Breaking News

राजा बीरेन्द्रको हत्या, संबिधनसभाको बिघटन लगायतको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी दीपक सुवेदीले नेपालको अबको भविष्यवाणी यस्तो गरे

Feb Tue 2020 05:40:44

647 views

राजा बीरेन्द्रको हत्या, संबिधनसभाको बिघटन लगायतको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी दीपक सुवेदीले नेपालको अबको भविष्यवाणी यस्तो गरे
फेरि पनि देशलाई बचाउने भनेकै धर्मले हो । त्यसो हुनाले अन्तिममा धर्मस्थापना हुन्छ । अहिले पनि धर्म छ, मात्र संविधानले निरपेक्ष मानेको हो । नागरिकमा, समाजमा धर्म यथावत नै छ, झन बढेर गएको छ । समाज हिन्दू छ भने राष्ट्रपनि हिन्दू नै छ ।

२०५८ सालको ‘वार्षिक भविष्य दर्पण’ शीर्षकको लेख लेख्नेक्रममा दिव्यज्ञान मासिकमा यो वर्ष जेठ र असार महिनाभित्र देशले मान्यजनको वियोग सहनुपर्ने छ भनेर स्पष्ट रूपमा लेखेको थिए । नभन्दै जेठको १९ गते राती दरवार हत्याकाण्डमा राजा विरेन्द्रसहित धेरैको मृत्यु भयो ।

त्यो भविष्यवाणीको लेख चाही नेपाल समाचारपत्र (२०६८ असार ९)मा र अर्को ज्योतिषीय विश्लेषणात्मक लेख अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिए । ती लेखहरूमा शान्तिसम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्रको घोषणा र राष्ट्रपतिको राज्याभिषेकलगायतका मुहूर्तहरूको ग्रहस्थितिको विश्लेषण गरेर लेखेको थिए ।

र निस्कर्षमा ती कार्यहरू भएका मुहूर्तहरू उपयुक्त नपरेको तथा ग्रहप्रतिकूल परेको हुनाले पहिलो संविधानसभा तथा तत्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने बताएको थिए ।

त्यो भविष्यवाणी सम्बन्धित समयको ग्रहको अध्ययन गरेरै गरेको थिए, लेखेको थिए । सो प्रकाशन भइसकेपछि मैले निकै अनपेक्षित प्रतिक्रिया पाएको पनि थिए । अन्ततः मेरो भविष्यवाणी ठिक सावित भयो ।

त्यतिबेलाको राजनीतिक शक्तिहरूबाट निकास ननिस्केर संविधानसभा विगठन भयो, राजनीतिक क्षेत्र पाखा हटेर प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार गठन हुनपुग्यो । त्यो भविष्यवाणी अहिले पनि मलाई आफैलाई बेलाबेलामा अचम्म लाग्छ कि ज्योतिष विज्ञानले देखाएको फल कसरी घटित हुन्छ भनेर ।

newsabhiyanज्योतिषी दीपक सुवेदी ज्योतिष क्षेत्रमा ख्याति कमाएका व्यक्तित्व हुन् । उनी दक्षिण एशियाली ज्योतिष महासङ्घमा एक कार्यकाल संगठन सचिवसमेत भइसकेका छन् ।

ज्योतिष अध्ययनमा डबल गोल्डमेडल पाएका उनले राजा विरेन्द्रको मृत्युदेखि लिएर विभिन्न राष्ट्रिय भविष्यवाणी गरी चर्चामा आएका थिए र उनका भविष्यवाणीहरू सहिसावित पनि भएका थिए । नेपालले ठूलो दुरगामी राजनीतिक फट्को मारेको तथा नेपाली जनताले आफूहरूबाट निर्वाचित प्रतिनिधिहरूबाट बनाएको संविधान पाएका छन् । नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ ।

यसै सन्दर्भमा प्रस्तुत छ यस अभियान टाइम्स साप्ताहिक  प्रतिनिधिले  ज्यो. दीपक सुवेदीसँग नेपालको अबको भविष्य कस्तो छ भन्ने विषयमा लिनु भएको कुराकानीको विवरण - 

यहाँले अहिलेसम्म गर्नु भएका भविष्यवाणीहरू केही त हामीले सुन्न तथा पढ्न पाएका  हौं, विशेष विशेष भविष्यवाणी के के थिए पाठकहरूको जानकारीको लागि बताइदिनुस न ?

प्रथमतः ज्योतिष विषयलाई प्रार्थमिकता दिएर सञ्चारक्षेत्रबाट जिज्ञाशा गर्नु भएकोमा यहाँलाई र यहाँको मिडिया युनिटलाई धन्यवाद । पेशानै ज्योतिष भए पछि ज्योतिषीको काम नै भविष्यवाणी गर्ने हो । मैले गरेको मुख्यमुख्य भविष्यवाणीमा राजा विरेन्द्रको मृत्यु, पहिलो संविधानसभा र तात्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने भविष्यवाणी । त्यस्तै प्रधान न्यायाधीश खिलराज रेग्मीको सरकारले निर्वाचन गराउनसक्ने र दोस्रो संविधानसभाको गठन भइसकेपछि त्यसले संविधान दिनसक्ने लगायतका भविष्यवाणी पर्छन् । अझ खुलाएर भन्दिनुस् न अब हेर्नुस् पेशाको हिसाबले र ज्योतिषीको नाताले भविष्यवाणी त धेरै गरियो, गरिदै आएको छ । त्यसमा मलाई महत्वपूर्ण भविष्यभाणीको रूपमा स्मरण भएकोमा राजा विरेन्द्रको मृत्युको भविष्यवाणीको कुरा गर्नुपर्दा सो समयमा म कलिलै उमेरको पनि थिएू । उनको राशि तुला र राशिको नाम रिपुमर्दिनी थियो । मैले उनको भविष्यवाणी गर्दा राजपरिवारको चिना हेरेर गरेको होइन । देशको वार्षिक फल गर्ने बेलामा देशको ग्रहगोचर हेरेर गरेको थिए । राजपरिवारकै चिना हेरेर गरेको भए अरु सदस्यहरूको पनि भनिन्थ्यो होला ।

२०५८ सालको ‘वार्षिक भविष्य दर्पण’ शीर्षकको लेख लेख्नेक्रममा दिव्यज्ञान मासिकमा यो वर्ष जेठ र असार महिनाभित्र देशले मान्यजनको वियोग सहनुपर्ने छ भनेर स्पष्ट रूपमा लेखेको थिए । नभन्दै जेठको १९ गते राती दरवार हत्याकाण्डमा राजा विरेन्द्रसहित धेरैको मृत्यु भयो । त्यो भविष्यवाणीले व्यक्तिगतरूपमा मलाई पहिलोपटक चर्चित बनाउने काम गरेको थियो ।

अनि पहिलो संविधानसभाबाट निकास ननिस्कने बारेको के थियो भविष्यवाणी ? त्यो भविष्यवाणीको लेख चाही नेपाल समाचारपत्र (२०६८ असार ९)मा र अर्को ज्योतिषीय विश्लेषणात्मक लेख अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिए । ती लेखहरूमा शान्तिसम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्रको घोषणा र राष्ट्रपतिको राज्याभिषेकलगायतका मुहूर्तहरूको ग्रहस्थितिको विश्लेषण गरेर लेखेको थिए ।

र निस्कर्षमा ती कार्यहरू भएका मुहूर्तहरू उपयुक्त नपरेको तथा ग्रहप्रतिकूल परेको हुनाले पहिलो संविधानसभा तथा तत्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने बताएको थिए । जसवापत मैले अनेक प्रतिक्रिया जस्तै पश्चगामी, नियतमा कैफियत, पू।र्वाग्रहवश गरिएको भविष्यवाणी आदि मान्छेहरूले दिन्थे ।

त्यो भविष्यवाणी सम्बन्धित समयको ग्रहको अध्ययन गरेरै गरेको थिए, लेखेको थिए । सो प्रकाशन भइसकेपछि मैले निकै अनपेक्षित प्रतिक्रिया पाएको पनि थिए । अन्ततः मेरो भविष्यवाणी ठिक सावित भयो ।

त्यतिबेलाको राजनीतिक शक्तिहरूबाट निकास ननिस्केर संविधानसभा विगठन भयो, राजनीतिक क्षेत्र पाखा हटेर प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार गठन हुनपुग्यो । त्यो भविष्यवाणी अहिले पनि मलाई आफैलाई बेलाबेलामा अचम्म लाग्छ कि ज्योतिष विज्ञानले देखाएको फल कसरी घटित हुन्छ भनेर ।

जे होस मैले विश्लेषण गरेर निकास ननिस्कने फल त गरें तर राजनीतिक क्षेत्रबाट निकास ननिस्किएर कहाूबाट निस्कन्छ त ? वाइघात कथन भन्ने पनि प्रतिक्रिया आयो, तर पनि मलाई ज्योतिषशास्त्रले देखाएकै फल गरेको छु हेरौं कसरी मिल्दो रहिछ भन्ने हुन्थ्यो । अन्तिममा मैले भनेबमोजिमको घटनाक्रम भयो र देशले सुरक्षित अवतरण गर्यो ।

यहाँको भनाई सुन्दा अरु भविष्यवाणीको बारेमा पनि सुन्न उत्सुकता बढेर आएको छ, तर एउटा कुरा खिलराज रेग्मी जीले निर्वाचन गराउनसक्ने भनेर गर्नुभएको भविष्यवाणीको बारेमा के भन्न खोज्नु भएको ?

उहाँलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएकै चुनाब गराउनलाई हैन र भन्या ? अनि के नयाँ अनौठो कुरा भयो र ?

बडो खोतली खोतली सोध्दै हुनुहुन्छ तपाईले । हेर्नुस् त्यतिबेलाको स्थिति वैद्य माओवादीले प्रतिकारात्मक ढंगमा मतपेटिका फुटाएर प्रदर्शन गरेको थियो । माओवादी भित्रका क्रान्तिकारी पङ्ति नै वैद्य माओवादीभित्र छन् भन्ने भय त्रास थियो । खिलराजको सरकार गठनको बारेमा नै धेरै प्रकारका विमतिहरू आएका थिए । राजनीतिक शक्तिबाट सत्ता गैरराजनीतिक पक्षको हातमा गएको थियो ।

वास्तवमा भन्ने हो भने सो समयलाई राजनीतिक भाषामा भन्ने हो भने संक्रमण भन्दा पनि महासंक्रमण भन्ने अर्थ लाग्छ । अनि रेग्मीको सरकारबाट निकास निस्कने ननिस्कने, चुनाब गराउन सक्ने नसक्ने आदि विषयमा राजनीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूले मसँग प्रश्न गर्थे । त्यसै क्रममा मैले खिलराजजीले जिम्मेवारी सम्हालेको समयको ग्रह हेरेर भविष्यवाणी गरी सो सरकारले चुनाव गराउन सक्छ भनेर लेखेको थिए, त्यो पनि अन्नपूर्ण पोष्ट (२०७० असार २५) मा प्रकाशित भएको थियो । यसै क्रममा यहाँले अघि भन्नु भएको दोस्रो संविधानसभाले संविधान दिनसक्छ भन्ने विषयमा गरेको प्रिडिक्सनको बारेमा पनि केही बताइदिनुस् न ? बडो सुन्दा एक खालको जिज्ञाशा बढेको छ । तपाई पनि रमाइलो मान्छे हुनुहुदो रहिछ, पत्रकारमा कुरा झार्ने तरिका हुन्छ भन्छन् हो रहिछ (हास्दै) । त्यो कुरो के थियो भने स्वभाविकै पनि हो कि सबैलाई संविधान बन्छ कि बन्दैन, सधैं यस्तै हो कि ?

आदि जिज्ञाशा र शंका आशंका त हुने नै भयो, त्यस्तै अवस्थाबाट नेपाल गुज्रिरहेको थियो । बेलाबेलामा भविष्यवाणी गर्ने गरेको भएको हुनाले मान्छेहरूले जिज्ञाशा राख्ने पनि गर्थे र मिडियाले पनि अहिले तपाईले जस्तै सोध्थे पनि । दोस्रो संविधानसभाको चुनाव भए पछि मेरो संविधानसभालाई ज्योतिषीय मार्गदर्शन शीर्षकको लेख कमाण्डर पोष्ट (२०७० फागुन ११)मा प्रकाशन भएको छ ।

जुनलाई अन्य केही प्रिन्ट मिडिया र अनलाईनले पनि साभार गरेका थिए । र त्यसमा मैले विभिन्न तवरबाट विश्लेषण गरेर धर्मलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाबाट संविधान आउनेछ भन्ने निस्कर्ष दिएको थिए । यसमा पनि मान्छेहरूले धेरै प्रकारका प्रतिक्रिया दिएका थिए ।

अब संविधानसँग धर्म जोडेर लेख्नुको पछाडि यसको अरु नै कुनै नियत छ भन्ने पनि गर्थे । तर त्यहाँ मेरो अरु केही स्वार्थ थिएन ग्रहको विश्लेषण गर्ने क्रममा मेरो ब्रह्मविवेकले देखेको कुरा लेखेको थिए । मेरो त्यो भनाई विशुद्ध ज्योतिषीय आधारमै थियो नकि अन्य नियतमा ।

अब हेर्नुस २०७१ माघ ८ गतेसम्म संविधानमा धर्मको बारेमा धर्मनिरपेक्षमात्रै लेख्ने कुरा थियो । त्यतिमात्र होइन मस्यौदा समितिले सार्वजनिक गरेको मस्यौदामा समेत पनि त्यही थियो । तर जब परिभाषा गरेर भएपनि धर्मलाई सम्बोधन गर्ने निर्णय भयो अनि बल्ल संविधान जारी हुनसकेको अवस्था छ ।

अब मैले भन्न खोजेको तथा व्यक्तिगत रूपमा चाहेको त अझै बढी थियो होला ज्योतिष विज्ञानले देखाएको फल त कतैन कतैबाट जसरी पनि मिल्न गयो नि हैन र ?

अहिलेलाई धर्मको सम्बोधन त्यही परिभाषा हो भन्ने बुझ्न पर्यो । राजनीतिक व्यक्तिहरूले पनि मसँग सोधेका थिए, मैले धर्मलाई सम्बोधन नगरी कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने देखिन्छ नै भनेको थिए उनीहरूलाई । माधव कुमार नेपालको बारेमा पनि त यहाँले भविष्यवाणी गर्नु भएको थियो रे त्यो पनि ज्योतिष क्षेत्रभित्रै पनि निकै चर्चाको विषय बन्यो भन्ने छ नि त्यो के थियो ?

त्यो कुरा पहिलो संविधानसभाको चुनाब हुनेबेलाको कुरा हो । (धेरै विस्तृतमा भन्दा लामो होला छोटोमा भन्नुपर्दा)  त्यतिबेला पनि धेरै मान्छेहरूले जिज्ञाशा राख्थे, सोहीक्रममा मैले यस पटक माधवकुमार नेपाल, वामदेवहरूको राम्रो देखिएको छ, प्रधानमन्त्री बन्ने योग छ भनेर भने । अनि तपाईले सुनेको जुन चर्चाको विषय छ चुनाव भइसकेपछिको घटनाक्रमसँग बढी सम्बन्धित छ ।

हेर्नुस चुनाब भयो माधव नेपालले दुबै ठाऊबाट हारे, वामदेवले पनि हारे । मैले गरेको भविष्यवाणी म जहाँ पुग्छु त्यहाँ पुगिसकेको थियो । अनि मान्छेहरू मलाई देखेर हास्न लगायतका गतिविधि देखाउने गर्थे । अब मेरो मुख बन्द हुनपर्ने स्थिति आयो । मैले मनमनले कहाँनीर मेरो हिसाब पुगेन, के विचार पुगेन भन्नेमा घोतलिन्थे मात्रै । क्रमशः दिन व्यतित हुँदै गए, हारेपनि वामदेव गौतम पहिलो मन्त्रीमण्डलमै उपप्रधानमन्त्री तथा गृहमन्त्री भए ।

माधव नेपाल हारेर पनि सभासद्मा मनोनित भए र प्रधानमन्त्री नै बने । अझ ज्योतिषीहरूको बीचमा चर्चाको कुरा खासमा केमा थियो भने केही ज्योतिषीले माधव नेपाको सरकार भदौ नकट्ने बताए, मैले उनको सरकार अपेक्षा गरेभन्दा बढी समय टिक्छ भनें । ज्योतिषीहरूले मलाई यो एमाले समर्थक हैछ भनें ।

अब मलाई मेरो पार्टी कुन हो भन्ने अहिले पनि म आफैलाई थाहा छैन । अनि समय वित्दै गयो, यहाँहरूले पनि देख्नु भएकै कुरा हो माधव नेपालले राजीनामा दिएपछि पनि आठ,नौ महिना प्रधानमन्त्री चलाए । ज्योतिष विद्यालाई दैवविद्या र ज्योतिषीलाई दैवज्ञ पनि भन्छन् । कहिले काही आफ्नै भविष्यवाणीले म आफैलाई अचम्मित पनि पार्छ । यसरी माधव नेपालको बारेमा मैले गरेको भविष्यवाणी पुगेपछि अनि यसले गरेको भविष्यवाणी त जसरी पनि मिल्दो रहिछ भनेर चर्चा हुन्थ्यो ।

यही सन्दर्भमा प्रचण्ड जो नेपाल मात्रै नभएर अन्य मुलुकमा पनि चर्चित भए, के छ यिनको बारेमा केही हेर्नु भएको छ ? यहाँको सोधाई क्रमशः झन्झन् जटिलतातिर उन्मुख छ (मुस्कुराउँदै), पत्रकारहरूले पहिला फकाउँदै लगेर अन्तिममा अप्ठ्यारो सोध्छन् भन्छन् त्यस्तै गर्न लाग्नु भयो क्याहो ? भलै ठिक छ म जे जान्दछु,  चिन्तन गरेको छु र मेरो ब्रह्मविवेकले जे देखेको त्यो बताउँछु है त ।

हेर्नुस प्रचण्डको चिना नै त मैले हेर्न पाएको छैन । मिडियामा जे पढ्न मिल्यो त्यसमा उनको मिथुन राशि छविलाल नाम भन्ने छ । मिडियामै आएको तिथिमिति र कुण्डलीको आधारमा (कुण्डलीको लग्न अल्लि निश्चित छैन जस्तो लाग्छ, ज्योतिषीहरूको मतमा लग्न बाझिएको जस्तो लाग्छ है मलाई त्यैपनि भेटिएको कुण्डलीको आधारमा) मैले हेर्दा प्रचण्ड उर्फ छविलाल दाहालको ग्रहमा बृहस्पति उचो तर मस्तिष्कको पछाडि छ ।

बृहस्पतिलाई अगाडि ल्याउन उनले केही क्रिया गर्नुपर्छ । त्यही भएर यिनी महत्वपूर्ण काममा छलिएका छन्, ग्रहले छलेको छ । बाँकी ग्रह बलबान छन् लगभग मैले प्रचण्डको ग्रहलाई केही विषयमा गिरीजाप्रसाद कोइरालाको ग्रहसँग मिल्दो जुल्दो विश्लेषण गरेको छु ।

प्रचण्डको विषयमा मैले भन्ने गरेको एउटा कुरा के हो भने जब अन्य पार्टीसँग एकिकरण गरेर पार्टीको नाम नयाँ राखे त्यतिबेला भनेको कुरा हो कि पार्टीको नाम र प्रचण्डको नाम म्याच गरेन, फलस्वरूप अपेक्षा गरिएको सफलता हात पर्दैन । नभन्दै मैले त्यस्तै देखिरहेको छु सबैले नै त्यस्तै देख्नु भएको होला भन्ने लाग्छ । हूँदाहुँदा .... अहिलेको अवस्था वर्तमानमा देखिईनै रहेको छ । फेरि पनि उनले बृहस्पतिलाई अगाडि ल्याउने काम गर्नसके भने भविष्य सकारात्मक देखिन्छ ।

अब विगतबाट भविष्यतर्फ लागौं है त, वर्तमान यस्तै छ । नेपालमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको छ । अब के छ नेपालको भविष्य ? यहाँले कस्तो देख्नु हुन्छ ? ल अब बल्ल मुख्य र महत्वपूर्ण कुरो सोध्नु भयो तर यसको उत्तर पनि जटिल छ । ल हेर्नुस यी मैले संविधान घोषणा भएको बेलाको कुण्डली बनाएर हेरेको छु (कुण्डली देखाउँदै) । राम्रोसँग सुन्नुस्, ज्योतिषीय भाषा नबुझ्न पनि सक्नुहोला राम्रोसँग अभिलेख गर्नुस् । अब हेर्नुस् दुःखसूग भन्नुपर्छ नेपाली जनताको छ दशकभन्दा लामो संघर्षको उपलब्धि संविधान घोषणा गर्ने बेलाको मुहूर्तको ग्रहस्थिति राम्रो परेको छैन ।

ग्रहले देखाएको कुरा मलाई यहाँ व्यक्त गर्न पनि दुःख लागि रहेको छ । तर पनि मैले यहाँनिर एउटा ज्योतिषीको नाताले संविधान जारी हुँदाको समयको कुण्डलीको आधारमा जे देखिन्छ अथवा मेरो बुद्धिविवेकले जे देख्छ त्यो यहाँलाई भन्छु, जुन मेरो पेशागत धर्म हो । मेरो ज्योतिषीय दृष्टिकोणमा यो संविधान घोषणाको समयको ग्रहावस्था राम्रो देखिदैन र त्यसले नेपालीको अपेक्षा पूरा गर्ने कुरामा शंका छ ।

भलै यस मामलामा मैले एउटा नेपाली नागरिक हुनाको कारणले पनि बनेको संविधानबाट देशको समुन्नति होस् भन्ने चाहनु पर्छ । बरु मेरो ज्योतिषीय विश्लेषण गलत सावित होस् र नेपाल-नेपालीको भविष्य कोर्न बनेको संविधान सफल होस भन्ने चाहनु पर्छ, त्यसमा नै मलाई सन्तुष्टि हुनेछ । तर, बनेको संविधानको ग्रहस्थिति राम्रो नदेखिएको कुरालाई पनि मैले यहाँ आफ्नो पेशागत धर्मबाट राख्नु पर्छ भन्ने मेरो बुझाई रहेको छ । यहाँले त झन डर पो देखाउनु भयो नि ? के छ त्यस्तो नराम्रो हामीले पनि बुझ्न सकिन्छ ? बुझ्न सक्ने गरी बताइदिनुस न ? अब हेर्नुस् हामी जनता त्यसरी डराइ हाल्न पर्छ भन्न मैले खोजेको हैन, तर सजग हुनपर्ने अवस्था प्रसस्त देखिएको छ । यो संविधान घोषणा हुँदा नेपाली आकाशको क्षितिजमा मीन लग्न उदाइरहेको थियो । कुण्डलीमा लग्नेश तथा दशमेश बृहस्पति द्वितीयेश तथा नवमेश मङ्गलसँग शनिको दृष्टिमा षष्ठम् भावमा गएर बस्नुले आत्मरक्षा भन्दा पनि शत्रुपोषक भएको देखिन्छ । यस प्रकारको ग्रहस्थितिले यो संविधानलाई आधार मानेर गरिने देशका हर कार्यहरूमा शत्रुको प्रभाव बढाउने छ ।

हुनलाई मङ्गल छैठौं हुनु, त्यसमाथि शनिको दृष्टिप्रभाव हुनु शत्रुहन्ता योग पनि हो । तथापि लग्नमा केतुको स्थिति र राहुको दृष्टि, शनि आदि पापग्रहको भूमिकालाई हेर्दा दुर्घटनाकारक योगको निर्माण भएको छ जसले राजनैतिक लगायतका आकस्मिक विभिन्न दुर्घटनालाई लक्षित गर्छ । अब यस्ता धेरै छन् ग्रह योग सबैको पत्रिकामा विस्तार गरेर छाप्न कठिन होला ।

तै पनि मैले छोटोमा भन्ने कोसिस गर्छु । बुधादित्य योग बनेपनि साथको राहुले ग्रहणयोग बनाएको छ । जसले गर्नपर्ने शुभफलमा कटौती गरिदिने छ । वैदेशिक सम्बन्ध, यात्रा, व्यापार आदि क्षेत्रमा ग्रहण लाग्छ । पञ्चमेश नवम्मा सकारात्मक र कारक भएपनि शनियुक्त हुनाले राज्यमा मनोवैज्ञानिक तथा अदृष्य समस्या बढाउने हुन्छ ।

भय-त्रास, शंका-आशंका आदिले राज्यका अङ्ग-ङ्गमा प्रभाव पार्ने छ । शुक्र र केतुको सम्बन्धले रोगव्याधिको संकेत गर्छ । बल गरेरै यो कुण्डलीमा सकारात्मक पक्षको खोजी गर्दा नागरिक, विभिन्न वर्ग, पक्ष एवम् राज्यका अधिकारीहरूलाई प्रतिस्पर्धा आदि संघर्षका कामहरूको अभ्यास गर्न सिकाउने ग्रह हो भन्न सकिन्छ ।

यसले सम्बन्धित क्षेत्रमा क्रियाशीलता बढाउने र आत्मनिर्भरताका उपायहरू अवलम्बन गर्न खोज्ने जस्ता काममा उत्प्रेरित गराउन मद्दत गर्नेछ । डराउनै परिहाल्दैन पनि भन्नु हुन्छ अनि खासै राम्रो सन्तोष लाग्ने कुरा पनि त गर्नु भए न नि ? अल्लि बुझ्ने गरी बताइदिनु हुन्छ कि ? खासमा कसरी बुझ्नु पर्छ ? अब हेर्नुस यो संविधानको ग्रह राम्रो परेन भन्न खोजेको हो, यो सबै भूमिका बाधेर, बुझ्नु भएन के ? नेताहरूले समयको ख्याल नगरेर गल्ती गरे भन्न खोजेको । कमसेकम ज्योतिषीलाई सोधेर राम्रो समयमा घोषणा गरेको भए हुन्थ्यो नि भन्न खोजेको । ग्रह नराम्रो परेपछि त्यसको फल पनि त जनताले अपेक्षा गरे जस्तो हुूदैन नि । देख्नु भएको छैन ?

लक्षण त देखिइनै रहेको छ नि त, झन संविधान आएपछि जनताले सुख पाउन पर्ने ठाऊमा के भइरहेको छ ? अनि अब के गर्ने यसको समाधान त होला नि  ? अब यस्तै नै होला त ? के गर्ने दुःख त मलाई पनि लागेको छ । मैले पहिला नै भने नि सकेसम्म मेरो यो विश्लेषण फेल होस् र संविधानलाई माध्यम बनाएर गरिने कामकार्य सफल हौन, देशको प्रगति विकास होस् र हामी नेपाली जनताले शान्तिको सास फेर्न पाऊ । तर मैले पनि चाहेर मात्रै पनि त भएन, ज्योतिष विज्ञानले जे देखाउँछ त्यो भन्नु पर्ने मेरो पेशागत धर्म हो भनेर पहिला नै भनिन । खेर नआत्तियौं, ज्योतिषीय दृष्टिमा समस्या देखिए पछि समाधान पनि भेटिन्छ ।

मार त्यसलाई पर्छ जसले गल्ती गर्छ, त्यो ऐलेसम्मको घटनाक्रमले पनि त देखाएको छ नि हैन र ? अन्तिममा सत्यको नै विजय हुन्छ हैन । भनिन्छ नि सत्यमे परिशानी हो सक्ता है लेकिन पराजय नहीं अर्थात सत्यमेव जयते । डराउने कुरा छैन, जनताले को के रैछ  भनेर जान्ने मौका पाएका छौं । संघर्षको जस्तै कालरात्रि आइपरे पनि नआत्तियौं, त्यसपछि नयाँ सुनौलो बिहानी आउन कर लाग्छ जुन युनिभर्सल नियम पनि हो । गुरु झन अलमल्ल परें, मैले त अझै बुझ्न सकिन  स्पष्ट पारिदिनुस त ? हेर्नुस कुरो स्पष्ट छ । संविधान जारी हुँदाको ग्रह राम्रो परेन, यसको डिटियलमा खोज्नु हुन्छ नै भने पनि म भन्न तयार छु, तर मैले भन्ने जति सबै कुरालाई तपाईले कसरी सम्पादन गरेर लेख्नसक्नु हुन्छ, कुरा धेरै हुन्छन् गन्थन गर्दै जानेक्रममा । छोटोमा के बुझ्न पर्यो भने बालारिष्ट अर्थात बाल अवस्थामै खड्को परेको जस्तो ग्रह पर्यो । कुनै बच्चाको यस्तो ग्रह पर्यो भने हामीले बालारिष्ट अथवा बालक अवस्थामै मृत्यु हुनसक्ने भन्छौं । यो संविधानले दिगो मान्यता पाउन कठिन देखिन्छ अहिले यत्ति भनौ ।

भनेपछि यो संविधान काम लाग्दैन त ? अब हेर्नुस मैले भन्न खोजेको र तपाईले बुझेको जस्तै नै फल घटित नहुन पनि सक्छ तर त्यसको प्रकारान्तर रूपको फल पक्कै घटित हुन्छ । संविधानको विकल्पहरू खोजिने छन्, सकभर संविधान फेल हुनसक्ने नै खतरा बढी हुन्छ । मृत्यु नै नभए पनि सधैं भरी उपचार गरिरहन पर्ने सन्तान जन्म्यो भने पनि त त्यो सन्तानबाट अभिभावकले अपेक्षा गरेको उपलब्धि पाउन सक्तैनन् नि हैन ?

हो त्यस्तै पनि त हुनसक्छ, एउटा शक्ति आउूछ एउटा संशोधन गर्छ, अर्कोले संघर्ष गरिरहन्छ, फेरि अर्को आउला फेरि अर्को संशोधन भन्ला फेरि अर्को शक्तिले संघर्ष गर्ला .... । त्यस माथिपनि मैले भनिसके कि यसको आयुकै विषयमा सन्देह देखिन्छ ।

होइन  गृहयुद्ध नै पो हुन्छ  कि क्याहो ?

ल अहिले पनि त गृह युद्ध नै भएको छ नि हैन र ? सधैं र सबै स्थानमा एउटै खालको गृहयुद्ध हुनुपर्छ भन्ने कुनै मापदण्ड त छैन नि, समय र स्थान अनुसार फरकफरक ढंगको गृह युद्ध हुन्छ । एकप्रकारको गृह युद्ध नेपालमा पनि चलिरहेको छ । हेर्नुस (कुण्डली देखाउदै) लग्नेश गुरु र भाग्येश तथा धनेश मङ्गलले शत्रुक्षेत्रसूग आत्मसमर्पण गरेको, र लग्नमा केतुको स्थिति रहेकोले अप्ठ्यारो-आत्मघात आदिलाई बढी लक्षित गरेको देखिन्छ ।

जसको कारणले गर्दा यो संविधानलाई आधार मानेर गरिने कार्यबाट देशको समुन्नति, राष्ट्र(राष्ट्रिय भावना, नागरिक एवम् सामाजिक सद्भावलाई झन्झ-न् कमजोर बनाउनसक्ने देखिन्छ । अझ मलाई त कताकता शासकहरूले आत्मघाती सन्धि गर्नपुग्लान् कि भन्ने देख्छु, त्यस्तो डर देखिन्छ ।

यहाँ राजनीतिक भाषा प्रयोग नगरौं भनेर हो, हेर्नुस ग्रहले नै यहाँ प्रायोजित कार्य भएको देखाउँछ । देशमा वास्तविक संकट परेर हुने गृहयुद्ध र बनाओटी संकट पारेर गरिने प्रायोजित गृहयुद्धमा फरक हुँदो रैछ, अहिले यत्ति बुझ्नुस् । यो कुरालाई समयमै ध्यान नपुर्याएर उचित उपाय अवलम्बन नगरे के होला ? लक्षणहरू कस्ता घटित भइरहेको छ देखिएको पनि त छ नि ।

देश विकासभन्दा पनि आङ्गिक तथा आन्तरिक समस्यामा बढी अल्झाइरहने वातावरण सृजना हुने ग्रहले देखाइरहेको छ । छोटो समयमै यसको विकल्पको खोजि नहोला भन्न सकिन्न । राज्यका अङ्गहरूमा विभिन्न बहानामा टकराव सृजना हुनेछन् । संविधानका धेरै व्यवस्थाहरू निरोपयोगी पनि हुनसक्ने छन् । भने पछि अबको नेपालको भविष्य अन्धकार नै हुने भयो हैन त  ? मैले नेपालको भविष्यभन्दा पनि अहिले जारी भएको संविधानको विषयमा हो यी कुराहरू भनिरहेको । अनि संविधानसूग त नेपालको भविष्य जोडिन्छ नि हैन र ? संविधानसभा जस्तो आधिकारिक निकायले जारी गरेको संविधान नै काम लोगन भने त त्यो भन्दा ठूलो चिन्ता अरु के हुन्छ र ? ठूलो मान्छे पनि मर्छन नि हैन र ? हो त्यस्तै बुझ्नुस कि संविधानसभा जस्तो विशेष निकायले गरेको कामपनि कालको अधिनमा हुन्छ । कतिपय काम सानो मान्छेले गरेको पनि महान हुन्छ र कतिपय काम ठूलो मान्छेले गरेको पनि निस्फल हुन्छ त्यस्तै संविधानसभा जस्तो निकायले गरेको काम पनि बुद्धि नपुर्याएको खण्डमा निस्फल हुनसक्छ ।

त्यो भविष्यले देखाउछ, संविधानको जन्मसगै देखिन थालेको छ । तर यसमा नागरिकको तर्फबाट अनावश्यक चिन्ता गर्न जरुरी छैन, आवश्यकमात्र गरे हुन्छ ।

हैन चिन्ता पर्ने कुरामा त चिन्ता हुने नै भयो नि हैन र ? यहाूको कुरा अनुसार त झन्झन् चिन्ता पार्ने कुरा गर्दै हुनुहुन्छ हैन र ? हेर्नुस यो अन्तर्वार्ता पढेपछि पनि मान्छेहरूले विभिन्न प्रतिक्रिया जनाउलान्, कतिले त गाली पनि गर्लान् । पहिलो संविधानसभा र तात्कालिन राजनीतिक संयन्त्रबाट निकास निस्कदैन भनेर भविष्यवाणी गर्दा मलाई धेरैले नकारात्मक प्रतिक्रिया पनि दिएका थिए ।

त्यो भविष्यवाणी पनि त्यतिबेला असम्भव जस्तो थियो । अन्ततः सम्भव घटित भयो । त्यति बेलाको ग्रहस्थिति पनि निकै नकारात्मक थियो, गम्भीर स्थितिमा थियो नेपाल कुनै पनि बेला के दुर्घटना हुने हो भन्ने थियो । तर नेपाल र नेपाली जनताको पुकारालाई पशुपतिनाथले सुने र बडो सहज तरिकाबाट तात्कालिन राजनीतिक संयन्त्र विफल भई गैर राजनीतिक सरकार बनेर जटिल अवस्था सहजरूपमा रूपान्तरित भयो ।

सम्भावित दुर्घटनाबाट पशुपतिनाथले बचाए । ज्योतिष विज्ञानले देखाएको फल पनि घटित भएर नै छाड्यो । ज्योतिष विज्ञान काल अर्थात समय विज्ञान हो यसले देखाएको फल खेरा जादैन, भलै फल प्रकारान्तरले घटित हुनसक्ला । आशा गरौं पशुपतिनाथले फेरि पनि यो स्थितिलाई पनि सुरक्षितरूपमा अवतरण गराउने छन् । जिम्मेवारी बनौं, आत्मचिन्तन गरौं, हुनपर्ने घटना भएरै छाड्छ, दोषीले सजाय पाउने र निर्दोषि जनताको जय हुने नै छ ।

अब अन्तिम-अन्तिममा एउटा प्रश्न है त, नेपाललाई हिन्दूराष्ट्र नै राख्नुपर्छ भनेर खुमबहादुर खड्कालगयातले आन्दोलन गरे, तर हिन्दू राष्ट्र भएन धर्म निरपेक्ष नै भयो   खुमबहादुर खड्काले चलाएको हिन्दूराष्ट्रको मुल्याङ्कन कसरी गर्नुभएको छ ? हेर्नुस अन्तिममा धर्मको जय र अधर्मको पराजय नै हुने हो । तर यतिबेला संविधान घोषणा भएकै समयको ग्रहदशा हेरेर भन्ने हो भने धर्मको बारेमा पनि त्यति राम्रो भूमिका देखिएको छैन । तर फेरि पनि देशलाई बचाउने भनेकै धर्मले हो । त्यसो हुनाले अन्तिममा धर्मस्थापना हुन्छ ।

अहिले पनि धर्म छ, मात्र संविधानले निरपेक्ष मानेको हो । नागरिकमा, समाजमा धर्म यथावत नै छ, झन बढेर गएको छ । समाज हिन्दू छ भने राष्ट्रपनि हिन्दू नै छ । अब आयो खुमबहादुर खड्काको कुरा, हेर्नुस उनको यतिबेला बृहस्पति ग्रह प्रतिकूल छ यो बहत्तरको अन्तिम तिरहत्तरको शुरुसम्म । त्यतिबेलासम्म उनलाई स्वास्थ्यलगायतका समस्या पर्ने देखिएको छ जसको कारण उनी ऐले बिरामी छन् । पछि छोटो समयको लागि उनको ग्रह बलियो भएर आउने देखिन्छ । अन्तिममा थप केही बताइदिनुस् न ? राज्यले महत्वपूर्ण काम सम्पादन गर्दा ज्योतिष विज्ञानले निर्देशन गरेको मार्गदर्शनलाई आत्मसात गरेर गर्नुपर्छ तर नेपालमा त्यसको अनुसरण हुन छाडेको देखिन्छ । जसले गर्दा राज्य तथा राजनीतिक दलहरूले गर्ने कार्यबाट देश र जनताले दुःख कष्ट व्यहोर्न परिरहेको छ ।

ज्योतिष विज्ञानलाई वेवास्ता गरिँदा अहिलेसम्मका जनसंघर्षहरू र ति जनसंघर्षका उपलब्धिहरू बालुवामा पानी खन्याए सरी भइरहेका छन् । संविधानसभाबाट संविधान निर्माण गरेर जारी गर्ने जस्तो अति महत्वपूर्ण कार्यमा समेत सो कुराको हेकाना राखिएन । जसले गर्दा संविधान जारी भएकै क्षणदेखि विपरित  फलका लक्षणहरू प्रतित हुन थालिसकेका छन् ।

खुशियालीको सट्टा विरोधका स्वरहरू गुञ्जिरहेका छन् । संविधान जस्तो विशेष महत्वपूर्ण विषयको घोषणा तथा निर्णय गर्दा मुहूर्तविज्ञानलाई वेवास्ता गरी देश र जनताप्रति गरिएको गैरजिम्मेवारी कार्यप्रति राजनीतिक क्षेत्रलाई नागरिकले

धिक्कार्ने शिवाय के स्यावासी दिन सक्छन् र ?

सजिलो निकासको उपाय खोज्ने हो भने राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुखबाट विशेष सङ्कल्पका साथमा कुनै विशेष प्रायश्चित अनुष्ठान गर्ने र उपयुक्त मुहूर्तमा विधि पुर्याएर संविधानलाई पुनर्जन्म अर्थात पुनर्घोषणा गर्नु उपयुक्त हुन्छ । यो नयाँ संविधान २०७२ को बारेमा दिइएको ज्योतिषीय दृष्टिकोण हो ।

यो दृष्टिकोणबाट सम्बन्धित पक्ष एवम् आम नागरिकले आउनसक्ने समस्याको निरूपणको लागि अप्नाउन पर्ने उपायहरू अवलम्बन गर्न अथवा खोज्नसक्नु अर्थात सकून भन्ने ज्योतिष विज्ञान तथा ज्योतिषीको उपादेयता हो ।

धर्मेण हन्यते ग्रहा धर्मेण हन्यते व्याधि, धर्मेण हन्यते शत्रु, यतोधर्म ततो जय भन्ने शास्त्र वचन छ । धर्मप्रति आस्था घटाउने हैन बढाउन जरुरी छ । जसले संविधानको कारणबाट सृजना हुने धेरै समस्याहरू समाधानको लागि सद्बुद्धि दिनेछ र उचित निकासको अवलम्बन हुनेछ । हस् जयहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?