Breaking News

लौ ख्याल गर्नुहोस् ! संगत गर्न नहुने ८ प्रकारका मानिस

Feb Tue 2020 05:40:37

443 views

लौ ख्याल गर्नुहोस् ! संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को गलत भन्ने ख्याल गर्दैनौ । यसले तपाइको जीवनमै असर पार्छ । संगत अल्पकालीन, दिर्घकालिन के हो त्यसलाइ ख्याल गरेर अघि बढ्नु पर्ने हुन्छ । यदि कोहि कसैले स्वार्थका कारण आफुसंग नजिक हुदैछ भने त्यस्ता व्यक्तिहरुबाट जोगिनु नै कल्याण हुन्छ ।

त्यसो त तपाइले अहिलेसम्म संगत गरेका मध्ये कोही लामो समयदेखि सम्बन्धमा होला कोहि हप्ता/महिनापछि नै टाढिए होलान । आखिर किन त ? यो सबै तपाइको ब्यबहार र तपाइको संगतमा आएका मानिसको स्वभाव र बानीको कारण हो ।

केही मानिसहरु आफ्नालागि पर्फेक्ट पार्टनर छान्ने क्रममा हमेसा चुकिरहेका छन् । सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । पढ्नुस कोही मान्छेसंग नजिकिनु अघि ख्याल गर्नुपर्ने ८ कुरा ।

१. तपाइको एउटै अंग नजर लाउने मान्छे

यस्ता व्यक्तिसँग टाढा रहनुस्, जसको नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा परिरहेको हुन्छ ।

२. शरीर कन्याउने/नाक कोट्याउने मान्छे

यस्ता व्यक्तिसँग बच्नुस्, जसले आँखा छलेर शरीरमा कन्याइरहन्छ ।

३. पेशाको सम्मान नगर्ने मान्छे

यस्तो व्यक्तिको संगत कहिल्यै नगर्नुस्, जसले वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गर्छ ।

४. अग्रज र अशक्तलाई मद्दत गर्न नचाहने मान्छे

आफु भन्दा ठूला अग्रज र असक्तलाई सहयोग गर्न बाट भाग्ने मानिसबाट पनि टाढा बसेकै राम्रो मानिन्छ ।

५. तपाइको कुरा सुन्दै नसुन्ने मान्छे

यस्ता व्यक्तिसँग हमेशा टाढा रहनुस्, जो आफ्नो कुरामात्रै सुनाईरहन्छ, तपाईंलाई सुन्नै तयार हुँदैन ।

६. सधै माथि पर्न खोज्ने/जिद्दी गर्ने मान्छे

हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहनु नै वेश हुन्छ ।

७. महिलाहरुलाई तल्लो र भान्छामै केन्द्रित गराउने मान्छे

जसले महिलाहरु किचनमै सिमित रहनुपर्छ भन्ने सोच्छ । यस्ता व्यक्तिलाई छिट्टै बाई भन्न राम्रो हुन्छ

८. औलाको नङ लामो भएका मान्छे

औलामा नङ पाल्नु राम्रो मानिदैन । अझ कान्छी औलामा नङ् लामो बनाउनु धेरै नराम्रो मानिन्छ । यस्तो मान्छेहरु संग पनि संगत गर्न नहुने धर्मशास्त्रहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?