Breaking News

शिवरात्री गीतमा पशुपतिका बाबाहरु यसरी नाचे (भिडियो)

Feb Tue 2020 05:40:22

426 views

शिवरात्री गीतमा पशुपतिका बाबाहरु यसरी नाचे (भिडियो)
काठमाडौँ | गायक किसनराज गुरुङ आठ बर्ष पछि शिवरात्रिको अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा फेरी झुल्किएका छन् |आठ बर्ष अघि सांगीतिक क्षेत्रमा सुर नामक एल्बम ल्याएर चर्चामा आएका गायक किसनराज गुरुङ शिवरात्रीको अवशर पारेर हाल सम्मकै छोटो शिवरात्री सम्बन्धि गीत लिएर आएका छन् |

गुरुङले आफ्नै शब्द संगीतमा तैयार पारेको यो गीत एक मिनेट बाउन्न सेकेण्डको मात्र रहेको छ | शिव भगवानमा समर्पित भएको, माया प्रेम भन्दा फरक शैलीको गीत भएको र शिवरात्री संगै गाँसिएको रमाईलोपनलाई समेटिएकोले छोटो र मिठो गीत बनाउने कोसिस गरेको गायक किशनराज गुरुङले बताए | फोटो पत्रकार नबिन बाबु गुरुङले पशुपति क्षेत्रमा रहेका जोगी बाबाहरुलाई गायकसंगै नचाएर रमाईलो म्युजिक भिडियो समेत तैयार पारेका छन् | नबिनको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोलाई प्रविन श्रेष्टले सम्पादन गरेका छन् |kishan-gurung गीत छोटो र रमाईलो भए संगै म्युजिक भिडियो पनि रमाईलो बनेको गायक गुरुङले बताएका छन् | लामो समय पछी छोटो गीत लिएर आएकोले दर्शक स्रोताहरुले यो गीतलाई मन पराइदिनु हुने विश्वास आफुले लिएको गायक गुरुङ्ले बताए | kishan-gurung1 गायक गुरुङको यस अघि पात गांसे टपरी बोलको गीतले चर्चा कमाएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?