Breaking News

गुगलको ड्राइभर विनाको कार २७२ पटक फेल भयो

Feb Tue 2020 05:40:20

258 views

गुगलको ड्राइभर विनाको कार २७२ पटक फेल भयो

विधि जाएन्ट गुगलको ड्राइभर विनाको कार परीक्षणका क्रममा २ सय ७२ पटक फेल भएको छ । साथै १३ पटक सम्म उसलाई दुर्घटनामा पर्नबाट बचाइएको छ । यो तथ्यांक पछिल्लो १४ महिनाकोे हो ।

गुगलका ५३ वटा ड्राइभरलेस कारहरु अमेरिकाको क्यालिफोर्निया तथा टेक्सासको सडकमा परीक्षण गुडान गरिएकेा थियो । त्यस क्रममा स्वचालित कारहरु दुर्घटनामा त परेनन् तर १३ पटक दुर्घटनाको निकै नजिक पुगे । गुगलका यी गाडी ठोक्किनबाट बचाउनका लागि रोक्नु नै पर्यो, अन्यथा यिनीहरु ठोक्किएर दुर्घटनामा पर्नेथिए ।

गुगलको टेस्ट रिपोर्टका अनुसार २७२ पटक यो स्वचालित कारलाई यसको सफ्टवेयर फेल हुँदा ड्राइभरले आफ्नो नियन्त्रणमा लिनुपर्यो । त्यस्तै ६९ पटक यी कारलाई सही ढंगले गुडाउनका लागि ड्राइभरले नियन्त्रणमा लिनुपर्यो ।

गुगलका अनुसार नयाँ तथ्यांकले गुगलको स्वचालित कार पहिले भन्दा उत्कृष्ट हुँदै गएको देखाएको छ । तर गुगलको रिपोर्टले स्वचालित कार सुरक्षित छ की छैन भन्ने कुरा नबताउने विज्ञहरुले टिप्पणी गरेका छन् ।

गुगल कारको परीक्षण गुडानमा सबैको नजर पर्ने गरेको छ, किनकी उसले पहिलोपटक खास सार्वजनिक सडकमै आफ्ना कार उतारेको छ । मानिसले चलाउने आम कार तथा गुगलका स्वचालित कारका बीचमा हुने कतिपय स साना घटनाहरु समेत कहिलेकाहीँ मिडियामा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?