Breaking News

नेपाल टेलिकमले 'भ्वाइस ओभर वाइफाइ’ भोवाइफाइ सेवा शुरु गर्दै

Feb Sun 2023 04:35:46

348 views

नेपाल टेलिकमले 'भ्वाइस ओभर वाइफाइ’ भोवाइफाइ सेवा शुरु गर्दै

नेपाल टेलिकमले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा थाल्ने तयारी गरेको छ । कम्पनीको १९ औं वार्षिकोत्सव समारोहमा प्रबन्ध निर्देशक सुनिल पौडेलले भोवाइफाइ सेवा परीक्षणको भइरहेको र छिट्टै सुरु हुने बताए ।

यो भोल्टेको लागि पूरक प्रविधि भ्वाइस ओभर वाइफाइ एक कलिङ सेवा हो, जसले ग्राहकहरूलाई वाइफाइमार्फत गुणस्तरीय कल गर्न सकिन्छ । वाइफाइमा इन्टरनेट पहुँच र भोवाइफाइको सुविधा रहेको स्मार्टफोन आवश्यक पर्छ ।

मोबाइलमा वाइफाइ कलिङलाई ‘अन’ मा स्विच गरेपछि यो सेवा एक्टिभ हुन्छ । टेलिकमले सेवा सुरु गरेछि ‘वाइफाइ कलिङ’को सुविधा रहेका स्मार्टफोनलाई वाइफाइ नेटवर्कमा कनेक्ट गर्नुपर्छ । यसमार्फत पोस्टपेड र प्रिपेड भ्वाइस ग्राहकहरूले उच्च गुणस्तरको कलहरू गर्न सक्छन् ।

यसका लागि कुनै एपहरू आवश्यक पर्दैन । भोल्टे र भोवाइफाइ कलिङ दुवैलाई स्विच अन राखेपछि कल काटिने समस्या कम हुन्छ ।यो प्रणालीमा वाइफाइमा रहँदासम्म फोन ‘भोवाइफाइ’ प्रविधिमा आधारित हुन्छ । जबसम्म वाइफाइको राउटरले गुणस्तरीय कल प्रदान गर्न सक्छ, कल भोवाइफाइमै रहन्छ ।

यदि कल गर्ने व्यक्ति राउटरबाट धेरै टाढा पुगे वा वाइफाइसमा इन्टरनेट काटिए कल भोल्टेमामा स्विच हुन्छ । भोल्टे अन गरिएको छैन भने, कल ड्रप हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?