Breaking News

आइफोन ८ बाट थ्री डी सेल्फी यसरी खिच्नुहोस्

Feb Wed 2020 02:40:24

947 views

आइफोन ८ बाट थ्री डी सेल्फी यसरी खिच्नुहोस्

थ्री डी स्क्यानरकै कारण आइफोन ८ को मूल्य  १ हजार डलर   भन्दा बढि हुने

एप्पलको आगामी संस्करण आइफोन एटमा यस्तो सेल्फी क्यामरा हुनेछ जुन इन्फ्रारेड मोड्युल रहनेछ र त्यसले थ्री डी सेल्फी खिच्न सकिनेछ । एप्पलको आगामी आइफोनमा हुने प्रविधिलाई क्रान्तिकारी  छन, जुन विभिन्न एप्लिकेसनमा प्रयोग हुनेछ ।यो प्रविधि सेल्फी खिच्नेसँगै फेसिएल रिकग्निसन वा आइरिस स्क्यानिंगमा पनि प्रयोग हुनेछ ।

इो प्रविधिले प्रयोगकर्ताको अनुहारलाई कम्प्युटर एनिमेटेड पात्रमा राख्नेछ । थ्री डी सेन्सर सहितको सेल्फी क्यामराको सहयोगमा आइफोन प्रयोगकर्ताहरुले आफ्ना सेल्फीलाई अगमेन्टेड रियालिटीमा प्रयोग गर्न सक्नेछन् । साथै यसलाई आइफोन अनलक गर्ने फेसियल रिकग्निसन तथा आइरिस स्क्यानरमा पनि प्रयोग गर्न सकिनेछ ।

आइफोनको हार्डवेयरले प्राइम सेन्स कम्पनीले विकाश गरेको एल्गोरिदमको प्रयोग गर्नेछ । सन् २०१३मा एप्पलले खरीद गरेको यो कम्पनीले माइक्रोसफ्टको किनेक्ट गेमिंग सिस्टमका लागि मोसन सेन्सिंग प्रविधि बनाएको थियो ।

आइफोन एट अहिलेसम्मकै महंगो फोन (मूल्य १ हजार डलर भन्दा बढि) हुने यसअघि विभिन्न समाचारहरु आएका थिए । थ्री डी स्क्यानरकै कारण पनि यो फोनको मूल्य १० देखि १५ डलर बढि पर्न जानेछ ।कटिंग एज टेक्नोलोजी, ओएलइडी डिस्प्ले, काँचको खोल तथा वायरलेस चार्जिंग जस्ता प्रविधिहरुले गर्दा आइफोन एटको मूल्य उच्च हुने अनुमा गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?