Breaking News

सरकारले काठमाडौँमा ग्याँसको विकल्प दाउरा ल्यायो, किलोको १७ रुपैयाँ

Feb Tue 2020 05:40:30

424 views

सरकारले काठमाडौँमा ग्याँसको विकल्प दाउरा ल्यायो, किलोको १७ रुपैयाँ

सरकारले तत्कालका लागी कहीँ कतैबाट ग्यासको व्यबस्था गर्न असमर्थ भएसँग दाउराको विकल्प अघि सारेको छ । यही अभियानलाई प्राथमीकताका साथ अगाडी बढाएको सरकारले आज विहानसम्ममा ६ ट्रक दाउरा काठमाडौँ उपत्यकामा ल्इाइपुर्याएको छ ।

सरकारले अब सर्वसाधारणलाई बिक्री(वितरणका लागि पहिलो चरणमा तराईबाट ६ ट्रक दाउरा आइतबारदेखि वितरण गर्ने भएको छ । स्रातका अनुसार सरकारले वितरण गर्ने भनिएका दाउरा प्रतिपरिवार १ सय केजी दिइने छ ।

जसको मूल्य प्रतिकेजी १७ रुपैयाँ तोकीएको छ । स्रोतका अनुसार दाउराको वितरण टिसिएनको काठमाडौंमा रहेको पशुपति र बालकुमारी डिपोबाट गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?