Breaking News

सम्भोग गरेरै मासिक ८० लाख कमाउने ११ करोडका राँगो यस्तो

Feb Tue 2020 05:40:26

741 views

सम्भोग गरेरै मासिक ८० लाख कमाउने ११ करोडका राँगो यस्तो

हैदराबाद,  एउटा भैसीको मूल्य कतिसम्म हुनसक्ला ? एक लाख, दुई लाख ? भैंसीको मूल्य बढी भएपनि राँगोको मूल्य कति होला ? सुन्दा पनि अचम्म लाग्छ, राँगोको मूल्य करोडौंमा पनि हुनसक्छ भनेर । तर भारतमा अहिले संसारको सबैभन्दा महंगो राँगोले निकै चर्चा पाएको छ ।buffallow

भारतको हैदरवादमा चलिरहेको सरदार उत्सव मेलामा अहिले यही राँगो हेर्न मानिसहरुको तछामछाड चलेको छ । मुर्रा नश्लको यो भैसीको मूल्य ७ करोड रुपैयाँ रहेको छ ।

सरदार उत्सवमा सहभागी यो भैसी हरियाणाबाट ल्याइएको हो । भैंसी उत्सव हैदरावादका यादव समुदायद्वारा हरेक वर्ष दिपावलीको बेला मनाइन्छ । उत्सवमा सहभागी हुने भारतका बिभिन्न क्षेत्रबाट मानिसहरुले आफ्ना भैसी लिएर आउने गर्दछन् ।

भैसींको यो उत्सव २ दिनसम्म चल्ने गर्दछ ।

यो यस्तो भैंसी हो जसले आफ्ना मालिकलाई मनग्ये आर्थिक श्रोत जुटाएको छ । हरियाणका किसान करमबीर सिंह युवारज नामबाट प्रख्यात यो राँगोको वीर्य बेचेर उनले हरेक वर्ष ८० लाखसम्म कमइरहेका छन् । राँगोको वीर्यको माग पंजाब, हरियाणा, उत्तर प्रदेश और राजस्थान सहित अन्य कैयन् राज्यमा रहेको छ ।

करमवीरले यो राँगोलाई पञ्जाब कृषि मेलाबाट किनेका थिए । राँगोको उचाई ५ फिट ९ इन्च रहेको छन् भने यो १४ क्विन्टल वजन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?