Breaking News

चीनले विश्वकै ठूलो रेडियो टेलिस्कोप बनायो

Feb Tue 2020 05:40:31

355 views

चीनले विश्वकै ठूलो रेडियो टेलिस्कोप बनायो

चीनले दक्षिणी चीनमा अवस्थित गुइझोऊ प्रदेशमा संसारकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप बनाएको छ। सयौं खगोलशास्त्री र जिज्ञासु दर्शकमाझ आइतबार दिउँसो पिङटाङ काउन्टीमा औपचारिकरुपमा उक्त रेडियो टेलिस्कोप सार्बजनिक भएको हो।  १८० मिलियन डलर लागतमा सम्पन्न यो परियोजना पाँच बर्षअघि सुरु भएको थियो।

‘टेलिस्कोपले सर्वसाधारण पनि जिज्ञासा पैदा गर्नुका साथै विज्ञान जगतमा चीनको महत्वपूर्ण स्थान बनाउन मदत गर्ने छ’, नोवल पुरस्कार विजेता खगोलशास्त्री जोसेफ टाइलरले सिन्ह्वासित भनेका छन्।

टाइलरले टेलिस्कोप उत्पादनमूलक परियोजना हुने आशा व्यक्त गरे पनि यसको नयाँ काम नोबल पुरस्कारको हिस्सेदार बन्ने कुरामा भने आशंका जनाए। रेडियो टेलिस्कोप स्थल वरपरका पाँच किलो मिटर क्षेत्रका आठ हजारभन्दा बढी स्थानीयलाई अर्को ठाउँमा पुनर्बास गराइएको छ। टेलिस्कोप बनाउने मुख्य इन्जीनियर वाङ क्विइमिङले आउने दसदेखि बीस बर्षसम्म यो नै ‘ग्लोबल लिडर’ बन्ने दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?