वैज्ञानिकहरुले एल्गोरिदम प्रविधिको विकास गरेका छन् । जसले फेसबुक र ट्वीटर कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ ।
समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।
नयाँ एल्गोरिदमको परीक्षण विभिन्न १० प्रकारका सोसल नेटवर्कमा रहेका नक्कली तथा सक्कली डाटा संग्रहहरुमा गरिएको थियो र दुबैमा यो विधिले निकै उत्साहजनक नतिजा प्रदान गरेको छ ।