Breaking News

अहिलेसम्मकै ठूलो साइबर आक्रमणबाट चर्चित वेभसाइटहरु

Feb Tue 2020 05:40:22

330 views

अहिलेसम्मकै ठूलो साइबर आक्रमणबाट चर्चित वेभसाइटहरु

अमेरिकामा मुख्य वेभसाइट्हरुमाथि साइबर आक्रमण भएको छ। वेभक्याम तथा डिजिटल रेकर्डरजस्ता डिभाइसहरुको माध्यमबाट अमेजन, ट्वीटर, पेपल, स्पटिफाईजस्ता प्रसिद्ध वेभसाइटहरुको सम्पर्क विच्छेद गरिएको जनाइएको छ।

ती वेभसाइटहरुमाथि आक्रमण भएको थियो र ती अफलाइन हुन पुगेका थिए। आक्रमणकारीले लाखौँ इन्टरनेट कनेक्टेड डिभाइसमार्फत सुरुमा अमेरिकाको पूर्वी भागमा आक्रमण गरेका थिए भने पछि त्यो अन्य भागमा पनि बिस्तार भएको थियो।

यो इन्टरनेटमाथि भएको अहिलेसम्मकै ठूलो र जटिल आक्रमण भएको जनाइएको छ। दशौँ लाख ठेगानाबाट एकै पटक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी सुरक्षा निकायहरुले सो आक्रमणबारे अनुसन्धान गरिरहेको बताएका छन्।

आक्रमणपछि विकिलिक्सले ट्वीट गर्दै ह्याकरहरुले आफ्नो कुरा साबित गरिसकेको हुनाले आक्रमण बन्द गर्न आह्वान गरेको थियो। विकिलिक्सका अनुसार साइबर आक्रमणमा विकिलिक्स समर्थकहरुको हात रहेको छ। ‘न्यु वर्ल्ड ह्याकर’ नामक एक समूहले ट्वीटरमार्फत आक्रमणको जिम्मेवारी लिएको छ।

कतिपयले यसलाई अझ ठूलो आक्रमणको अभ्यास मात्रै ठानेका छन्। यसपछि इन्टरनेटको सुरक्षाका बारेमा अनेकौँ सवाल खडा भएको विश्लेषण गरिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?