Breaking News

गुगलको फोटो इडिटिङ्ग सफ्टवेयर अब सबैलाई निःशुल्क

Feb Wed 2020 02:40:59

456 views

गुगलको फोटो इडिटिङ्ग सफ्टवेयर अब सबैलाई निःशुल्क

अब  पैसा खर्च नगरी गुगलको सजिलो प्लाटफर्ममा गएर फोटो इडिट गर्न सकिने भएको छ ।  गुगलले आफ्नो ‘निक कलेक्शन’ (Nik Collection) नामक फोटो इडिटर सफ्टवेयरलाई निःशुल्क गराइदिने घोषणाले यो सम्भव भएको हो

निक कलेक्शन फोटो इडिटिङ्ग सफ्टवेयर निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

“मोबाइलको लागि सर्वोत्तम फोटो इडिटिङ्ग टूलहरू जस्तै; गुगल फोटोज र स्न्यापसीडको निर्माणका लागि दीर्घकालिन निवेश गर्नमा हाम्रो ध्यान केन्द्रित भैरहेको छ र हामीले अहिले ‘निक कलेक्शन’को डेस्कटप सफ्टवेयरलाई सबैको लागि निःशुल्कमा दिने निर्णय गरेका छौँ, ताकि यो प्रोडक्टको सबैले उपभोग गर्न पाऊन्।”, गुगलप्लसमा गुगलले यस्तो घोषणा गरेको छ।

‘निक कलेक्शन’मा सात वटा डेस्कटप प्लगईनहरू समावेश गरिएको छ, जसले फोटो इडिटिङ्ग प्रक्रियालाई अझै सहज बनाइदिन्छ। यस्ता प्लगईनहरूको सहायताबाट फोटोलाई आफूले चाहेको जस्तै गरी विभिन्न किसिमका फिल्टरहरू राख्ने, तस्विरलाई गाढा वा चम्किलो बनाउने, रङ्गको ढङ्गलाई परिवर्तन गर्ने आदि कामहरू गर्न सकिन्छ।Nik Collection Photo Editor

पहिले ‘निक सफ्टवेयर’ कम्पनीले यसको निर्माण गर्दा सुरुमा यसको मूल्य ५०० डलर थियो भने पछि सन् २०१२ मा उक्त कम्पनीलाई गुगलले किनेपछि यस सफ्टवेयरको मूल्य १५० डलरमा घटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?