Breaking News

इन्फोसेक नेपालले साइवर ल र च्यालेन्सबारेको सेमिनार आयोजना गर्दै

Feb Tue 2020 05:40:30

998 views

इन्फोसेक नेपालले साइवर ल र च्यालेन्सबारेको सेमिनार आयोजना गर्दै

नेपालमा बढ्दो साइवर थ्रेट र चुनौतीबारेको जानकारी दिने उद्देश्यले इन्फोसेक नेपाल इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टीम ले एक दिने सेमिनार आयोजना गर्ने भएको   छ । एनसिआइटी कलेजका बिआइटी, सिएसआइटी अध्ययनरत बिद्यार्थीहरुलाई नेपालमा साइवर र यसको चुनौती बारेको ज्ञानमार्फत साइवर सुरक्षा जनचेतना अभिबृद्धि गराउने लक्ष्य सेमिनारको रहेको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए ।

cyberr सेमिनारमा साइवर सेक्येरिटी विज्ञहरु तथा सफ्टवेयर, नेटवर्क र आइटी मिडियाकमीहरुको सहभागीता रहने भने सेमिनारमा साइवर सुरक्षाको वर्तमान अवस्था, साइवर ल र यसका चुनौती विषयका ज्ञान अनुभवहरु शेयर गरिनेछ ।

For more Information: Click Here

सूचना प्रविधिका बिभिन्न डिभाइसमार्फत इन्टरनेटको प्रयोगले मालवेयर एडवेयर, रेनसमवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले नेपालमा साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । ‘साईबर थ्रेट रिपोर्ट २०१५’ र ‘इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ को प्रतिवेदन सार्वजनिक गर्दै रिगो टेक्नोलोजीले नेपालमा साइवर थ्रिएट र चुनौती खतराजनक रहेको उल्लेख गरेको छ । ह्याकिङ सर्च ट्रेन्ड्स’ मा नेपाल विश्वमै अगाडि रहेको देखाएको छ । नेपाल सरकारको वेभसाइटहरु ह्याकिङ हुने क्रम दोब्बर तेम्बर गुणा बढिरहेको छ । साइवर सुरक्षाको आधारभुत विधिहरु नपअनाउदा महत्वपूर्ण डाटाहरु कतिखेर चोरी हुने हो टुंगो छैन । प्रविधिको होडमा दैडिरहेका हामी प्रविधि प्रयोगमा सचेत नहुदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पुगिसकेका छौं ।

बढ्दो अपराधबाट बच्न अब पनि हामी सचेत नभए अरु को सचेत बन्ला भन्ने इन्टरनेट नै साइवर थ्रेट र अपराधको खुल्ला बाटो भएकोले इन्टरनेट प्रयोगलाई मजाक र समय कटाउने मेसोको रुपमा होइन सूचना र ज्ञानमुलक प्रयोगका लागि सबैलाई सचेत गराउन अब पनि ढिलाई गरे सूचना प्रविधि प्रयोगको जीवनको ठूलो भुल बन्न के बेर । बेलैमा आफू सचेत भई अरुलाई पनि सचेत बनाऔं । साइवर अपराधमुक्त समाजको विकास गर्रौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?