Breaking News

खुशीको खबर !! लाइसेन्स नचाहिने विद्युतीय स्कुटर आयो

Feb Tue 2020 05:40:15

696 views

खुशीको खबर !! लाइसेन्स नचाहिने विद्युतीय स्कुटर आयो
लाइसेन्स, ब्लुबुक, सवारीकर इत्यादी कुनै पनि किमिसको झन्जट बेहोर्नु नपेर्ने, पेट्रोलको समस्या नहुने, सुरक्षित हुने, मर्मत गरिरहनु नपर्ने, खर्च पनि न्यून मात्रामा हुनाले र दैनिक रुपमा बढीमा ४ घण्टा चार्ज गर्दा पुग्ने हुनाले लोडसेडिङले पनि खास समस्या नहुने हुनाले यस्ता स्कुटरहरु नेपालका लागि सहज हुने व्यवसायीहरुको भनाइ छ।  setopatiव्याट्री २ वर्षसम्म टिक्ने
नेपालमा एक महिनाभन्दा बढीको नाकाबन्दीका कारण पेट्रोलको अभाव भएसँगै सवारीसाधन चालकहरुले सास्ती भोग्नु परिरहेको छ। यसमा पनि उपत्यकामा बढीमात्रामा दुईपाङ्ग्रे सवारीसाधन चलाउनेको संख्या बढी रहेको छ।
विगतमा चाडबाडमा सवारी किन्ने सङ्ख्या उल्लेख्य रुपमा भएपनि पेट्रोलियम पदार्थको अभावकै कारण सवारी किन्ने ग्राहकहरु अन्यौलमा छन्।  यस्तो अवस्थामा सवारीसाधन अत्यावश्यक भएकाहरुका लागि विद्युतीय सवारी साधन राम्रो विकल्प हुन सक्छ।
नेपालमा केही कम्पनीहरुले केही वर्षयता विद्युतीय स्कुटरहरुको बिक्रीवितरण गर्दै आएका छन्। पहिला धेरैले वास्तै नगरेका विदुयुतीय स्कुटरहरुको अहिले माग र चर्चा दुवै फस्टाउँदो छ।
विद्युतीय स्कुटरहरुले पेट्रोलको समस्या समाधान गर्ने मात्र होइन यसका अरु थुप्रै फाइदाहरु पनि छन्। मुख्य सुविधा भनेको यो विद्युतीय स्कुटर चलाउनका लागि लाइसेन्सको आवश्यकता पर्दैैन।
यातायात ऐनमा यसलाई साइकलको वर्गमा राखिएको छ। ‘विद्युतीय स्कुटरलाई हालसम्म साइकलकै वर्गमा राखिएको छ। भारत, चीन लगायत अन्तर्राष्ट्रिय स्तरमा पनि यसलाई यही वर्गमा राखिएको छ। त्यसकारण यसका लागि लाइसेन्स चाहिने नियम छैन,’ महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेल बताउँछन्।
‘यातायात ऐनमा पनि यो उल्लेख नभएको र यसका साथै विद्युतीय स्कुटर छोटो दूरीमा मात्र कुद्ने भएकाले लाइसेन्सको नियम नभएको हो,’ उनले भने। यसका साथै यस्तो विद्युतीय स्कुटरधनीले वार्षिक सवारीकर पनि तिर्न पर्दैन। साइकलको वर्गमा रहेका कारण कर तिर्नपर्ने, ब्लुबुक वा विमा गर्नुपर्ने जस्ता कुनै पनि प्रक्रिया गर्नपर्दैन।
एकपटक विद्युतीय स्कुटर किनेपछि यसको प्रक्रिया पेट्रोलबाट चल्ने स्कुटरको जस्तो नभएर साइकलको जस्तो हुन्छ।
यस्ता स्कुटरहरुको आवाज पेट्रोल स्कुटरको तुलनामा एकदमै कम हुनुका साथै वातावरणमैत्री पनि छन्। कुनै पनि किसिमको प्रदुषण तथा धुँवा उत्सर्जन नगर्ने विदुयुतीय स्कुटर इन्धनबाट चल्ने दुई पांग्रेको तुलनामा सस्तो पनि पर्छ। पेट्रोल हाल्न नपर्नेदेखि बाहेक कुनै प्रकारको मर्मत खर्च नलाग्ने, पेट्रोल स्कुटरमा पाइने सम्पूर्ण सुविधा पाइने र पेट्रोल स्कुटरभन्दा सस्तो पनि हुनाले यो उपयूक्त हुने व्यवसायीहरु बताउँछन्।
अझ काठमाडौँ उपत्यकाभित्र यात्रा गर्नका लागि यो झनै उपयूक्त भएको व्यवसायीहरुको भनाइ छ। तिव्र गतिमा नजाने र पेट्रोल नहुनाले सुरक्षाका हिसावले पनि विद्युतीय सवारीसाधन उत्कृष्ट विकल्प रहेको कम्पनीहरुको भनाइ छ।
फेयर अटो प्रा.लि.ले जापानमा निर्मित ‘टेर्रा’ विद्युतीय स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ।  फेयर अटो प्रा.लि.ले हाल एक लाख ५ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्मका सीड ६० अल्फा,  इसिन, यामातो, हायाते  र अरासी जस्ता मोडलका ‘टेर्रा’ का विदुयुतीय स्कुटरहरु विक्री वितरण गर्दै आएको छ। मोडलअुनसार यसको मूल्य र विशेषता फरक फरक हुने फेयर अटोका जेनरल म्यानेजर दीपक कुमार पुराकोटीले जानकारी दिए।
सामान्यरुपमा दुईदेखि तीन घण्टामात्र चार्ज गरे पुग्ने ‘टेर्रा’ विदुयुतीय स्कुटर मोडलकै आधारमा औसतमा ३५ किमीदेखि ७५ किमीसम्म चल्ने पुराकोटी बताउँछन्।  सीड ६० अल्फा,  इसिन जस्ता कम मूल्यका स्कुटरहरुको औसत माइलेज ३५ किमीदेखि ४५ किमीसम्म छ भने हायाते र अरासी स्कुटरहरुले ७५ किमीसम्म माइलेज दिने उनले बताए।
टेर्रा विदुयुतीय स्कुटर किन्दा सुरुमा कम्पनीले नै फुल चार्ज गरेर दिन्छ। त्यसपछि यसलाई दैनिक २-३ घण्टामात्र चार्ज गरे पुग्ने पुराकोटी बताउँछन्। ‘यो मोबाइल जस्तै जहाँ पनि चार्ज गर्न सकिन्छ। यसमा अटोकट सिस्टम हुनाले स्कुटरलाई चाहिने जति पावर पुगेपछि आफैँ चार्जिङ रोकिने हुनाले यसलाई रातभरि प्लगमा जोडेर राख्न पनि सकिन्छ,’ उनले भने। टेर्रा विदुयुतीय स्कुटरको ब्याट्रीको पूर्ण उपयोगिता हुने कम्पनीको दावी छ। ‘२ हजारदेखि २५ सय पटकसम्म प्लग इन गर्दासम्म यसको ब्याट्रीले राम्रो काम गर्छ,’ उनले भने।
दैनिक चार्ज गर्दा यसले जम्मा १.५ देखि २ यूनिट मात्र विद्युत् खपत गर्ने कम्पनीको भनाइ छ।
नेपालमा प्राइम विजनेस प्रालिले पनि विदुयुतीय स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको छ। टेकुस्थित आफ्नो सोरुमबाट कम्पनीले ‘हिरो इलेक्ट्रिक’ ब्राण्डको ‘फोटोन’ र ‘अप्टिमा प्लस’ दुई मोडलका स्कुटरहरु बिक्रीवितरण गर्दे आएको सेल्स एण्ड मार्केटिङ प्रमुख नरेस शर्माले बताए।
हिरो इलेक्ट्रिक फोटोनको मूल्य १ लाख ६० हजार रुपैयाँ र अप्टिमा प्लसको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ। पेट्रोलको आवश्यकता नपर्ने हिरो इलेक्ट्रिक स्कुटरहरुलाई ५ घण्टादेखि लिएर ६ घण्टा भित्रमा फुल चार्ज गर्न सकिन्छ र एकपटक फुल चार्ज गर्दा २.५ देखि ३ यूनिटमात्र विद्युत खपत गर्ने शर्माले बताए। एकपटक फुल चार्ज गरेर काठमाडौं जस्तो ठाउँमा ५० किमीदेखि ६० किमीसम्म गुडाउन सकिने शर्माले बताए।
सामान्यतया यस्ता स्कुटरका ब्याट्रीको लाइफ प्रयोग गर्ने र चार्ज गर्ने तरिकाका साथै कति र कस्तो बाटमो कुदाउने भन्नेमा निर्भर हुने व्यवसायीहरुको भनाइ छ। मोडलअुनसार र ब्याट्रीको क्षमताअनुसार औसतमा यसको २ वर्षभन्दामाथि हुन्छ।
हिरो इलेक्ट्रिकले आफ्नो विद्युतीय स्कुटरहरुमा १ वर्षको वारेन्टी दिएको छ। ‘एक वर्षको वारेन्टी दिएपनि यो दुईवर्षसम्म राम्ररी नै चल्छ,’ हिरो इलेक्ट्रिकका सेल्स एण्ड मार्केटिङ प्रमुख नरेस शर्माले बताए।
उनका अनुसार फोटोन र अप्टिमा प्लसमा ४ वटा ब्याट्री हुन्छन्। फोटोनको  एक ब्याट्रीको मूल्य ८ हजार ५ सय रुपैयाँ पर्छ। ब्याट्री बिग्रँदा सबै एकैपटक विग्रने सम्भावना कम हुन्छ। यस हिसाबले फोटोनको पुरै ब्याट्री फेर्नु परेमा मात्र करिब ३४ हजार रुपैयाँ पर्छ। नभए कम मूल्य पर्छ। त्यस्तै अप्टिमा प्लसको प्रतिब्याट्री मूल्य ५ हजार रहेको छ जुन हिसावले पूरा सेटको ब्याट्रीको मूल्य करिब २० हजार रुपैयाँ पर्छ। तर एकवटा ब्याट्री फेर्ने अवस्था पनि लगभग २ वर्षमा एकपटक मात्र हुने कम्पनीको भनाइ छ।
त्यस्तै टेर्राका स्कुटरहरुमा पनि एक वर्षको वारेन्टी दिइएको फेयर अटोका जेनरल म्यानेजर दीपक कुमार पुराकोटी बताउँछन्। टेर्राका विदुयुतीय स्कुटरको मोडल हेरी ४ देखि ५ वटा ब्याट्री रहेको र यसको प्रतिब्याट्री मूल्य ८ देखि १२ हजार रुपैयाँ रहेको उनले बताए। उनी पनि ब्याट्री विग्रँदा सबै एकैपटक विग्रने सम्भावना कम हुनाले खर्च कम हुने बताउँछन्।
विद्युतीय स्कुटरहरुका लागि हेलमेट अनिवार्य छैन। विद्युतीय स्कुटरहरुको अधिक गति २५ किमी प्रतिघण्टा भएपनि विक्रेता कम्पनीहरुले चालकको सुरक्षाको लागि भनेर हेल्मेट अनिवार्यरुपमा लगाउनुपर्ने बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?