Breaking News

सरकारले पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड दिने

Apr Thu 2023 05:03:32

260 views

सरकारले पाँच विधामा राष्ट्रिय आईसीटी अवार्ड दिने

सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्ड दिने भएको छ । मन्त्रालयले विभिन्न पाँच विधामा अवार्ड दिनेगरी एक सूचना प्रकाशित गरेको हो । 

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आइरहेको छ । सोही दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गर्न लागिएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ नाम दिइएको अवार्डका लागि आवेदन माग गरिएको छ । जसमा इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

आईसीटी अवार्डका विधा

नेसनल आईसीटी एक्सिलेन्सी अवार्ड-२०२३

नेसनल आईसीटी एक्सिलेन्सी अवार्ड २०२३ (महिला)

नेसनल आईसीटी इनोभेसन अवार्ड-२०२३

नेसनल आईसीटी अवार्ड २०२३ (सार्वजनिक क्षेत्र)

नेसनल आईसीटी अवार्ड-२०२३ (निजी क्षेत्र) 

आवेदकले अवार्डका लागि भर्नुपर्ने फारामको ढाँचा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइटमा राखिएको छ । उक्त फाराममा आफ्नो विवरण भरी यहाँ क्लिक गरी ईमेलमार्फत मन्त्रालयमा पठाउनु पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?