Breaking News

धार्मिक वैज्ञानिक तथा आर्युवेदमा पीपलको विशेष महत्व (भिडियो सहित)

Feb Tue 2020 05:40:15

494 views

धार्मिक वैज्ञानिक तथा आर्युवेदमा पीपलको विशेष महत्व (भिडियो सहित)

पीपलको रुखलाई परापूर्वकालदेखि नै धार्मिक परम्परा अनुसार भगवान् विष्णुको रुपमा पूजाआजा गर्ने प्रचलन चलिआएको छ । सत्य युगमा बृन्दाको पतिब्रता धर्म नष्ट गरेका कारण बृन्दाले बृक्ष हुन परोस् र धेरै वर्ष सम्म बाचिरहन परोस भनी दिएको श्रापको कारण भगवान् विष्णुले पीपलको रुख हुनुपरेको धार्मिक मान्यता रहिआएको छ ।

पीपलको रुखमा शनिबार सूर्योदय हुनु अगावै तामाको भाँडाबाट जल चढाएर तीन पल्ट परिक्रमा गर्दा ग्रहदशा शान्त हुने विश्वास जनमानसमा रहेको छ । हिन्दु तथा बौद्घ धर्मावलम्बीहरुले पीपलको आरधना गर्ने गरेको पाइन्छ । तान्त्रिकहरुले पीपलको रुखको हाँगा, जरा, पात तथा बोक्रालाई बिरामीको उपचारमा विषेश औषधिको रुपमा प्रयोग गर्ने गरेको पनि पाईन्छ ।

अश्वनी नक्षत्रमा एक रङ्ग भएको गाईको दुधमा पिपलको ऐंजेरु खाँदा पुत्र प्राप्ति हुन्छ भन्ने तान्त्रिक मान्यता छ । दीर्घ घाउमा पीपलको बोक्रालाई खरानी बनाएर लगाउँदा निको हुन्छ । पीपलको कोपिला खाँदा बाँझोपन भएका महिलाको बाँझोपन हट्ने मान्यता रहिआएको छ । बैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने पीपलको रुखलाई अत्याधिक प्राणवायु (अक्सिजन) प्रवाह गर्ने विरुवाको रुपमा लिइन्छ ।

यसले वातावरणलाई स्वच्छ राख्न मद्दत गर्दछ । पीपलको रुखको जरा, हाँगा, दाना, बोक्राबाट बिभिन्न रोगका औषधि बनेका छन् । पीपलको रुखको छहारीमा बिहानीपख बस्दा पीपलले धरै मात्रामा स्वच्छ अक्सिजन फाल्ने हुँदा बिरामीको लागी लाभदायी हुन्छ । पिपलको रुखमा ब्रमाण्डीय उर्जाहरु समाहित हुने भएको कारण पीपलको रुखमा बसि साधना लगायत विविध कार्य गर्दा खेरी सफल हुने धार्मिक मान्यता रहिआएको छ ।

[embedyt] http://www.youtube.com/watch?v=YZmq6zxj3v8[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?