Breaking News

अब शेयर भर्दा डिम्याट खाता चाहिने के हो शेयर डिम्याट खाता ? कहाँबाट र कसरी खोल्ने ? जनीराखौ

Feb Tue 2020 05:40:54

796 views

अब शेयर भर्दा डिम्याट खाता चाहिने के हो शेयर डिम्याट खाता ? कहाँबाट र कसरी खोल्ने ? जनीराखौ

शेयर डिम्याट भनेको के हो ?

तिव्ररुपले उच्चस्तरिय प्रविधिको प्रयोग र सहभागितासंगै वृद्धि हुदै गएको अन्तरास्ट्रिय धितोपत्र बजार र बस्तु बजारको तुलनामा अब हाम्रो नेपाली पुजी बजारमा पनि अघि बढिरहेको देखिन्छ ।

भर्खरै सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले शेयर बजारमा अपनाएको डिम्याट प्रणाली अर्थात शेयर अभौतिकिकरण हामी सबैको लागि नौलो र नयाँ प्रबिधी हो । कागजी शेयरको झन्झटिलो कारोबारलाइ अन्त्य गर्न र लगानीकर्ताहरुलाई शेयरको कारोबारमा अझै सहजता प्रदान गर्न सीडिएसले यो प्रणालीलाई कार्यन्वयनमा ल्याएको हो ।

डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले शेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ त्यस बापत ईलेक्ट्रोनिक शेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपीमा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता शेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले आफुले डिम्याट खाता खोलेको डिपि अथवा इन्टरनेट मार्फत प्राप्त गर्न सक्छन ।

गत माघको १ गतेबाट नै सीडिएसले पूर्ण रुपमा डिम्याट प्रणालीलाई लागु गरेसँगै अब शेयरको कागजी कारोबारको औपचारिक रुपमा अन्त्य भएको छ । यद्यपी लगानीकर्ताहरुमा यस सम्बन्धी यथेष्ट ज्ञानको अभाव र सुचना एवं जानकारीको कमिका कारण सबै लगानीकर्ताहरु यसको दायरमा पुर्णरुपमा आउन सकेका छैनन ।

अहिले देशभर ४८ वटा निक्षेप सदस्यहरुले लगानीकर्तालाई डिपी सेवा प्रदान गर्दै आएका छन । सिडिएसका अनुसार हालसम्म २ लाख ३ हजार ३ सय ३० वटा डिम्याट खाता खोलिएका छन भने ४७ करोड ५ लाख ९ हजार भन्दा बढि कित्ता शेयरहरु डिम्याट भईसकेका छन ।

शेयर डिम्याट गर्दा के फाईदा हुन्छ ?

कुनै जमानामा ब्यापकमात्रामा हुने शेयरको नक्कली कारोबारका कारण उथलपुथल आएको नेपाली शेयर बजारमा अहिले डिम्याट प्रणालीको आगमनसँगै यस्ता अबैध कार्यहरुमा कमि आएको छ । नेपाली शेयर बजारमा डिम्याट प्रणाली लागू भएसँगै शेयर प्रमाणपत्र हराउने र च्यातिने जस्ता कार्यहरु नहुने हुँदा पनि लगानीकर्ताहरुमा यस्ता जोखिमहरु हटेर गएका छन ।

पहिले कारोबार राफसाफ समयमा नभइ दिँदा र खरिद गरिएका शेयरका प्रमाणपत्र समयमा खरिदकर्ताको हातमा आइनपुग्दा लगानीकर्ताहरु समस्यामा परेका थिए भने अहिले यो प्रणालीको सुरुवातसँगै यस्ता झण्झटहरु पनि क्रमिक रुपमा कम हुँदै गएका छन ।

यतिमात्र होईन, कम्पनीले जारी गर्ने बोनस सेयरहरु सिधै लगानीकर्ताको खातामा जम्मा हुने गर्छ ।

डिम्याट खाता खोल्नु के गर्नुपर्छ ?

लगानीकर्ताले डिम्याट खाता खोल्न सर्वप्रथम डिपिमा गएर डिम्याट खाता खोल्ने फारम भर्नु पर्छ । लगानीकर्ताले फारममा आफ्नो सबै बिस्तृत बिवरण भरेर नागरिकता प्रमाणपत्रको प्रतिलिपी र एउटा फोटो फारमसँगै बुझाउनु पर्छ । हरेक डिपिले खाता खोले बापत १ सय ५० रुपैयाँ शुल्क लिने गर्दछन र यो एकपटक तिर्ने शुल्क मात्र हो । कुनै पनि डिपिमा डिम्याट खाता खोलेपछि आफ्नो सम्पूर्ण कागजी शेयरहरुलाई सोहि डिपिमा गइ डिम्याट गर्न सकिन्छ । खाता खोलेपछि डिपिले डिम्याट खातावालालाई चेकबुक जस्तै अर्डर स्लिप प्रदान गर्दछ । लगानीकर्ताले आफ्नो खातामा भएको शेयरहरु बेच्न चाहेमा सोहि स्लिपबाट बेच्न खोजेको कम्पनीको नाम र कित्ता खुलाएर चेक खिचेर ब्रोकरलाइ दिनु पर्दछ । जसअनुसार ब्रोकरलाई लगानीकर्ताले बिक्रि आदेश दिएको भन्ने बुझिन्छ । डिम्याट खाता खोल्न कुन कुन बैंक, वित्त, मर्चेन्ट बैंक अथवा ब्रोकरकोमा जना सकिन्छ ?

डिम्याट खाता खोल्न यी सबै बैंक, वित्त, मर्चेन्ट बैंक अथवा ब्रोकरहरुका मृुख्य कार्यलय र शाखा कार्यलयमा सम्र्पक राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?