Breaking News

मानव शरीरभित्र देख्न सक्ने क्यामरा

Feb Wed 2020 02:40:21

572 views

मानव शरीरभित्र देख्न सक्ने क्यामरा

वैज्ञानिकहरुले मानव शरीरभित्र देख्न सक्ने क्यामरा बनाएका छन्।  चिकित्सकहरुले ‘इन्डोस्कोपी’ गर्दा पाइप कहाँ कहाँ पुग्यो भनेर प्रस्टसँग जाँच्न यो क्यामरा बनाइएको हो।

यसअघि यो सबका लागि महँगा स्क्यान र एक्स–रेमा भर पर्नु पर्थ्यो।यो नयाँ क्यामराले हाम्रो शरीरभित्रै भएको उज्यालो मार्फत् काम गर्छ।जस्तै शरीरमा इन्डोस्कोप पाइप छिराएपछि त्यसको टुप्पामा प्रकाश हुन्छ। त्यसैको उज्यालोका आधारमा उक्त क्यामराले काम गर्छ। यो नयाँ क्यामराले स–साना कुरा पत्ता लगाउन सक्षम छ। तन्तुमा थोरै मात्र प्रकाश पनि यसले पत्ता लाउन सक्छ।साथै शरीरमा प्रकाश छिर्न कति समय लाग्यो भन्ने पनि यसले रेकर्ड गर्छ।एडिनवर्ग र हेरिओट–वाट विश्वविद्यालयको सहकार्यमा यो प्रविधि तयार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?