Breaking News

८ रुपैयाँमा टेलिकमको १० एमबी डाटा (हेर्नुस् डाटा लिने तरिका)

Feb Wed 2020 02:40:56

777 views

८ रुपैयाँमा टेलिकमको १० एमबी डाटा (हेर्नुस् डाटा लिने तरिका)

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सानो परिमाणको डाटा प्याकेज(स्मल भोलुम डाटा प्याकेज)अफर ल्याएको छ। कात्तीक २२ गेतदेखि लागू हुने गरी टेलिकमले ल्याएको उक्त अफर अनुसार जिएसएम तथा सिडिएमएका प्रिपेड र पोष्टपेड फोन प्रयोगकर्ताले उक्त डाटा प्याकेज लिन सक्ने छन् ।

अफरअनुसार जिएसएमका प्रिपेड र पोष्टपेड दुबै ग्राहकका लागि भ्याटबाहेकको ८ रुपैयाँमा १० एमबी डाटा दिइने र यसको अवधी दुई दिनको मात्र रहने टेलिकमले जनाएको छ । त्यस्तै, जिएसएमकै प्रयोगकर्ताका लागि भ्याटबाहेकको ३५ रुपैयाँमा ५० एमबी डाटाको १० दिने प्याकेज ल्याएको जनाएको छ। त्यसैगरी, सिडिएमएका प्रिपेड र पोष्टपेड ग्राहकका लागि १५ रुपैयाँमा ४० एमबी डाटाको ३ दिने प्याकेज ल्याइएको जनाएको छ ।

उक्त डाटा प्याकेजहरु लिँदा १३ प्रतिशत मूल्यअभिवृद्धि कर(भ्याट) लाग्ने पनि टेलिकमले जनाएको छ। लामो समयदेखि सानो परिमाणको डाटा प्याकेज माग गर्दै आउने ग्राहकलाई यो अफर उपयोग हुने टेलिकमको विश्वास छ ।

हेर्नुस् डाटा लिने तरिका:111111111111_copy.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?