Breaking News

फेसबुकको ग्रुपच्याटले नुवाकोटका १५ वर्षीय कुमारको यसरी ज्यान लियो

Feb Tue 2020 05:40:36

415 views

फेसबुकको ग्रुपच्याटले नुवाकोटका १५ वर्षीय कुमारको यसरी ज्यान लियो
नुवाकोट सूर्यगढी–३ का १५ वर्षीय कुमार सुचीकार । फेसबुक आइडीमा उनको नाम ‘डेभिल’ । यही नामबाट उनले फेसबुकमा ‘फ्रेन्ड सर्च’ गर्थे । ‘रिक्वेस्ट’ पठाउँथे । ‘एसेप्ट’पछि घन्टौँ गफिन्थे । कक्षा १० मा पढ्दै थिए । विद्यालयपछिको दैनिकी घन्टौँ च्याट गरेरै बित्थ्यो । यही क्रममा डेभिलको फेसबुक पेजमा एक किशोरीको फोटो देखाप¥यो । फोटो आकर्षक थियो । मन पर्याे । तत्काल फ्रेन्ड रिक्वेस्ट हाने । केही बेरपछि रिक्वेस्ट एसेप्ट भयो । उनले तत्काल फोटोवालीलाई ‘हाई’ भने । उताबाट तुुरुन्तै उत्तर पाइयो । संवाद अब परिचयमा बदलियो । फोटोवाली केटी बाजालुस्थित गुह्येश्वरी टोलकी रहिछिन् । डेभिल भने गोंगबुनजिकै बस्ने । दुवै नजिकै बस्ने खुलेपछि संवाद झन् गाढा बन्यो । रिसाएका वेला उनीहरू फेसबुकमै ठुस्किन्थे । खुसी भएका वेला फेसबुकमै मस्किन्थे । करिब ६ महिना यसैगरी चल्यो । तर, भेटघाट भने भएन । त्यसैले न उनले फेसबुकवालीलाई देख्न पाए न फेसबुकवालीले उनलाई देखिन् । यही क्रममा फेसबुकवालीले एक दिन उनलाई ‘केजी’ ग्र्रुफबारे बताइन् । केजी ग्रुफ अर्थात् ‘खुकुरी गाइज’ । गुह्येश्वरीका स्थानीय युवाले आपसी संवादका लागि ‘क्रियट’ गरेको फेसबुक ग्रुपच्याट । फेसबुकवालीले केजी ग्र्रुपको निक्कै बखान गरेपछि उनलाई पनि त्यसमा समावेश हुन इच्छा जाग्यो । उनले फेसबुकवालीलाई भने, ‘मलाई पनि केजी ग्रुफमा ज्वाइन गर न ।’ फेसबुकवालीले स्वीकृति जनाइन् । ग्रुपच्याटमा ‘इन्ट्री’ गरेदेखि नै विवाद डेभिल ग्रुपभित्र छिरेर सुरुमा च्याट नियाले । त्यसपछि आफूले पनि च्याट सुरु गरे । आफूलाई मन नपरेको च्याटमा उनी तत्काल प्रतिक्रिया जनाउँथे । कतिलाई त गाली पनि गर्थे । ग्रुपभित्र डेभिलको इन्ट्री अन्य सदस्यलाई मन परेको थिएन । त्यसमाथि गाली–गलौजमा उत्रेपछि ग्रुपका सदस्य डेभिलविरुद्ध खनिए । डेभिल पनि के कम । उताबाट जस्तो जवाफ आउँथ्यो, त्योभन्दा कडा उत्तर उनले ग्रुपमा दिन्थे । निक्कै दिन चल्यो यो चक्र । सहनै नसक्ने भएपछि डेभिलले आफूमाथि खनिनेको लिस्ट उतारे । अनि एक–एक गर्दै ग्रुपबाट आउट गरे । एकाएक ग्रुपबाट आउट भएपछि ग्र्रुपबाट बहिरिएका सदस्य एकजुट भए । अनि डेभिलको खोजीमा जुटे । तर, पत्ता लगाउन सकेनन् । त्यसैले निराश थिए । डेभिलको बहस अब ग्रुपमा रहेका अन्य सदस्य माझ पनि हुन थाल्यो । हुँदाहुँदै डेभिल केजी ग्रुपको मोस्टवान्डेट सूचीमा प¥यो । केजी ग्रुपमा डेभिलबारे बहस हुँदै थियो । डेभिल त्यसलाई चुपचाप नियालिरहेका थिए । यही क्रममा फेसबुकवालीले ‘म चिन्छु डेभिल’ भन्दै ग्रुप बक्समा म्यासेज पोस्ट गरिन् । त्यसपछि सबैले डेभिलबारे सोध्न थाले । हुँदाहुँदा उनलाई ‘को हो डेभिल ?’ भन्दै फोन आउन थाल्यो । त्यसपछि उनले डेभिललाई भेटाइदिने वाचा गरिन् । उनको डेभिलसँग च्याटको चरण टुटेको थिएन । उनले डेभिलको फोन नम्बर मागिन् । अनि भेट्न बोलाइन् । स्थान तोकियो, तारकेश्वर–४ गोलढुंगास्थित फूलबारी गेट । मिति र समय तय भयो, २६ माघ साँझ ६ः३० बजे । केजी ग्रुपबाट आउट भएका सबै डेभिलको खोजीमा थिए । सबैलाई उनले डेभिल भेटाइदिने वाचा गरेकी थिइन् । त्यसैले उनले डेभिल आउने समय र स्थान सबैलाई भनिन् । क्याजुअल डे«समा फेसबुकवाली तोकिएकै समयमा फूलबारी गेट पुगिन् । डेभिल त्यसअघि नै पुगिसकेका थिए । तर, उनले डेभिललाई चिनिनन् । किनकि उनीहरूबीच फेसबुकमा मात्रै कुरा हुन्थ्यो । भेटघाट कहिल्यै भएको थिएन । उनले फोन डायल गरिन् । घन्टी गयो । एकछिनपछि फोन उठ्यो । कुरा हुनासाथ उनले फेसबुकमा गफिने डेभिल चिनिहालिन् । उनी थिए, नुवाकोट सूर्यगढी–३ का १५ वर्षीय कुमार सुचीकार । जो गोंगबुस्थित गणेश हिमाल इंग्लिस स्कुलमा कक्षा १० मा पढ्थे । आश्चर्यचकित हुँदै दुवै सडकमै गफिन मात्रै के लागेका थिए । डेभिलको टाउकोमा रड बज्रियो । उनी त्यहीँ ढले । उनको शरीरभरि लात र रड बर्सियो । उनी बेहोस भए । गुल्टाउँदै उनलाई सडक किनारमा लगियो । अनि ओरालोतर्फ गुल्टाइयो । उनको शरीर गुल्टिँदै गएर नालीमा जोतियो । रड बर्साउनेहरू एकाएक बेपत्ता बने । अन्तत : डेभिलको मृत्यु भयो । प्रहरीका अनुसार ‘डेभिल’ उर्फ कुमार सुचीकारलाई रड तथा लात्ती बर्साउनेहरू उनै थिए जसलाई उनले केही समयअघि केजी ग्रुपबाट आउट गरिदिएका थिए । उनीहरूलाई त्यहाँ आउन फेसबुकवालीले नै भनेकी थिइन् । तर, प्रहार नै गर्ने उद्देश्यले भने उनले भनेकी थिइनन् । महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले भने, ‘ग्रुपच्याटबाट भएको विवाद झडपमा बदलिएको देखिन्छ । यिनीहरूबीच ग्रुपच्याटमै भनाभन भयो । भेटघाट पनि ग्रुपच्याटबाटै भयो । अन्ततः यही नै कुमार सुचीकारको मृत्युको कारण बन्यो । घटनामा संलग्न १० मध्ये ९ जना पक्राउ परिसकेका छन् । बाँकी एक फरार छन् । उसको खोजी भइरहेको छ ।’ यसरी खुल्यो घटनाको रहस्य गोलढुंगास्थित फूलबारी गेटको सडकभन्दा २० मिटर तल नालीमा बेहोस थिए डेभिल । शरीरबाट रातभर रगत बग्यो । उनी उठेर घर फर्कन सकेनन् । बिहान कसैले डेभिललाई नालीमा लडिरहेको देख्यो । प्रहरी तत्काल घटनास्थल पुग्यो । शरीर जाँच्यो । मुटु चलिरहेको थियो । उपचारका लागि तत्काल वीर अस्पतालस्थित ट्रमा सेन्टर लगियो । चिकित्सकले टाउकोको अप्रेसन गर्ने सुझाब दिए । अप्रेसनका लागि स्वीकृति दिइयो । अप्रेसन पनि भयो । तर, चिकित्सकको सबै प्रयास खेर गयो । उनको उपचारकै क्रममा मृत्यु भयो । डेभिलको परिचय खुल्ने कुनै आधार थिएन, प्रहरीसँग । त्यसैले उनी को र कहाँका हुन् भन्ने भेउ पाउन सकेन प्रहरीले । खोज्न पनि कोही आएनन् । प्रहरीले उनको शव फोरेन्सिक परीक्षणका लागि अब शिक्षण अस्पताल पठायो । प्रहरी हत्याको घटना छानबिनमा जुट्यो । तर, केही भेउ पाउन सकेन । हत्याको करिब महिना दिनपछि डेभिलले प्रयोग गर्ने मोबाइल एक्टिभेट भएको सुराक प्रहरीले पायो । प्रहरी तत्काल मोबाइल फोनको खोजीमा जुट्यो । नभन्दै मोबाइल प्रयोग गर्ने व्यक्ति पक्राउ परे । उनकै सहयोगमा प्रहरीले घटनमा संलग्न सबैलाई पक्राउ गर्यो । वृत्त प्रमुख डिएसपी खड्का भन्छन्, ‘घटना निक्कै शंकास्पद थियो । अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न पक्राउ परे । पक्राउ परेकाहरूसँग बयान भयो । त्यसपछि पो खुल्यो घटना हुनुको रहस्य । घटना निकै नौलो ढंगबाट भएको देखिन्छ । यसलाई सामाजिक सञ्जालले निम्त्याएको नियती भन्दा केही फरक नपर्ला । -’ नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?