Breaking News

हुवावेको वाइफाइभ II

Feb Tue 2020 05:40:22

222 views

हुवावेको वाइफाइभ II

हुवावेले नयाँ रेन्जमा वाइफाइभ II नामको नयाँ स्मार्टफोन सार्वजनिक गरेको घोषणा घोषणा गरेको छ । सजिलै प्रयोग गर्न सकिने र उत्कृष्ट बनोट भएको यस फोनको मूल्य १२ हजार रुपैयाँ तोकिएको छ ।

तीन रंगमा उपलब्ध उक्त फोनलाई सेमी-सराउण्ड ब्याक कभरले यूनिबडी लुक दिएको छ ।  यसमा भएको चार गोलाकार कुनाहरुले युवा स्टाइल दिन र सहजसँग समाउन मद्धत पुर्‍याउनेछ । उक्त फोनको स्क्रिन ५ इन्च एचडी रहेको छ ।

यो फोनलाई सरल र सहज तरिकाले चलाउन सकिन्छ । स्क्रिनसट्, फ्ल्यास् लाइट, भ्वाइस रेकर्डिङ वा मन परेको एप्सको लागि सर्टकट किको प्रयोग गर्न सक्नेछन् ।

उक्त स्मार्टफोनमा पछाडिको क्यामरा ८ मेगा पिक्सेलको रहेको छ भने अगाडिको २ मेगा पिक्सेलको रहेको छ । यो क्यामराको अगाडि र पछाडि दुवैतिर फ्ल्यास लाइटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?