Breaking News

अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

Feb Thu 2023 05:15:45

235 views

अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै भुक्तानी सिमा बढाएको हो । अब मोबाइल बैंकिङ (एप, क्युआर) बाट दैनिक ३ लाखसम्मको कारोबार गर्न सकिने छ । यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन २ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न कारोबार सिमा बढाएको जानकारी दिए । 

त्यस्तै मोबाइल वालेटबाट पनि प्रतिदिन २ लाखसम्म कारोबार गर्न सकिने छ । बैंकबाट खाताबाट वालेटमा प्रतिदिन २ लाख, वालेटबाट अन्य बैंक खातामा २ लाख र एकवालेटबाट अर्को वालेटमा ५० हजार रकम पठाउन सकिने छ ।

यसअघि भैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंकखातामा प्रतिदिन १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?