Breaking News

नेपालीका अमेरिकामा इतिहासमै ठूलो ७ सय मिलियन डलरको लोटरी खुल्दै

Feb Tue 2020 05:40:43

656 views

नेपालीका अमेरिकामा इतिहासमै ठूलो ७ सय मिलियन डलरको लोटरी खुल्दै

अमेरिकाको चर्चित लोटरी पावरबल बुधबारपनि कसैले नजितेपछि शनिबार राती खोलिने पावरबलको ज्याकपट राशी ७ सय मिलियन अमेरिकी डलर पुगेको छ । लोटरीको पुरस्कार राशी यति धेरै पुगेको अमेरिकी इतिहासमा नै यो पहिलोपटक हो ।

यसअघि सन् २०१२ मा मेगामिलियन लोटरीको राशी ६ सय ५६ मिलियन अमेरिकी डलर पुगेको थियो । त्यो राशी जित्ने भाग्यशाली विजेताहरु तीनजना रहेका थिए । विगत १३ वर्षको इतिहास हेर्दा पावरबलको ज्याकपट जित्ने विजेताहरु सबैभन्दा धेरै पेन्सिलभेनियाका रहेका छन् । १३ वर्षमा पेन्सिलभेनियाका १६ जनाले ज्याकपट पावरबल जितेका छन् ।

पावरबल लोटरी वासिंटन डिसी, भर्जिन आइल्याण्ड र पोर्तोरिकोसहित अमेरिकाका ४४ वटा राज्यमा खेल्ने गरिन्छ । लोटरी अधिकारीले विजेताहरुलाई यथाशक्य छिटो आफ्नो टिकटमा नाम र हस्ताक्षर गर्न आग्रह गरेका छन् । कुनै व्यक्तिलाई पुरस्कार परेमा हस्ताक्षर गरिएको टिकट र परिचय प्रमाणित गर्ने दुईवटा कागजात आवश्यक हुन्छ ।

--खसोखास साप्ताहिक / न्युयोर्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?