Breaking News

शिव सेनाको वनकालीमा छोरीसँग पारस यसरी देखिए (फोटो फिचरसहित)

Feb Tue 2020 05:40:42

527 views

शिव सेनाको वनकालीमा छोरीसँग पारस यसरी देखिए (फोटो फिचरसहित)
 शिव सेना नेपालले बिहीबार राजधानीको वनकालीमा गरेको कार्यक्रममा पूर्व युवराज पारस शाह छोरी पूर्णिकासँगै सहभागी भए । ११ बजे आउने तय भए पनि उनी साढे १ बजेतिर कार्यक्रम स्थल आइपुगेका थिए ।
छोरी र केही आफन्तसहित आएका पारस कार्यक्रममा देखापरेलगत्तै सहभागीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए । खरानी रङको ज्याकेट, खैरो रङको सर्ट, कालो पाइन्ट र चश्मा लगाएर पारस कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा आकर्षणकी केन्द्र भने पारसकी छोरी भइन । कार्यक्रममा सहभागी हुँदा पारस छोरीसँगै बसे र गफ गरिरहे । उनले छोरीलाई उठेर सहभागीलाई नमस्कार गर्न अह्राएका थिए । शिव सेनाले सुरु गरेको भूकम्प पीडितको लागि खाना खुवाउने कार्यक्रमको उद्घाटनको लागि पारस वनकाली पुगेका थिए । उनले पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरे । पीडितका लागि हरेक दिन बिहान खाना नि:शुल्क खाना खुवाउने शिव सेनाले जनाएको छ । कार्यक्रमस्थलमा खाना खाएर एक घण्टापछि पारस बाहिरिएका थिए ।
—Kantipur (साभार इकान्तिपर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?