Breaking News

सोनीको स्मार्ट लाइट (भिडियो सहित)

Feb Tue 2020 05:40:32

657 views

सोनीको स्मार्ट लाइट (भिडियो सहित)
सोनीले आफ्नो नयाँ  प्रोजेक्टलाई बढाउदै  मल्टीफ़क्शनल लाइटमा पनि आफ्नो क्षेत्र विस्तार गरेको छ ।  सोनीले  मल्टीफ़क्शनल लाइट तोशिबा एलईडि लाइटिङग टेक्नोलोजीको माध्यमले बनाइएको हो ।  जसलाई स्मार्टफोन र वाईफाई डिभाइसको सहयोगमा चलाउन सकिनेछ ।
यो लाइटको प्रमुख बिशेषता भनेको यसलाई  गतिका अाधारमा निर्माण गरिएको छ । जसले तपाईको चालायमान गति थाहा पाउनेछ र सोहि अनुरुप काम गर्नेछ । साथै यसमा लुमिन्नस, टेम्प्रेचर र हुमीडिटी सेन्स , मेमोरी कार्ड स्लाट, इन्फ्रारेड कन्ट्रोलर, स्पीकर र माइक्रोफोन आदि समाहित रहेका  छन् । यी बिषेशताका कारण तपाई  घर भित्र पस्नु अघिनै टिभि, एयर कन्डिसन जस्ता उपकरणहरु बाहिर वाटै अन गर्न सक्नुहुनेछ  ।  यस लगायत  अन्य फीचर्समा म्यूजिक प्ले र मोशन डिटेक्टर अलार्म सिस्टम रहेको छ । यो मल्टीफ़क्शनल लाइटले कसरी काम गर्छ?
[embedyt] http://www.youtube.com/watch?v=FnQb0y3Eijo[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?