Breaking News

भारतमा वित्तीय साइबर ठगी अपराध २१ गुणाले बढ्यो

Dec Sun 2021 01:05:00

637 views

भारतमा वित्तीय साइबर ठगी अपराध २१ गुणाले  बढ्यो

विश्वभरीका बैंकहरूमा साइबर ठगीका घटनाहरू तीब्र रूपमा बढेका छन्। भारतको रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार देशमा सिटिजन साइबर फाइनान्सियल फ्रडका केसहरू गत ५ वर्षमा २१ गुणाभन्दा बढि भएका छन् । पैसाको हिसाबले यस्तो ठगी करिब ३ सय प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०१६–१७ मा बैंकहरूले कार्ड/इन्टरनेट ठगी अर्थात एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङमार्फत ग्राहकसँग ठगीका ३ हजार २ सय २३ मुद्दा दर्ता गरेका थिए  । भने आर्थिक वर्ष २०२०–२१ मा यस्ता घटनाको संख्या बढेर ६९ हजार ४१० पुगेको छन ।

रकमको हिसाबले २०१६–१७ मा कुल ४५.५६ करोड रुपैयाँको ठगी दर्ता भएको थियो भने २०२०–२१ मा यो बढेर २०० करोडभन्दा बढी पुगेको छ । बैंकका ग्राहकहरुसँग साइबर ठगीका अधिकांश उजुरी निजी बैंकसँग सम्बन्धित छन् ।

भारतको महाराष्ट्रमा बैंकका ग्राहकहरूसँग साइबर ठगीको सबैभन्दा धेरै घटनाहरू छन् ।  २०१६(१७ महाराष्ट्रमा ग्राहकहरू विरुद्ध कार्ड÷इन्टरनेट लिङ्क गरिएको बैंकिङ धोखाधडीका १,०७५ केसहरू दर्ता भएका थिए, जुन २०२०(२१ मा बढेर २६,५२२ पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?