Breaking News

नेपालमा पहिलोपटक नागरिक दबाबमुलक शुसासन महाअभियानको घोषणा

Feb Tue 2020 05:40:57

529 views

नेपालमा पहिलोपटक नागरिक दबाबमुलक शुसासन महाअभियानको घोषणा

किन र कसका लागि शुसासन महाअभियान ?

  • भरतराज उप्रेती, काठमाडौं

देश राजनीतिक अस्थीरता, हत्या, हिंसा, बलत्कार, गुण्डागर्दी र भष्टाचारको चपेटामा परिरहदा आम नागरिकले शान्ति सुरक्षा र शुसासनको अनुभूति गर्न पाएका छैनन् । जुन जोगी आए पनि कानै चिरेका भने झै नेपालका राजनीतिक दलहरु सत्तामा पुगे पनि सर्वसाधारण जनताको हालत उस्तै छ । गरीबी, अशिक्षा, शान्ति र सुरक्षा नागरिकका लागि महाभारत बन्दैछ । यी सबको कारण देशमा शुसासनको वहाली हुन नसक्नु नै हो भन्ने ठहर गर्दै नेपालमा पहिलोपटक समृद्धिका लागि सँसँगै भन्ने नारासहित एक भव्य कार्यक्रममार्फत २९ बुँदे सहित शुसासन महाअभियानको घोषणा भएको छ ।

abhiyan susasan शुसासन महाअभियान घोषणाले आम नागरिकलाई सकारात्मक मात्र होइन कानूनी राज्यको अनुभुति दिनेछ, विकास र उन्ननतिका लागि अगाडी बढ्न प्रेरित गर्ने, देश र नागरिककमाथि घात गर्नेहरुलाई जरैदेखि उखेल्नेछ, महाअभियानका अभिन्यता प्रकाश विकल्पले बताए । हत्या हिंसा, बलत्कार र भष्टाचारको बिरुद्ध बोल्ने आँट बिरालोको घाँटीमा घण्टी कसले झुण्ड्याउने भन्ने चुनौंतीलाई अब शुसासन महाअभियानले समाप्त गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रकाश विकल्पले यस महाअभियानमा हजारौको युवाको साथ रहेकोले यो अभियान कही कतै कोही कसैले तुहियाउन नसक्ने दाबी समेत गरे । भावी सन्तततिको उज्ज्वल भविष्य र समृद्ध नेपालको परिकल्पनाको वैज्ञानिक तवरले निकास खोज्ने काम शुसासन महाअभियानबाट मात्र सम्भव भएको निष्कर्ष लामो अध्ययन अनुसन्धानले सिकाएकोले यो अभियान सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै महाअभियानका केन्द्रिय अध्यक्ष विकल्पले अभियानमा लाखौं युवाहरुको साथ रहने विश्वास व्यक्त गरेका छन् ।mani

शुसासान महाअभियानका सचीवालय सदस्य दीपक कार्कीले देश र देश विकासको खम्बा युवा पुस्ताको अवस्थाको वर्तमान अवस्थाप्रतिको कहाद्लीलाग्दो अवस्थाले मैले नगरे कसले गर्ने, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्दै शुसासान महाअभियानको शुरुवात अहिलेको आवश्यकता भएको बताए ।

विदेशमा कमाएर सुखी परिवारको सपना देखेका युवाहरुको सपना काठको बाकसमा सदाको लागि मरिरहेको, भष्टाचार ढिलासुस्ती सरकारी सेवाप्रणालीले निरास मानसिकता कहिलेसम्म ? यी गम्भीर विषयमा अब पनि हामी सचेत युवाले आवाज नउठाए कसले उठाउने, जागौं, ब्युझौं र उठौ भन्ने सन्देश शुसासन महाअभियानको रहेको छ ।susasan

शुसासन महाअभियान किन र कसका लागि ?

नेपाली जनता जहिले पनि शासक, राजनीतिक दल, हुने खाने र पहुँचवालाहरुको खेलमा रुमलिइरहे । जसले सर्वसाधारणले कहिले पनि कानूनी राज्यको अनूभुति गर्न पाएनन्, स्वतन्त्र विचारधारा सधै कुण्ठित बनिरह्यो । देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको वहाली भए पनि शासक वर्गहरुले कहिले पनि आम नागरिकका पक्षमा उभिन चाहनेनन्, सीमित व्यक्तिहरुले देश र जनतालाई अनिर्णयको बन्दी बनाइरहे । देशको राष्ट्रियता र सार्वभौम सत्ता रक्षालाई चुरोटको खिल्ली झै प्रयोग गरिरहे । निमुखा, गरीब र सर्वहारा वर्गको समस्या ज्युका त्युही रहिरह्यो । जातीय, धर्म र संस्कारको राजनीति गरेर नपाली जनतालाई गुमराहमा राखिरहे । देश गणतन्त्रतर्फ उन्मुख भइसक्दा पनि देशमा राजनीतिक अस्थीरता, राजनीतिकरण, भष्टाचार, कालोबजारी, गुण्डागर्दी लगायतका गैरकानूनी गतिविधि झन् मौलाउदै गयो । गरीखानेले पनि शान्तिपूर्वक जीवन जीउने अवस्था छैन । दण्डहीनताले प्रश्रय पाउदै गयो । यी सबै बिसंगती र बिकृतिको आवाज उठाउनेहरु पनि किनिन थाले । अगुवाहरुले नै बाटो बिराउन थालेकाले देश र जनताको अवस्था कहालीलाग्दो बन्दै गयो ।सोझासिधा र निमुखा जनताहरु कादरात्रीमै जीवन जीवन बाध्य भए । यसका लागि नागरिकस्तरबाट त्यो पनि साम दाम र दण्ड भेदको नीतिमा काम गर्न सक्ने बलियो खम्बाको आवश्यकतालाई महशुस गरेर हजारौ युवाको साथमा शुसासन महाअभियान टीम खडा भयो । देशव्यापी रुपमा शुसासन महाअभियान २९ बुँदै माग सहित घोषणापत्र जारी भयो । शुसासन महाअभियानकै शब्दमा आँखा खोल, उठ, जाग र ब्युझ भन्ने मुल मन्त्रका साथ आम नागरिकको पक्षमा शुसासन महाअभियानले सबैको साथ र ऐक्यबद्धताको लागि अपिल समेत गरेको छ ।

 म तपाई र अनि हामी पनि जय शुसासन महाअभियान !participate

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?