Breaking News

वेबसाइट बनाउने सजिलो उपाय - वर्डप्रेस

Feb Tue 2020 05:40:40

783 views

वेबसाइट बनाउने सजिलो उपाय - वर्डप्रेस
  • निर्मल ज्ञवाली

के तपाईंले आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोच बनाउनु भएको छ? यदि चाहना हुँदाहुँदै पनि कहाँ गएर बनाउने, कसरी बनाउने, धेरै पैसा खर्चिनु पो पर्ने हो कि? भन्ने आदि­इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने, 'वर्डप्रेस- निःशुल्क वेब सफ्टवेयर’ तपाईंका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिङ सफ्टवयेर हो । जसबाट तपाईंले सजिलै, छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ । पर्सनल ब्लग, व्यक्तिगत वेबसाइटदेखि लिएर कम्पनीका ठूला­ठूला वेबसाइटहरु बनाउनको लागि अत्यधिक प्रचलनमा आएको नाम हो, वर्डप्रेस ।  विकिपेडियाका अनुसार, इन्टरनेटको दुनियाँमा हाल बनिरहेका २२५ भन्दा बढी वेबसाइट यसमै आधारित छन् र हालसम्म ६ करोडभन्दा बढी प्रयोगकर्ताहरुले यसको माध्यमबाट आफ्नो साइट बनाइसकेका छन् । यो इन्टरनेटमा उपलब्ध कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुमा सबै भन्दा चर्चित नाम हो र अन्य वेब सफ्टवेयरहरु भन्दा छोटो समयमा सिक्न र आफ्नो वेबसाइट तयार पार्नको लागि प्रख्यात छ । सामान्यतः यो धेरै मानिसहरुले आफ्ना लेखहरु र फोटो अपडेट गर्नको लागि मात्र प्रयोग गरेको पाइन्छ, तर यसको क्षमता त्यतिमा मात्र सीमित नभएर ठूला­ठूला फोटो ग्यालरी, सपिङ, पत्र­पत्रिका, स्कुल­कलेज, सरकारी तथा गैरसरकारी सस्थाहरुको साइट बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । अझ भन्नु पर्दा तपाईंको आवश्यकताअनुसार जस्तोसुकै वेबसाइट पनि तयार पार्न सक्नु हुन्छ । र, यदि तपाईंको आवश्यकता साधारण छ भने यसका लागि तपाईंले कुनै वेब कम्पनी वा वेब डेभलपरलाई पैसा तिरिरहनु पर्दैन । केही साधारण स्टेपहरुबाटै तपाईं एक घण्टाभन्दा कम समयमै आफ्नो साइट तयार पार्न सक्नुहुन्छ र एक पटक बनाइसकेपछि पनि तपाईंले आफूले चाहेको बेलामा आफ्नो सूचना, तस्बिरहरु थपघट गर्न सक्नुहुन्छ । मानौँ, तपाईं एउटा गैर­सरकारी संस्था सञ्चालन गरिरहनुभएको छ भने, समय­समयमा भइरहने संस्थाका कार्यव|mमहरुको जानकारी, आफ्ना सदस्यहरुलाई निमन्त्रणा, कार्यव|mमका तस्बिर, भिडियो, अडियो आदि सम्पूर्ण जानकारीहरु चाहेको बेलामा थप्ने, परिवर्तन गर्ने र हटाउने गर्न सक्नुहुन्छ । र, अर्को एउटा खुशीको कुरा के छ भने यदि तपाईं आफ्नो संस्था वा कम्पनीको जानकारी कसैले गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा सजिलै फेला परोस् भन्ने चाहनुहुन्छ भने पनि यो एउटा राम्रो माध्यम बन्न सक्छ किनभने यसको सरचना बनाउँदा नै सर्च इञ्जिनहरुलाई एकदमै ध्यान दिएर बनाइएको छ, तपाईंले थप मेहनत गरिरहनु पर्दैन । वर्डप्रेसको प्रमुख विशेषता भनेको यो थिम र प्लगिनमा आधारित सिस्टम हो । यदि तपाईं यसमा नयाँ हुनुहुन्छ भने यी शब्दहरु सुन्दा अचम्म लाग्न सक्छ । के हुन् यी थिम र प्लगिन? यसलाई साधारण रुपमा भन्नुपर्दा थिम भन्नाले जुन एउटा साइट हेर्दा तपाईंले आकर्षक रंग, डिजाइन र अक्षरहरुको संयोजन देख्नु हुन्छ, त्यसलाई नै थिम भनिन्छ । तपाईंले आफ्नो कन्टेन्टहरुलाई केही बिगार नगरी एक क्लिकको भरमा सजिलै आफ्नो डिजाइन परिवर्तन गर्न सक्नुहुन्छ । जसका लागि तपाईंले आफ्नै थिमहरु बनाएर राख्न सक्नुहुन्छ या अनलाइनबाट आवश्यक निःशुल्क थिमहरु डाउनलोड पनि गर्न सक्नुहुन्छ । मानौँ, तपाईंलाई नयाँ वर्षको उपलक्ष्यमा आफ्नो साइटलाई रङ्गी­चङ्गी बनाउनु मन लाग्यो भने एक क्लिकमै साइटको सम्पूर्ण रुपरेखा नै परिवर्तन गर्न सक्नुहुन्छ । र, अब आयो प्लगिनको कुरा, प्लगिन वर्डप्रेसको एउटा यस्तो प्रख्यात र महत्वपूर्ण फिचर हो, जसले तपाईंका अतिरिक्त आवश्यकताहरु पूरा गर्न सहयोग गर्छ । यदि तपाईंलाई वर्डप्रेसले दिएका सुविधाहरु भन्दा थप केही वि|mयाकलापको आवश्यकता भयो भने तपाईंले प्लगिन बनाएर प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि, तपाईंलाई आफ्नो फेसबुकको लाइक बटनलाई हरेक लेखको अन्त्यमा राख्नु पर्‍यो भने तपाईंले प्लगिनको सहयोग लिन सक्नुहुन्छ । तपाईं अलिकति अलमलमा पर्नु भयो होला, अब त्यो प्लगिन कहाँबाट बनाउनु? तपाईंले सोच्नुभएका धेरैजसो कुराहरु बनाइरहनु नै पर्दैन, वर्डप्रेसकै आधिकारिक वेबसाइटमा नै हजारौँ यस्ता प्लगिनहरु उपलब्ध छन् । जुन तपाईं निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?