Breaking News

मोबाइल खेलाउँदा एक महिला मस्तिष्कघातको शिकार यसरी भइन्

Feb Tue 2020 05:40:53

460 views

मोबाइल खेलाउँदा एक महिला मस्तिष्कघातको शिकार यसरी भइन्

बचाउन इमरजेन्सी अप्रेशन

चीनमा लामो समय मोबाइल चलाएकै कारण एक महिलालाई मस्तिष्क घात भएको छ र उनलाई बचाउन अकस्मात शल्यक्रिया नै गर्नुपरेकाे छ । ४७ वर्षीया ती महिला रेलमा यात्रा गरिरहेकी थिइन् । यात्राको क्रममा उनी २० घण्टासम्म मोबाइल फोनमा भुलिरहिन् । हेनान प्रान्तको ग्वानझाओबाट यात्राको क्रममा मोबाइल चलाइरहेकी उनी रेलभित्रै एक्कासि बेहोस् भइन् । उनलाई तत्कालै जिनान विश्वविद्यालयको अस्पतालमा भर्ना गरियो । उनको मस्तिष्कमा दुई सेन्टिमिटरसम्म रगतका ढिक्का जमेको पाइएको र तत्कालै अपरेशन गरेर हटाइएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन् । अस्पतालको न्यूरोलोजी विभागका उपप्रमुखले भनेका छन्, ‘यी महिला निहुरिएर मोबाइल फोन हेरिरहँदा गर्धनका रक्त नलीमा दबाव पर्यो र स्ट्रोक भयो ।’ चिकित्सकहरुका अनुसार यस्ता समस्याबाट पीडित धेरै युवाहरुको संख्या बढ्दै गएको छ । त्यसैले चिकित्सकहरुले सुझाव दिएका छन्– धेरै समयसम्म मोबाइल खेलाइरहनु हुँदैन । मोबाइल फोन चलाउँदा एउटै पोजिसनमा रहनु हुँदैन । बेला–बेलामा विश्राम लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?