Breaking News

बजारमा कुन-कुन बैंक तथा वित्तिय संस्थाहरुको नयाँ आइपिओ शेयर आउँदै (हेर्नुहोस् सूचीसहित)

Feb Tue 2020 05:40:50

489 views

बजारमा कुन-कुन बैंक तथा वित्तिय संस्थाहरुको नयाँ आइपिओ शेयर आउँदै (हेर्नुहोस् सूचीसहित)

चालु आर्थिक बर्षमा बैंक तथा वित्तिय समुहबाट मात्र नेपाल पुँजी बजारमा ६ अर्ब रुपैंया बराबरको प्राथमिक शेयर निष्कासन हुँदैछ ।

मेरो माईक्रो फाईनान्स वित्तिय संस्थाको आइपिओ

मेरो माईक्रो फाइनान्स बित्तिय संस्थाको ६ लाख १२ हजार बराबरको प्राथमिक शेयर निष्कासन हुँदैछ । नेपाल राष्ट्र बैंकबाट २९औं ‘घ’ बर्गको मान्यता प्राप्त मेरो माईक्रो फाइनान्स बित्तिय संस्थामा ८ वाणिज्य बैंक र २ बिकास बैंकले प्रबन्ध गरेको छ । १३ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रो फाइनान्सको चालु आव २०७२÷७३ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ५८ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको तुलनामा २ गुणाको बृद्धि हो । फाइनान्सले निक्षेप १३ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा १ अर्ब २६ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ । मेरो माइक्रो फाइनान्सको निष्किृय कर्जा शुन्य दशमलव ९२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १५ दशमलव २८ प्रतिशत रहेको छ ।  त्यस्तै प्रतिशेयर आम्दानी ११ दशमलव ३९ रुपैयाँ रहेको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंकको एफपिओ

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पनि ९० लाख ६९ हजार ३ सय ८८ कित्ता बराबरको फर्दर पब्लिक अफरिङ्ग आउँदै छ । बैंकले प्रतिकित्ता शेयरलाई ५ सय १ रुपैयाँ प्रिमियम सहित जम्मा ६ सय १ रुपैंयाका दरले बजारमा ल्याउने तयारी गरिरहेको छ । ६ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेण्ट बैंकको आर्थिक वर्ष २०७२÷७३ को पहिलो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलना भन्दा १३ दशमलव ७४ प्रतिशतले घटेर ४२ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्ष सोहि अवधिमा ४९ करोड १३ लाख रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो निक्षेपमा २७ दशमलव ९७ प्रतिशत, कर्जा तर्फ  २३ दशमलव ८९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकको खुद व्याज आम्दानी भने ७ दशमलव ९४ प्रतिशतले घटेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अन्य अनुपहरुमा प्रति शेयर आम्दानी (वार्षिक) २६ दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) ३८ दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६१ दशमलव २२ रुपैयाँ रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ४८ प्रतिशत घटेर १ दशमलव ०७ प्रतिशत, जोखिम युक्त सम्पति भने शुन्य दशमलव ६९ प्रतिशत घटेर ११ दशमलव ३१ प्रतिशत रहेको छ ।

प्राथमिक शेयर निष्काशनको लागि ५ बर्ष अगाडी देखि नै आबेदन दिएका कम्पनीहरु मध्ये इन्भेष्टा फाइनान्स, सिटी होम्स, राजधानी इन्भेस्टमेन्ट फण्ड, नेपाल इण्डस्ट्रियÞल डेभलपमेन्ट कर्पोरेशन, मर्कन्टाईल फाइनान्स र सवृद्धि बिकाश बैंकको अन्तरिक कारणले शेयर निष्काशनमा अझै अन्योलमा रहेको देखिन्छ ।

बोण्ड तथा ऋणपत्र

चालु आर्थिक बर्ष २०७२७३मा नेपाल बंगलादेश बैंक लिमिटेड, माछ्रापच्ुछ्रे बैंक र हिमालयन बैंक ५० करोड रुपैंया बराबरको बोण्ड तथा ऋणपत्र निष्काशनको प्रक्रियामा रहेका छन् ।

सामुहिक लगानी कोष

सामुहिक लगानी कोष तर्फ पनि एनएमबि क्यापिटलको तीन वटा स्किम रहेका छन । जस अनुसार एनएमबि हाईब्रिड फण्ड एल – १, एनएमबि हाईब्रिड फण्ड एच–१ र एनएमबि हाईब्रिड फण्ड एम–१ रहेका छन । त्यस्तै ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई सुमुन्नत स्किम – १ रहेको छ । यी दुबै कम्पनीको गरी जम्मा कुल २० करोड ८० लाख रुपैंया बराबरको प्राथमिक निष्काशन आउने प्रक्रियामा रहेको छ ।

हकप्रद निश्कासन

बिभिन्न १९ कम्पनीहरु चालु आर्थिक बर्ष २०७२÷७३ मा २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर निष्काशन अनुमतिको पखाईमा रहेका छन् । केहि कम्पनीहरुले ४ बर्ष अघि हकप्रद शेयर निष्काशनको लागि नेपाल धितो पत्र बोर्डमा आबेदन दिएपनि अहिलेसम्म पनि अन्योल रहेको देखिन्छन् ।

तत्काल क–कस्को हकप्रद शेयर आँउँदै छ ?

सनराईज बैंक : तत्कालै लागि सनराइज बैङ्क लिमिटेडले १ सय कित्ता शेयर बराबर १५ नयाँ कित्ता शेयर (१००ः१५) हकप्रद शेयर निष्काशन गर्दैछ । माघ ११ गते देखि खुल्ला हुने हकप्रद शेयर फागुन २६ गते निष्काशन बन्द हुनेछ । प्रति शेयर १ सय रुपैयाँ अङ्कित मूल्य रहेको बैङ्कले ३६ लाख ९० हजार ४ सय ७३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  हाल २ अर्ब ४६ करोड ३ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैङ्कको हकप्रद शेयर बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब ८२ करोड ९३ लाख ६२ हजार ३ सय रुपैयाँ पुग्नेछ । बैङ्कको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सिटिजन्स बैंक : सिटिजन्स बैंक इन्टरनेशनलले १० कित्ता बराबर साढे ५ नयाँ कित्ताका अर्थात चुक्ता पूँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले ८ अर्ब रुपैंया चुक्ता पूँजी पुर्याउने क्रममा उक्त हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल ३ अर्ब ६ करोड ५२ लाख रुपैंया रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुग्ने छ । बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको छ । १ अर्ब ७१ करोड रुपैंयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको बैंकले शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

News Source: aarthiknews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?