Breaking News

विमान दुर्घटना हुँदा समेत बँच्न सकिने प्रविधि आयो (भिडियो सहित)

Feb Tue 2020 05:40:22

265 views

विमान दुर्घटना हुँदा समेत बँच्न सकिने प्रविधि आयो (भिडियो सहित)

विमान दुर्घटना हुँदा समेत बाँच्न सकिने प्रविधीको विकाश भएको छ । यो प्रविधि शोधकर्ता बैज्ञानिक टाटारेन्को भ्लादिमिर निकोलाएभिचले तयार पारेका हुन् ।

तीन वर्ष लगाएर तयार पारिएको यो प्रविधी अनुसार विमानमा छुट्टिन सक्ने डिट्याचेवल क्याबिन राखेर यात्रुहरुलाई दुर्घटनाको समयमा पनि बचाउन सकिन्छ ।

उनले यो प्रविधीले कसरी काम गर्छ भनेर देखाउन भिडियो समेत सार्वजनिक गरेका छन् । विमानले आकश्मिक अवतरण गर्नु पर्दा वा दुर्घटना हुन लाग्दा क्याबिनलाई डिट्याच गरेर यात्रुहरु बचाउन सकिने उनको भनाइ छ ।[embedyt] http://www.youtube.com/watch?v=JeSdj7NC7ZE[/embedyt]

विमानबाट छुट्टिन सक्ने यो क्याबिनमा रहेको प्यारासुटको सहायताले यात्रुहरु सुरक्षितरुपमा जमिन सम्म आइपुग्न सक्छन् । यो पानी वा जमीन दुवै ठाउँमा सुरक्षितरुपमा अवतरण हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?