जना अनाथ बालबच्चालाई चाहिने खाद्यान्न, लत्ताकपडा, शिक्षा लगाएत सामाग्री प्रदान गर्ने घोषणा गरेकी छु, र आज पनि केही सामाग्री रास्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा प्रदान गरेकी हु, तिर्सनाले बताइन् । रास्ट्रिय नागरिक समाज विकासले सामाजिक, मानवअधिकार, लागुऔषध, शिक्षा, कलाकारीता, रेडियो पत्रकारीता, रास्ट्रिय सुरक्षा, न्याय प्रशासन क्षेत्र लगायतका विविध क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउने मुलधन्य व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । रास्ट्रिय नागरिक विकास समाजको भुकम्प सुरक्षा दिवसको कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री चित्र बहादुर केसि, मन्त्री प्रेम बहादुर सिंह, शिवलाल थापा अतिथि एआजि प्रदिप सिंह थापा रहेका थिए । रास्ट्रिय नागरिक विकास समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशजङ कुवरले सामाजिक क्षेत्रप्रतिको उत्तरदायित्व बोध र जिम्मेवारका लागि हरेक वर्ष विशेष अवसरमा यस्ता कार्यक्रम गर्दै आएको बताए । हिमाल पहाड तराई कोही छैनन् पराई भन्ने राष्टिय एकताको सन्देश सहित वर्तमान असहज परिस्थितिलाई निकासा दिने पर्यायको रुपमा पनि आजको कार्यक्रम प्रेरक रहेको देखिन्थ्यो । कार्यक्रमलाई शानित विकास अभियान नेपाल र फरकधार राष्टिय साप्ताहिकले सहयोग गरेका थिए भने मिडिया सहयोग आइसिटी पत्रकार विकास मञ्चले गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई पञ्चेबाजाद्धारा स्वागत सहित दुबोको मालाले राष्टिय नागरिक विकास समाजका अध्यक्ष महशजंग कुँवरले स्वागत गनरेका थिए । विभिन्न क्षेत्रबाट सम्मानित हुने व्यक्तिहरुलाई सम्मानको अवसरमा समेत पञ्चे बाजाको धुनले शभकामना र बधाई दिदै प्रमुख अतिथि चित्रबाहदुर केसी, शिवलाल थापा र अतिथि एआइजी प्रदीपसिंह थापाले सम्मान पत्र दिएर सामाजिक क्षेत्रमा थप योगदान पुर्याउन हौसला प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?