Breaking News

फेसबुक पिता जुकरबर्कको प्रेम कथा यस्तो

Feb Tue 2020 05:40:57

990 views

फेसबुक पिता जुकरबर्कको प्रेम कथा यस्तो

प्रेममा परेपछि एक साधारण नागरिकले जस्तै मार्कले पनि फेसबुकमा आफ्नो अनुभूति सार्वजनिक गरेका थिए

prisila chan-and-zukarberk
सोसियल मीडियाका किङ  जुकरवर्क पिता बनिसकेका छन् । पिता बन्नुका पछाडी मार्क र उनकी पत्नी प्रिसिलाको लव स्टोरी पनि कम दिलचस्वी छैन । आजको युगमा मार्क जुकरबर्ग दुनियाँको दोस्रो सेल्फ मेड अर्बपति हुन् । उनको पहिचान उद्योगमा सबैभन्दा तेज दिमागको रुपमा थियाे । जब जुकरबर्क प्रेममा परे त्यसपछि उनको नाम, प्रसिद्धि सबै छुट्यो ।
उनी पनि एक आम मानिस जस्तै प्रेममा परे । उनी ज्यादै रोमान्टिक थिए यहाँ बताउनको लागि एक रोमान्टिक कहानी पनि छ । हामी तपाईंलाई जुकरवर्क र प्रिसिलाबीचको दिलचस्वी प्रेम कहानी बताउनेछौं ।
दुई दिलबीच भेटघाट
मार्क जुकरबर्कको भेट निकै खास मानिन्छ । उनकाे भेटबारेकाे जानकारी पाएर इन्टरनेटमा जोडिएका लाखौ व्यक्ति प्रभावित हुन्छन् नै । उनी र प्रेसिलाबीचकाे भेट सन् २००३ मा बोस्टर्नमा एक पार्टीको दौरानमा भएको थियाे । याे दिलचस्वी छ की उनीहरु दुवैको भेट आगन्तुक कक्षमा भएको थियो । उनीहरु वासरुमका लागि वेटिङ लाइनमा थिए । हार्वट युनिभर्सिटिका यी दुवै विद्यार्थी डेट गर्न लागे । केही समयपछि मार्कले आफ्नो जीवनकै ठूलो फैसला गरे । एक कम्पनि चलाउनको लागि पढाइ छोडे । मार्कले यस कम्पनिको नाम राखे फेसबुक ।
मार्क कामको लतमा डुबीरहन्थे त्यसको बाबजुत पनि प्रिशिला उनको साथमै रहिन् । मार्कसँग केही नभएपनि प्रिसिलाले उनलाई दिल दिएर बसेकी थिइन् । त्यतिबेला उनी एक कलेज विद्यार्थी थिइन् । प्रिसिलाको प्रेम विद्यार्थीदेखि अर्बपतिसम्म अडिग रहयो । यी दुवै एक अर्काको लागि थियो । प्रसिद्धि र भाग्यको भन्दा उनीहरुको कमिटमेन्ट निकै धेरै थियो । प्रिसिलाले बाल चिकित्सामा मास्टर गरेकी छिन् । यहि मामिलामा प्रिसिलाकै कारण प्रेरित भएर जुकरबर्कले बालबलीकाक लागि दान दिने घोषणा गरेका थिए । प्रिसिला फेसबुक चलाउने पहिलो व्यक्ति हुन् । जसले सन् २००५ फेबरुवरी ५ मा फेसबुक जोइन गरेकी थिइन् । मार्क जब क्यालिफोर्निया गए तब प्रिसिलाको प्रेमको नजिक पुगे । प्रिसिला पनि त्यतै सिफ्ट भइन् । युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रिसिला मेडिकल स्टुडेन्ट बनिन् ।
फेसबुककाे रोमान्टिक यात्रा
प्रिसिलाको फेसबुक पोस्टले बुझ्न सकिन्छकी मार्कसँग उनको सम्बन्ध कति गहिरो छ । यी जोडीको फेसबुक प्रोफाइल तस्विरले उनीहरुको प्रेमलाई बताउँछ । प्रिसिलाको ग्रयाजुएशन, यात्रा र पार्टीमा भएको रोमान्टिक पल र आफूले पालेको कुकुरको साथमा गुजारेको क्षण सबै फेसबुक प्रयोग कर्ताहरुले नियालेका छन् । सम्बन्धमा भएपछि प्रिसिलाले मार्कलाई हावी हुन दिइनन् । दुवैबीच जब प्रेम चलिरहको थियो । त्यतिबेला उनले मार्कको लागि एक नियम बनाएर राखेकी थिइन् । उनी १०० मिनेट भन्दा बढी एक्लै बस्न सक्दिन थिइन् । हप्ताको एक रात डेटिङको लागि फिक्स हुन्थ्यो । मार्क एक अज्ञाकारी ब्वाइफ्रेन्ड बसिकेका थिए । किनकी प्रिसिलले अरु कुनै विकल्प दिएकी थिइनन् ।
२०१२ मा प्रिसिलाले जब मेडिकलमा ग्र्याजुएशन गरिन् त्यतिबेला उनीहरुको प्रेम सम्बन्ध निकै बलियो बनिसकेको थियो । यीनै मौकामा उनीहरुले विहेको घोषणा गर्ने तयारी गरे । मार्कले सबै साथीलाई प्रिसिलाको ग्र्याजुएशन पार्टीका लागि भन्दै निमन्त्रणा गरे । १०० जना अतिथिको बीचमा मार्कले आफ्नो विहेको घोषणा गरे । मार्कले सिम्पल तरिकाले एउटा रिङ लगाइदिए । यसलाई मार्क आफैले डिजाइन गरेका थिए । यो पाटीबाट उनीहरु घर गएनन् तर हनिमुनको लागि इटली गए ।
प्रेममा परेपछि एक साधारण नागरिकले जस्तै मार्कले पनि फेसबुकमा आफ्नो अनुभूति सार्वजनिक गरेका थिए । ५ नोवेम्भर २००१४ मा मार्कले फेसबुकमा लेखे, ‘आजको दिन नै ११ वर्ष पहिले मेरो भेट एक सानदार महिलासँग भएको थियो । प्रिसिला तिमीले मलाई सम्हाल्यौ । यसको लागि धन्यवाद । सँगै जिउने मौका दिएकोमा तिमीलाई धेरै धन्यवाद । साझापोस्ट बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?