Breaking News

भयानक जनयुद्धको क्षण बेनी आक्रमणको साक्षी बनेको पोल सामाजिक संजालमा भाइरल

Feb Tue 2020 05:40:49

646 views

भयानक जनयुद्धको क्षण बेनी आक्रमणको साक्षी बनेको पोल सामाजिक संजालमा  भाइरल

नेकपा माओवादीले २०६० साल चैत ७ गते सदरमुकाम बेनीमा आक्रमण गरेको थियो । आक्रमणका क्रममा बेनीका सबैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । बेनी आक्रमणका क्रममा दोहोरो फायरिङमा छिया छिया बनेको बिजुलीको एउटा पोल ललितपुरको पाटन ढोकामा युद्ध संग्रहालयमा आइपुगेको छ ।

beni bullet poll (2)

बेनीबाट लिइएको सो पोल भने हाल निर्माणाधिन संग्राहालयका लागि भन्दै त्यसकै परिसरमा गाडिएको छ । पोललाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी समेत भइरहेका छन् । फेसबुक र ट्वीटरमार्फत युद्धकालिन झझल्को दिने ऐतिहासिक महत्व बोकेको पोलललाई बेबारिसे छाडिएको र त्यसमा कुने ब्यक्तिले कब्जा जमाएको चर्चा चलिरहेको छ । कतिपयले सो पोल एक नीजि होटलका लागि बिक्रि गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘लौँ हेर्नुस् बेनी घटनामा तत्कालिन माओवादी र सेनासँगको भिडन्तका क्रममा गोली लागेर छियाछिया भएको पोल एक क्याफेले किनेर राखेको छ’ भन्दै तस्बिरसहित सामाजिक संजालमा यो विषय भाइरल बनेको छ ।

१२ वर्षे द्वन्द्वको झलक दिने बिजुलीको पोल मदन पुरस्कार पुस्तकालय हातामा स्थापना भएको ‘शान्ति संग्रहालय’मा लोगोका रुपमा राखिएको पत्रकार कनकमणी दीक्षितले जानकारी दिए । द्वन्द्व अवधिका सामग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालयले ‘नेपाल शान्ति संग्रहालय’ को योजना सुरु गरेको उनले बताए ।

beni bullet poll (1)

मुलुकमा फेरि द्वन्द्व नहोस् भन्ने उद्धेश्यले नै शान्ति संग्रहालयको योजना शुरु गरेका हौं ।’ दीक्षितले काठमाण्डु टुडेसँग भने, ‘यो संग्रहालय मेरो निजी होइन ।’ उनले १७ हजार नेपालीको ज्यानको बाजी लागेर आएको राजनीतिक परिवर्र्तनपछि दलहरुले युद्धका अवशेसहरुलाई संग्रह गर्न चासो नदेखाएकाले पुस्तकालयले भावी पुस्ताका लागि अध्ययन अनुसन्धान गर्न शान्ति संग्रहालयको शुरुवात गरेको बताए ।

दीक्षितले आन्दोलनको जगमा भएको राजनीतिक परिवर्तनबाट सत्तामा पुगेका नेताहरुले १२ वर्षसम्म चलेको सशस्त्र युद्धका अवशेसको संरक्षण गर्न चासो नदिएकाले नयाँ पुस्ताले पनि स्मरण गरोस् भनेर आफूले संग्रहालयको अभियान शुरु गरेको बताए ।

‘हामी नेपालीको चाँडै बिर्सने बानी छ ।’ दीक्षितले भने, ‘त्यस्तो बेलाको लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएन भने भोलिको पुस्ताले यसबारे अध्ययन सामग्री पाउँदैन ।’

मुलुकभर द्वन्द्वका अवशेस भएका तस्विरहरु संकलन हुने क्रम जारी रहेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । दुइटा पक्षले हतियार बोकेर लड्दा देश, समाज र अर्थतन्त्र कसरी छियाछिया भयो भन्ने आम नेपालीले भोगका छन् । मुलुकभर ४ हजारमध्ये ३२ सय गाविस भवन ध्वस्त पारिएका थिए ।

त्यस्ता कुरा ल्याउन नसकिएपनि गोली लागेका अस्पतालका शैयादेखि लिएर तानसेन दरबार अगाडिका सवारी साधनजस्ता सामग्री संकलन गरेर संग्रहालयमा राख्ने योजना रहेको दीक्षितले जानकारी दिए ।

न्युज फोटो साभार :kathmandutoday

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?