Breaking News

रातो नम्बरको कललाई यसरी मोबाइल एप मार्फत बनाइएको रहस्य खुल्यो

Feb Wed 2020 02:40:45

500 views

रातो नम्बरको कललाई यसरी मोबाइल एप मार्फत बनाइएको रहस्य खुल्यो

मोबाईलको स्क्रिनमा रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मोबाइल एपको प्रयोग गरी भएको केन्द्रीय अनुसन्धान ब्युरोको पुष्टि गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्राउ समेत गरेको छ ।

ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोष्टगर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। गायिका प्रश्नाले आफुले गल्ती गरेको बताउदै माफी मागेकी छन्। ब्युरोका प्राविधीक अधिकारीले बुधबार संचारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरि देखाएका थिए।

[embedyt] http://www.youtube.com/watch?v=1ijdHzpGpMo[/embedyt]

ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले केही दिन देखी सामाजिक सञ्जालमा फैलिएको हल्ला र अफवाहको सत्यता बाहिर आएको बताए। उनले समाजमा आतंक फैलाउने गरि अफवाह गर्नु गम्भिर अपराध भएको बताउँदै प्रविधि जन्य अपराधमा संलग्न पाण्डे र बराईलीलाई आवश्यक कारवाही गरिने बताए।
गायिका प्राश्नाले लेखेको स्टाटस

स्रोत – नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?