Breaking News

विज्ञानको अर्को चमत्कार, कार्बनडाइअक्साइड सोसेर पत्थर बन्यो

Feb Wed 2020 02:40:33

1165 views

विज्ञानको अर्को चमत्कार, कार्बनडाइअक्साइड सोसेर पत्थर बन्यो
आइसल्याण्डस्थित एउटा अनुसन्धान परियोजनाले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर पत्थर बनाउने एउटा प्रविधिको विकास गरिरहेको छ। गत वर्ष कार्बफिक्सले १०,००० टन कार्बनडाइअक्साइड सोसेको थियो जुन २,२०० वटा मोटरहरुले फ्याँकेको कार्बनडाइअक्साइड बराबर हो। यसले जलवायु परिवर्तनको असर कम गर्न सघाउने अनुसन्धानकर्ताहरुको विश्वास छ। यो भिडिओ बीबीसीको टेकिङ द टेम्परेचर शृङ्खलाका लागि बनाइएको हो। यसका लागि स्कोल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?