Breaking News

नेपालमा भदौ ३० गतेदेखि चोरीका मोबाइल नचल्ने

Aug Mon 2022 04:53:15

636 views

नेपालमा भदौ ३० गतेदेखि चोरीका मोबाइल नचल्ने

मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमडी) प्रणालीबाट भदौ ३० गतेदेखि नेपालमा अनधिकृत रुपमा भित्रिने मोबाइल रोकिने भएको छ । सोमबार नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइलफोन इम्पोर्टस एसोसियसनद्धारा गैरकानुनी रुपमाभित्रिने मोबाइलफोनहरुको अनधिकृत आयात नियन्त्रण गरिने प्रणाली शुरु गरिने भएको हो ।  एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे । 

मोबाइलफोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपककुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय  रुपमा मोबाइलफोन रहेको बताए । तर,  हाल पछिल्लो समय सरकारले विलासिताको बस्तुको रुपमा वर्गीकरण गरी मोबाइलफोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सरकारको कार्य प्रति आपत्ति जनाएका  थियो ।

गैरकानुनी रुपमा भित्रिने फोनहरुमध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदाएकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको उनले बताए । 

मोबाइलफोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धानकार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने कुरा पनि उनले राखे । 

कार्यक्रममा मोबाइलफोन इम्पोर्टस एसोसियसनका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुई देखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए । यो दुई–तीनमहिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समया वधिप्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल सुचारु÷चल्ने नहुने उनले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?