Breaking News

यसकारण एकपटक हामी सबैले घुम्नैपर्ने पर्यटकीय सौराहा नगरी फोटोफिचरसहित

Feb Tue 2020 05:40:30

514 views

यसकारण एकपटक हामी सबैले घुम्नैपर्ने पर्यटकीय सौराहा नगरी फोटोफिचरसहित

काठमाडौं । नेपालमा घुमफिरका लागि धेरै रमणिय स्थानहरु रहेका छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, टे्रकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध रहेको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् । करिव ४० प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउन बर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् ।

सौराहामा विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त पुग्ने गरेका छन् । सौरहाका होटल व्यवसायीहरुका अनुसार पछिल्लो समय त्यहाँको व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेका छन् । स्थलमार्गबाट राजधानी प्रवेशद्धार चितवनमा रहेको सौराहा सबैका लागि सजिलो गन्तव्य हो । विहान गएर बेलुका फर्किनसमेत मिल्ने स्थानमा रहेको सौराहा नेपालीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।DSC_8770

हात्ती चढेर जंगल सफारी

???????????????????????????????????? सौराहाको मूख्य आकर्षण हात्ती सफारी आमसर्वसाधारणका लागि नयाँ स्वाद चखाउने चिज हो । निकुञ्जभित्र निजी हात्ती लैजान बन्देज लगाइएपछि हात्तीबाट निकुञ्ज सफारी गर्न नपाएपनि व्यवसायीहरुले नजिकैको सामुदायिक बनमा सफारी गराउँछन् । अहिले सौराहामा ४७ वटा निजी क्षेत्रका हात्तीहरुले पर्यटकलाई जंगल सफारी गराउँदै आएका छन् IMG_0719 सौराहामा हात्ती सहकारीमार्फत सञ्चालन गरिदै आएको छ । सहकारीले हात्तीबाट जंगल सफारी गरेको स्वदेशी पर्यटकलाई १२५० सय पचास रुपैयाँ, भारतीय पर्यटकलाई १४६० रुपैयाँ र विदेशी पर्यटकहरुलाई १६ सय साठी रुपैयाँ लिने गरेका छन् । यी हात्तीले बागमारा जंगलमा सफारी गराउँछन् । हात्ती सफारी गर्न ५ वर्षको बच्चादेखि ८० र ९० वर्षसम्मका बुढा बुढीहरु समेत पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।IMG_0712

IMG_1050 सौराहामा डुङ्गा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ । साथै, सूर्यास्त पनि सौराहाबाट देख्न सकिन्छ । थारु संस्कृती, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । सौराहाको अर्को अकर्षण हो, थारु कल्चरल डान्स । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा उसको भ्रमण अधुरो नै रहन्छ । हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ । सार्थ, जंगलभित्र देखिने घाँसे मैदानहरुले पनि मन आकषिर्त पार्छन् ।????????????????????????????????????

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?